काठमाडौं- विवाहपञ्चमीमा सहभागिता जनाउन जनकपुर पुगेकी राष्ट्रपति विद्या भण्डारीमाथि भएको दुर्व्यवहार र त्यसपछि विधवा प्रवेश गरेको भन्दै मन्दिर 'चोख्याउने' कार्यको व्यवस्थापिका संसदमा चर्को विरोध भएको छ।व्यवस्थापिका संसदमा बोल्ने सबैजसो सांसदले उक्त घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाही गरे/नगरेको जानकारी माग गरेपछि सभामुख ओनसरी घर्तीले त्यसबारे जानकारी दिन सरकारलाई निर्देशन दिएकी छन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नाराबाजी र अवरोधकबीच बोलेका सबैजसो सांसदले जनकपुरस्थित जानकी मन्दिरमा राष्ट्रपति भण्डारीमाथि भएको घटनाको भर्त्सना गरेका हुन्। जसमा अधिकांश महिला सांसदले दोषीलाई कारबाही गर्न माग गरेका छन्।
'विधुर राष्ट्रपतिलाई मन्दिर छिर्न दिने तर विधवा राष्ट्रपति छिर्दा चोख्याउने कार्य निन्दनीय हो,' सांसद सुशीला नेपालले भनिन्, 'यस्तो घृणित कार्य गर्नेलाई कारबाही भयो कि भएन? सदनलाई जानकारी दिनुपर्यो,।' उनले त्यस्तो कार्य गर्न उक्साउने दलका नेताले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताइन्।
सांसद सीता नेपालीले राष्ट्रपति भण्डारीमाथि जनकपुरमा गरिएको व्यवहारलाई अक्षम्य अपराधको संज्ञा दिएकी छन्। 'राष्ट्रपतिमाथि त यस्तो व्यवहार हुन्छ भने सर्वसाधारणमाथि के होला? सोचनीय विषय बनेको छ।' उक्त घटनालाई गम्भीर रूपमा लिनुपर्ने जनाउँदै नेपालीले दोषीलाई कारबाही माग गरिन्।
सांसद कान्ता भट्टराईले मिथिलाको पराम्पराविपरीत मन्दिर चोख्याउने कार्य गरेर आन्दोलनकारीले २१ औं शताब्दीमा नसुहाउने कार्य गरेको बताइन्। 'विद्यवा राष्ट्रपति जाँदा अलच्छिन भनेर मन्दिर सफा गर्ने परम्परा मिथिला संस्कृतिमा छैन, यो निन्दनीय हो,' भट्टराईले भनिन्।
सांसद गीता राणाले राष्ट्रपतिको मन्दिर भ्रमणमा रोक लगाउने आन्दोलनकारीको कार्य मानवअधिकारविपरीत भएको जनाएकी छन्। 'राष्ट्रपतिको अपमान गर्नेलाई नारीको कसरी सम्मान गर्नुपर्छ भन्ने शिक्षा दिनुपर्छ, नत्र तिनले आफ्नै आमालाई पनि बाँकी राख्दैन्,' राणाले भनिन्।
राष्ट्रपतिमाथि भएको दुर्व्यवहारको अन्य महिला सांसद कमला विक, राज्यलक्ष्मी श्रेष्ठ, मीना पुन र अनुराधा थापाले पनि भर्त्सना गरे। 'राष्ट्रपतिमाथि जनकपुरमा भएको दुर्व्यवहारको घटना निन्दनीय छ, त्यो सभ्य समाजलाई सुहाउने कुरा होइन,' सांसद रामहरि खतिवडाले भने। प्रेमबहादुर सिंहले पनि जनकपुरमा राष्ट्रपति भण्डारीमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेका छन्।
सांसदहरूले जनकपुर घटनाको चर्को आलोचना गरेपछि सभामुख ओनसरी घर्तीमगरले घटनाको यथार्थ जानकारी गराई दोषीलाई कारबाही भए/नभएको बारे जानकारी दिन सरकारलाई निर्देशन दिएकी छन्।
पुस १ गते विवाहपञ्चमीमा सहभागी हुन जनकपुर पुगेकी राष्ट्रपति भण्डारीमाथि अवरोध गरिएको थियो भने त्यसको भोलिपल्ट मन्दिरमा 'विद्यवा प्रवेश गरेको' भन्दै गंगाजलले शुद्दीकरण गरिएको थियो। उक्त घटनाको सर्वत्र आलोचना भएको छ भने गत आइतबार मन्त्रिपरिषदले घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाही गर्ने जनाइसकेको छ। आगमी १२ गते पुनः बस्ने संसद बैठकमा जवाफसहित उपस्थित हुन सरकारलाई सभामुखले निर्देशन दिएकी छन्।