डोपिङ परीक्षण तत्काल सुरु हुने
०४ माघ २०६६
•
३ मिनेट पाठ
डोपिङ परीक्षण तत्काल सुरु हुने
राजेन्द्र ज्ञवाली, काठमाडौं माघ ४- दुई सातापछि बङ्गलादेशको राजधानी ढाकामा हुने एघारौं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली खेलाडीको डोपिङ (प्रतिबन्धित शक्तिबर्द्धक औषधी सेवन गरे/नगरेको परीक्षण) प्रक्रिया २ दिनपछि थालिने भएको छ।

'परीक्षणका लागि नमूना लिने सामान भर्खरै आइपुगेको छ। एक/दुई दिनभित्र प्रक्रिया थाल्ने छौं,' राष्ट्रिय खेलकुद परिषद् (राखेप) का  वरिष्ठ चिकित्सक अजय राणाले भने। प्रतियोगितापूर्व (आउट अफ कम्पिटिसन) गरिने डोपिङ परीक्षणका लागि २५/३० खेलाडी छनोट गरिएको उनले बताए। 'डोपिङ परीक्षण प्रक्रिया निकै महङ्गो हुने हुनाले सबै खेलाडीको परीक्षण गर्न नसकिएको हो'-  उनले भने।

डोपिङ परीक्षणको सुविधा मलेसियामा मात्र रहँदै आएकोमा केही समययता त्यो सुविधा भारतको नयाँ दिल्लीमा पनि उपलब्ध भएको छ।
दुई वर्षअघि श्रीलङ्कामा सम्पन्न दसौं सागमा ५ हजार मिटर दौड र ३ हजार मिटर स्टेपल चेज स्पर्धामा स्वर्ण पदक जितेका राजेन्द्र भण्डारी डोपिङमा असफल भएपछि उनको स्वर्ण खोसिएको थियो। 'आउँदो सागमा डोपिङ हाम्रो मुख्य चिन्ताको विषय हो', नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष ध्रुबबहादुर प्रधान भन्छन्- यस सम्बन्धमा हामी गम्भीर हुनुपर्छ।

डोपिङ परीक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग पत्राचार गरिसकेको जानकारी उनले दिए। अधिकांश खेलाडी आवश्यक जानकारीका अभावमा डोपिङमा पर्ने गरेको एनओसी मेडिकल समितिका चिकित्सक सरोजकृष्ण श्रेष्ठ बताउँछन्।

विशेषगरी रूघाखोकीको औषधीमा त्यस किसिमका प्रतिबन्धित तत्त्व हुने उनी बताउँछन्। यसबीच राखेपले एघारौं सागमा सहभागी खेलाडीलाई विभिन्न चरणमा डोपिङसम्बन्धी जानकारी उपलब्ध गराएको छ। 'हामीले प्राजेक्टरको सहयोगमा खेलाडीलाई डोपिङबारे जानकारी गराइसकेका छौं'- चिकित्सक राणाले भने।
अर्को समाचार
राष्ट्रमन्डल खेलमा २ हजार जनाको परीक्षण हुने
१६ असोज २०६७
•
३ मिनेट पाठ
राष्ट्रमन्डल खेलमा २ हजार जनाको परीक्षण हुने
नयाँ दिल्ली, भारत, असोज १७ (एजेन्सी)-विश्व डोपिङ विरोधी एजेन्सी( (वाडा)ले राष्ट्रमन्डल खेलमा सहभागी खेलाडीहरूलाई कुनै किसिमको जोखिम नउठाउन चेतावनी दिदै आइतबारबाट सुरु हुने प्रतियोगिताको क्रममा १ हजार पाँच सय देखि २ हजारसम्म डोपिङ परीक्षण गरिने जानकारी गराएको छ।
वाडा महासचिव डेविड होमेनले प्रत्येक चार वर्षमा हुने यस प्रतियोगितामा डोपिङ परिक्षणका लागि व्यापक व्यवस्था गरिएको बताए।

'परिक्षण प्रतियोगिता अघि र त्यस क्रममा हुने छ। वाडाले आफै परिक्षण गर्दैन तर हामीले यसको अनुगमन गछौँ।'

'हामीले राष्ट्रमन्डल खेल महासंघ (सिजिएफ), आयोजक एवं राष्ट्रिय डोपिङ विरोधी एजेन्सी (नाडा)सँग मिलेर यसका लागि व्यापक व्यवस्था गरेका छौँ।' उनले अगाडी भने।
भारतका १२ खेलाडी हालै डोपिङमा समातिएको सम्बन्धमा उनले त्यो विषय नाडासँग भएको बताए।

उनले यस मामिलामा आफूले केही भन्न नसक्ने तर नाडा यदि वाडाको आचार संहिता अनुसार नचलेको जस्तो खेलाडीलाई लागे उनीहरूले अपिल गर्न सक्ने पनि उनले बताए।
१२ खेलाडीमध्ये एक जना सौरभ विजलाई राष्ट्रमन्डलका लागि चयन गरिएको ठिक भए नभए बारे सोध्दा उनले यी खेलाडीलाई अस्थाई रुपमा निलम्बन गरिएको बताए।
उनलाई जुन प्रतिबन्धित औषधी (मिथाइलहेक्सामिन)को सेवन गरेको पाइएको थियो त्यसलाई वाडाले पछि अन्य सूचिमा राखेको हुनाले उनलाई सहभागी हुने अनुमति दिइएको होमेनले बताए।

तर कुनै त्यस्तो खेलाडीको चयन गरिएको भए त्यो जोखिमको काम हुने होमेनले बताए। 'किनभने यदि उसले पदक जित्यो र परिक्षणमा असफल भयो भने उसको पदक खोसिन सक्छ। र यस्तो अवस्थामा उमाथि लामो समयसम्मका लागि प्रतिबन्ध लाग्न पनि सक्छ।

भारतका १२ खेलाडीहरूलाई राष्ट्रमन्डल खेल पूर्व गरिएको परक्षणमा डोपिङको दोसी पाइएको थियो। उनीहरूलाई अस्थाई रुपमा निलम्बन गरेर उनीहरूको स्थानमा राष्ट्रमन्डल खेलका लागि अन्य खेलाडीको चयन गरिएको थियो। ति मध्ये राष्ट्रमन्डल खेलका लागि टोलीमा समावेश गरिएका विज मात्र हुन्।
कतिपय खेलाडीले वेइमानी गर्ने प्रयास पनि गर्ने गरेकोले नमुनाको गहन परिक्षण गर्ने बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस