काठमाडौं–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई 'विवादित जिल्ला' भनेर उल्लेख गर्ने कि नगर्ने भन्नेमा मात्रै सहमति हुन बाँकी रहेको बताएका छन्।संविधान निमार्ण नेतृत्वकर्ता प्रमुख तीन दलले सिमाङकनका विवाद हल गर्नका लागि राजनीतिक संयन्त्रमार्फत ३ महिना भित्रै टुंगाउने विषयमा आन्दोलनरत मधेसी मोर्चा पनि सकारात्मक भएको जनाउँदै दाहालले उक्त धारणा राखेका हुन्। पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा विवादित जिल्ला भनेर उल्लेख गर्नु पर्ने मधेसी मोर्चाको अडानमा सहमति हुन नसक्दा वार्ता निर्णयमा पुग्न नसेकको बताए।
'राजनीतिक संयन्त्र गठन गरी ३ महिना भित्र सीमाङकन विवाद टुंग्याउने प्रस्तावमा मोर्चा सकारात्मक भएपनि टुंगिन्छ भन्ने के ग्यारेन्टी छ ? भनेर आशंका ब्यक्त भएको छ,' दाहालले भने, 'यद्यपी, त्यसमा मोर्चा सकारात्मक छ, उसको प्रस्ताव छ– उसो भए ५ जिल्लालाई विवादित जिल्ला भनेर लेख्यौ।' मधेसी मोर्चाको उक्त सर्तमा भने प्रमुख दलहरुले सहमति जनाउन सकिरहेका छैनन्। उनका अनुसार ५ जिल्लामा विवादै नभएको तर्क सत्तारुढ र प्रमुख प्रतिपक्ष दलले तर्क राखेकोमा मोर्चाले असन्तुष्टि जनाएको हो ।
'विवादित जिल्ला भनेर जाऔं भन्ने मोर्चाको तर्क र विवाद नै होइन भन्ने संविधान निमार्ण नेतृत्वकर्ता दलबीचको बुझाइको अन्तरले सहमति हुन सकिरहेको छैन, यसमा सहमति खोज्न जारी छ,' दाहालले भने ।