काठमाडौं– चीनसँग व्यापारी सम्झौता गर्न परराष्ट्रमन्त्री चीन जान लागेको भन्ने समाचार विपरित चीनको नियमित भ्रमणको लागि आफू चीन जान लागेको परराष्ट्रमन्त्री कमल थापाले बताएका छन्।चीन प्रस्ताव गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकासँग कुरा गर्दै परराष्ट्रमन्त्री थापाले चीनसँग कुटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठमा भाग लिन चीन जान लागेको बताए। 'यो नियमति भ्रमण नै हो,' उनले भने,'चीनसँग कुटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठको अबसरमा चिनिया विदेशमन्त्रीको निमन्त्रणमा यो भ्रमण तय भएको हो।'
एक प्रसंगमा परराष्ट्रमन्त्री थापाले व्यापार र इन्धनको विविधिकरण गर्ने सरकारको नीति रहेको भन्दै चीनसँग पनि इन्धन आपूर्ति सम्झौताको कोशिस गर्ने जनाए। 'अहिले व्यापार र इन्धनलाई विविधिकरण गर्ने सरकारको नीति रहेको छ,' उनले भने,' सरकारको सो नीति अनुसार चीनसँग इन्धन आपूर्ति सम्झौताको कोसिस गरिन्छ।'
फरक प्रसंगमा मन्त्री थापाले सरकारले सार्वजनिक गरेको तीन बुँदे प्रस्ताव पुर्ण रहेको दाबी गर्दै सो प्रस्ताव देशकै प्रस्ताव भएको टिप्पणी गरे। 'प्रमुख प्रतिपक्षसहितको सहमतिमा ल्याइएको प्रस्ताव कसरी अपुरो हुन्छ,' उनले प्रश्न गरे,'यो प्रस्तावलाई अपूरो छ भन्नेले नै पूर्ण प्रस्ताव ल्याउनुपर्यो।'