संविधान कार्यान्वयनमा जुट्ने एमाओवादी निर्णय
०८ पौष २०७२
•
७ मिनेट पाठ
संविधान कार्यान्वयनमा जुट्ने एमाओवादी निर्णय
काठमाडौं- एकीकृत नेकपा माओवादीले एक वर्ष लामो केन्द्रीय समिति बैठक मंगलबार सम्पन्न गरेको छ। 'एक वर्षभन्दा लामो समय केन्द्रीय समिति बैठक चलेको अरु कुनै पार्टीको रेकर्ड छैन, त्यो रेकर्ड हामीले कायम गरेका छौं,' अध्यक्ष पुष्पकमल दाहालले बुधबार पेरिसडाँडामा भने।




बैठकले 'संविधानसभाबाट संविधान, संघीयतासहितको संविधान' भन्ने कार्यनीतिक नारा पूरा भएको जनाउँदै नयाँ संविधान कार्यान्वयनमा जोड गर्ने निर्णय गरेको छ।

'संविधानसभाबाट संविधान, संघीयतासहितको संविधान भन्ने मूल कार्यनीतिक नारा पूरा भएको छ, त्यसको एउटा युग सकिएको छ,' अध्यक्ष पुष्पकमल दाहालले भने, 'त्यसैले अब पार्टीको प्रमुख ध्यान नयाँ संविधान कार्यान्वयनमा हुनेछ।' उनका अनुसार संविधान कार्यान्वयन सन्दर्भमा निर्माण हुने कानुनलाई अग्रगामी बनाउन एमाओवादीले मुख्य भूमिका खेल्नेछ।

दाहालले संविधानसभाबाट निर्माण भएको नयाँ संविधानलाई विश्वकै नमुना संविधानका रूपमा प्रस्तुत गरे। 'समावेशीता र अग्रगामिताको हकमा यो विश्वकै नमुना संविधान हो, यस्तो समावेशी प्रतिनिधित्व गरिएको संविधान दक्षिण एसियामै छैन,' दाहालले भने, 'जस्तो कि परिणाम र अवसरमा नै महिलालाई ३३ प्रतिशत सिट सुरक्षित गरिएको छ।' विश्वका कुनै पनि संविधानमा उल्लेख नभएका विषय नेपालको संविधान समावेश भएकाले संविधान उत्कृष्ट, अग्रगामी र समावेशीताका हिसाबले नमुनायोग्य संविधान बनेको उनको भनाइ छ।

दाहालले पुँजीवादी जनवादी क्रान्तिको एउटा अध्याय सम्पन्न भएको जनाउँदै समाजवादको आधार तयार गर्ने पार्टीको आगामी कार्यदिशा भएको बताए। 'संविधान निमार्ण सँगसँगै सामन्तवादलाई अन्त्य गराई पुँजीवादी जनवादी क्रान्तिले आधारभूत विजय हासिल गरेको छ,' दाहालले भने, 'अबको पार्टीको सम्पूर्ण ध्यान पुँजीवादी क्रान्तिको बाँकी रहेका केही चरण सम्पन्न गरी समाजवादको आधार तयार गर्न विशेष जोड गर्नेछ।'

यसबीच नै बाबुराम भट्टराई पार्टी परित्याग गरी 'नयाँ शक्ति' मा लागेपछि बैठकले उनीबारे औपचारिक टिप्पणीसमेत गर्न भ्याएको छ।

'भट्टराईको पार्टी परित्याग पछाडि रहेको वैचारिक, राजनीतिक प्रवृत्तिलाई दक्षिणपन्थी विसर्जनवाद र अराजकतावादी व्यक्तिवादका रूपमा संश्लेषण गरेको छ,' सार्वजनिक निर्णयमा भनिएको छ।

यसैगरी, भट्टराईको पार्टी परित्याग सँगसँगै नयाँ शक्तिमा लागेका केेन्द्रीय नेतालाई एमाओवादीले निष्कासन गरेको छ। यसरी निष्कासनमा पर्नेमा स्थायी समिति सदस्य हिसिला यमी, देवेन्द्र पौडेल, रामचन्द्र झा, पोलिटब्युरो सदस्य गंगा श्रेष्ठ, रामकुमार शर्मा, बलावती शर्मालगायत २१ जना रहेको माओवादीले जनाएको छ।

बहुविवाह आरोपमा हेमन्तप्रकाश ओलीलाई सांस्कृतिक कारबाही गर्दै ६ महिनाका लागि सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको छ भने अर्का स्थायी समिति सदस्य प्रभु साहलाई पुनः स्पष्टीकरण सोधिएको छ।

यसैगरी, एमाओवादीले पूर्ववत १३ वटा जातीय क्षेत्रीय आधारमा गठन गरिएका राज्य समितिको संरचना विघटन गरी नयाँ संविधानले व्यवस्था गरेको प्रदेशअनुसार नै सांगठनिक संरचना निर्माण गरेको छ। नयाँ संविधानको व्यवस्थाअनुसार आफ्नो सांगठनिक संरचना परिवर्तन गर्ने सम्भवतः एमाओवादी पहिलो पार्टी हो।

एमाओवादीले संविधानले व्यवस्था गरेको प्रदेशअनुसार १ नम्बरको इन्चार्जको जिम्मेवारी राम कार्कीलाई दिएको छ। यसैगरी, दुई नम्बर प्रदेशको इन्चार्जमा विश्वनाथ साह, ३ नम्बरमा महासचिव कृष्णबहादुर महरा, ४ नम्बरमा डिलाराम आचार्य, ५ नम्बर प्रदेशको इन्चार्जमा चन्द्रपाणि खनाल, ६ नम्बर प्रदेश इन्चार्जमा जनार्दन शर्मा र ७ नम्बर प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी तोकिएको माओवादीले जनाएको छ।

'राज्य समितिको संरचनामा रहेको पार्टीको संगठन विद्यमान संशोधन गरेर प्रादेशिक संरचनाअनुसार निर्माण गरेका हौं,' प्रवक्ता दिनानाथ शर्माले भने, 'नयाँ संविधान कार्यान्वयन गराउन पार्टीले एक कदम अगाडि बढेर पहलकदमी लिएको छ।' त्यसका लागि विद्यमान धारासमेत निलम्बन गरिएको उनले जनाएका छन्।

प्रचार विभाग प्रमुखमा अध्यक्ष पुष्पकमल दाहाल आफैँ छन् भने स्कुलिङ विभागको जिम्मेवारी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाएका छन्। सन्तकुमार चौधरी, गौरी चौधरी, हरिनारायण चौधरी, तपेश्वर चौधरी, मानपुर चौधरी र विजय महतोलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ।

उपराष्ट्रपति निर्वाचित भएपछि नन्दकिशोर पुन र व्यवस्थापिका संसदको सभामुख निर्वाचित भएपछि ओनसरी घर्तीमगरले दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ। आगामी २०७३ सालभित्रै पार्टी महाधिवेशन गर्ने जनाउँदै एमाओवादीले पार्टी पुनर्निर्माणको ६ महिने कार्ययोजनासमेत पारित गरेको प्रवक्ता शर्माले जानकारी दिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस