संविधानले स्थानीय तहमा पक्ष–प्रतिपक्षको कल्पना गरेकै छैन। स्थानीय तहको निर्वाचनमा यसपाली जनताले पनि दलहरुलाई मिलेर काम गर्न आफनो अभिमत दिएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनी नगरबासीले काँग्रेस एमालेलाई मत दिएर मिलिजुली सरकार चलाउन पठाएका हुन्।
तर राजनीतिक दलहरुले भने जनताको त्यही अभिमतलाइ कुल्चदै स्थानीय सरकारलाई नै रमिते बनाउने प्रयासमा लागेका छन्। बहुमतको दम्भ र अल्पमतको कसीका बिच नगर सभाहरु नै अवरुद्ध हुन थालेका छन्। निर्वाचित भएपछि नगरबासीको साझा बन्नु पर्ने जनप्रतिनिधिहरु बहुमतको दम्भमा दलको गोटी बनेर नाराबाजी र तालाबन्दी जस्ता गैरजिम्मेबार क्रियाकलापमा उत्रेका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि झिनो बहुमतको राजनीतिक दम्भ देखाउँदै जनप्रतिनिधिहरुले स्थानीय सरकारलाइ दुइ महिना पनि नपुग्दै अनिर्णयको बन्दि बनाउन थालेका छन्। तिलोत्तमामा आइतबार १२औं नगरसभाको चौँथो बैठक बोलाइएको थियो। बैठकमा आर्थिक बर्ष २०७९/०८० को बजेट सम्बन्धि कार्यसूची थियो। एक बजे बोलाइएको बैठकमा गणपुरक संख्या नपुगे पछि सभाध्यक्ष तथा नगरप्रमुख रामकृष्ण खाँणले बैठक स्थगित गरे। ९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा आइतबार ४२ जनाको मात्रै हाजिरी भएपछि नगरसभा स्थगित गर्नु परेको नगरप्रमुख खाँणले नगरिकलाइ बताए। तर, एमालेबाट निर्वाचित उपमेयर जगेश्वरी देवि चौधरी सहितका जनप्रतिनिधिहरुले भने नगरसभा स्थागित गरीएको भन्दै आइतबार दिनभर नराबाजी र साँझ तालाबन्दीमा उत्रीए।
बैठक स्थगित गरे लगत्तै नगरप्रमुख खाँण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली कार्यालय जान निस्कने क्रममा एमालेका जनप्रतिनिधिले नगरभासको बैठक राखीएको स्थान नजिकै घेराबन्दीमा पारेका थिए। बैठक सकेर कार्यालय जान अगाडी बढ्दै गर्दा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले घेराबन्दीमा पार्न खोजेपछि दुबै जना नजिकैको हलमा पसेको र त्यही नाराबाजी गरीएको दावी काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेका छन्।
‘आज (आइतबार) नगरसभा स्थगित भएपछि वडा कार्यालय जान म स्वयम गडी चढ्नै लाग्दा हल्लाखल्ला सुने। झरेर भिड तिर गएको एमालेबाट निर्वाचित साथीहरुले नाराबाजी गर्दै मेयरको पछि लागेका थिए। मेयरसाव र प्रमुख प्रशासकीय सर नजिकैको हलमा पस्नु भयो। एमालेबाट निर्वाचित साथीहरु पनि त्यही पसेर नाराबाजी गर्न थाल्नु भयो’ वडा नं. ३ वडाध्यक्ष कल्याण पौडेलले भने। तर उपमेयर चौधरीले नगरसभा सकिए पछि कार्यालय नगएर प्रमुख प्रशासीय अधिकृत ज्ञवाली काँग्रेसको बैठकमा सहभागी भएको भन्दै आरोप लगाएकी थिइन्। ‘नगरसभा सकेपछि कार्यालय जानु पर्नेमा काँग्रेसको कार्यालयमा बैठकमा सहभागी हुने,यस्ता हाकिमले राजीनामा दिनु पर्छ’ उपमेयर चौधरीले भनीन। वडा अध्यक्ष पौडेलले भने उपमेयर सहितका जनप्रतिनिधिहरुले काँग्रेसको बैठक स्थल भनेर गलत प्रचार गरी भाडभैलो मच्चाउन खोजेको आरोप लगाए। ‘हामीले काँग्रेसको बैठक स्थल यो हैन तपाइहरुलाइ भ्रम परयो भनेर सम्झाउन खोज्यौ तर एमालेबाट निर्वाचित साथीहरुले सुन्दै सुन्नु भएन बरु उल्टै हामीलाइ नै धकल्ने प्रयास गर्नु भयो’ वडाध्यक्ष पौडेलले भने।
उपमेयर चौधरीकै नेतृत्वमा उनी निकटका जनप्रतिनिधिहरु झण्डै तीन घण्टा सोही स्थानमा नाराबाजी र धकेलाधकेलमा उत्रीए। जनप्रतिधिहरुले नेपाली काँग्रेस मुर्दाबाद,काँग्रेसका हाकिम मुर्दावाद, प्रमुख प्रशासकीय अधिकृत राजीनामा दे जस्ता चर्का नारा लगाएका थिए। उपमेयर चौधरीले प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीलाइ तँ नै भनेर गाली गलोजमा उत्रेको भन्दै केही जनप्रतिनिधि त्यसको प्रतिवादमा पनि उत्रीए।
उपप्रमुखकै नेतृत्वमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई हलबाट बाहिर निस्कनै नदिएर चर्को नाराबाजी र अभद्र व्यवहारमा उत्रेपछि घटना स्थलमा ढिलो गरी प्रहरी पठाइएको थियो। प्रहरीले साँझ करिब साढे चार बजेतिर सुरक्षा घेरामा राखेर प्रमुख प्रशासकीय अधिकृतलाई त्यहाँबाट बाहिर निकालेको थियो। सो क्रममा केही जनप्रतिनिधिहरु प्रमुख प्रशासकीय अधिकृत र प्रहरीमाथि नै जाइलाग्ने प्रयास गरेको पनि देखिन्थ्यो। प्रहरीले त्यसलाइ रोकेर प्रमुख प्रशासकिय अधिकृतलाई सुरक्षा दिन खोज्दै गर्दा एक जना जनप्रतिनिधि हुत्तीएर नजिकैको पौडी पोखरीमा परेका थिए। एमालेबाट मनोनितमा परेका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले प्रहरीले जनप्रतिनिधिमाथि बल प्रयोग गरेको भन्दै आपत्ती जनाए। दिनभर नगरसभा बसेको स्थल नजिकै रमिता गरेका जनप्रतिनिधिहरुले साँझ पख प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि बल्ल फर्कीएका थिए।
उपप्रमुख जगेश्वरी देवि चौधरीले प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाएकी हुन्। उपमेयर चौधरीले प्रमुख प्रशासकिय अधिकृतले पहिलेदेखि नै निश्पक्ष रुपमा काम नगरेको आरोप लगाएकी छन्। आइतबारको बैठकमा आफना थप तीन जना जनप्रतिनिधिहरुलाई ज्ञवालीले हस्ताक्षर गर्न नदिएको अरोप चौधरीको छ। तर नगरप्रमुख खाँणले भने ताेकीएको समयमा जनप्रतिनिधि नआएपछि आफुले थुप्रै समय कुरेको र ४२जनाको मात्रै हस्ताक्षर भएपछि गणपुरक संख्या नपुगेर बैठक स्थगित गर्नु परेको बताए। उनले आफू बिधि बिधान भन्दा बाहिर नगएको र आगामी दिनमा पनि नजाने भन्दै नगरबासीको हितकालागि साझा जनप्रतिनिधिकै रुपमा प्रस्तुत हुन उपमेयर सहित अन्य जनप्रतिनिधिहरुलाई पनि आग्रह गरे।
असार मसान्तभित्र पास गर्नु पर्ने बजेटकालागि असार ३१ गते शुक्रबार नगरसभाको तेश्रो बैठक बोलाइएको थियो। तर शुक्रबार दिउसो १ बजेकालािग बोलाइएको बैठकमा पौनै तिन बजेसम्म उपमेयर सहित एमालेबाट निर्वाचित जनप्रतिनिधि सभामा उपस्थित थिएनन्। उनीहरु ढिलो गरी सभामा उपस्थित हुँदा गणपुरक संख्या नपुगेपछि शुक्रबारको बैठक पनि स्थिगित गरीएको थियो। सभामा एकमात्र एजेण्डा बजेट भएपनि उपमेयरसहितका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले उपसमितिको पनि एजेण्डासंगै लैजान माग गरेका थिए। आइतबार पनि उनीहरुको सोही माग थियो।तर मेयर खाणले भने कार्य सुचिमै नभएको र समितिको बिषय कार्यपालिकाबाटै छलफल र निर्णय गरेर जाने भन्दै मिलेर अगाडि बढ्न आग्रह गरेका थिए।
तिलोत्तमाको कार्यपालिकाले गठन गर्ने बिभिन्न समितिहरुमा एमालेले बहुमतको दम्भ देखाउँदै एकलौटी हुनुपर्ने माग तेरस्याएपछि सुरुदेखि नै विवाद उत्पन्न भएको हो। बहुमतको दम्भमा उपमेयर चौधरीसहितका जनप्रतिनिधिले न्यायीक लगाएतका समितिहरु एमालेको एकलौटी हुनुपर्ने माग अगाडि सारेका छन्। नगरप्रमुख खाँणले भने नगरबासीको हितकै लागि समितिहरु सहमतिका आधारमा समावेशी र सबैलाई समेटेर बनाउनु पर्ने बताएका छन्। आइतबार स्थगित भएको बैठक सोमबार बस्ने छ। सोमबारको बैठकले बजेट पास गर्ने नगरप्रमुख खाणले बताए।
१७ वटा वडा रहेको यो नगरमा मेयर सहित ९ वटा वडामा अध्यक्ष काँग्रेसले जितेको थियो भने उपप्रमुख सहित ८ वटा वडा एमालेले जितेको छ। काँग्रेसका ४२ र एमालेका ४५ जना जनप्रतिनिधि निर्वाचित भएका हुन्। कार्यपालिका निर्वाचनमा एमालेका तीन जना थपिए। झिनो बहुमको त्यही राजनीतिक दम्भ देखाउँदै उपमेयरसहित एमालेबाट निर्वाचितहरुले एकलौटी गर्न खोजेको आरोप काँग्रेसबाट निर्वाचितहरुले लगाउने गरेका छन्। एमालेबाट निर्वाचितहरुले नगरप्रमुखले विधि विधान मिचेको आरोप लगाउने गरेका छन्।