काठमाडौं- एनेकपा माओवादीले पुर्ववतः १३ वटा राज्य समिति बिघटन गरी नयाँ संविधानले ब्यवस्था गरेको प्रदेश अनुसार आफनो सांगठानिक संरचना निमार्ण गरेको छ ।
मंसिर १५ देखी सुरु केन्द्रीय समितिको बैठक अन्त्य गर्दै पहिलो पटक एमाओवादीले प्रादेशिक संरचना अनुसार आफनो पार्टी संगठनको निमार्ण गरेको हो । नयाँ संविधान अनुसार आफनो सांगठानिक संरचना परिवर्तन गर्ने सम्भवतः एमाओवादी पहिलो पार्टी हो ।
एमाओवादीले संविधानले ब्यवस्था गरेको प्रदेश अनुसार १ नम्बरको इन्चार्जको जिम्मेवारी राम कार्कीलाई जिम्मेवारी दिएको छ । यसैगरी, दुई नम्बर प्रदेशको इन्चार्जमा विश्वनाथ साह, ३ नम्बरमा महासचिव कृष्णबहादुर महरा, ४ नम्बरमा डिलाराम आचार्य, ५ नम्बर प्रदेशको इन्चार्जमा चन्द्रप्रकाश खनाल, ६ नम्बर प्रदेशको इन्चार्जमा जनार्दन शर्मा र ७ नम्बर प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई तोकिएको छ ।
'राज्य समितिको संरचनामा रहेको पार्टीको संगठन बिद्यान संसोधन गरेर प्रादेशिक संरचना अनुसार निमार्ण गरेका हौं,' प्रवक्ता दिनानाथ शर्माले भने, 'नयाँ संविधान कार्यान्वयन गराउनका लागि पार्टीले एक कदम अगाडी बढेर पहलकदमी लिएको छ ।'
प्रचार बिभाग प्रमुखमा अध्यक्ष पुष्पकमल दाहाल आफै रहेका छन भने स्कुलिङ बिभागको जिम्मेवारीमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाएका छन् । केन्द्रीय समितिले सन्तकुमार चौधरी, गौरी चौधरी, हरिराम चौधरी र तपेश्वर चौधरी लगायतलाई केन्द्रीय समितिमा मनोनित गरेको छ ।