चितवन–ग्यास उद्योगबाट जर्बजस्ती सिलिन्डर लिने गरेको समाचार सार्वजनिक भएपछि चितवनका प्रमुखजिल्ला अधिकारी (सीडीओ) विनोदप्रकास सिंहले बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गरेर त्यस्तो काम आफूले गर्दै नगरेको बताएका छन्।पत्रकार सम्मेलनमा सत्तारुढ दलका जिल्ला अध्यक्ष र ग्यास उद्योगीसमेत सहभागि थिए। असहज परिस्थिति भएका कारण ग्यास वितरणमा जिल्ला प्रशासन कार्यालयले समन्वय मात्रै गरेको जानकारी सीडीओ सिंहले गराए । उद्योगबाट कुन ठाउँ कतिग्यास पठाउने भन्ने निर्णय प्रशासन कार्यालय, प्रहरी प्रमुख र उद्योगी तथा ग्यास वितरकहरुको रोहबरमा हुँदै आएको पनि उनले जानकारी दिए। यसरी व्यवस्थापन गरिएको ग्यासको विवरण पनिउनले सार्वजनिक गरेका छन्।
चितवनकापाँच र नवलपरासीको गैंडाकोट क्षेत्रका तीन उद्योगका ग्यास चितवनमा ५४ हजार २८३ सिलिन्डर बितरण भएको जिल्ला प्रशासन कार्यालय चितवनले विवरण दिएको छ। त्यस्तै चितवनबाहेक काठमाडौं, कास्की, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, रुपन्देही, मकवानपुर, नुवाकोट र धादिङमा यहाँको उद्योगहरुको ग्यास पु¥याएको प्रशासन कार्यालयले जानकारी गराएको छ ।
चितवन जिल्ला प्रशासन कार्यालयको रोहबरमा व्यवसायीहरुले काठमाडौंमा ३४ हजार ३८१ थान सिलिन्डर पठाएका छन्। त्यस्तै कास्कीमा चार हजार सात, नवलपरासीमा नौ हजार ७५६, तनहुँमा एक हजार ५७१, लमजुङमा एक हजार ८४०, गोरखामा दुई हजार १६४, मकवानपुरमा एक हजार ४८७ र नुवाकोटमा ६५१ सिलिन्डर पठाएको प्रशासन कार्यालयले तथ्याङ्क दिएको छ ।
धादिङमा लुम्बिनी ब्राण्डको ७४६ वटा मात्रै सिलिन्डर गएको प्रशासनले जानकारी दिएको छ । यस बाहेक बाबाकम्पनीले काठमाडौंमा तीनवटा र एचपीग्यासले १३ वटा ग्यासकाबुलेट लगेको पनि प्रशासनका अधिकारीहरुले बताए । एचपीको काठमाडौंमा पनि कारखाना छ । बाबाले 'श्री' ब्राण्डको ग्याँस काठमाडौंमा भर्ने गरेको छ ।
'सामान्य अवस्थामा हाम्रो ७० प्रतिशत मार्केट काठमाडौं हो बाँकी अन्यत्र हो । तर यो संकटमा पहिलेको जति अनुपातमा ग्यास काठमाडौंमा लैजान नसकेको हो । अहिले स्थानीय बजारमा धेरै गएको छ । यसैलाई कालो बजारी भन्ने ?,' पत्रकार सम्मेलनमाग्यास उद्योगी राजेन्द्र बुर्लाकोटीले भने। उपस्थित ग्यास उद्योगीले चितवन प्रशासनले 'साह्रै राम्रो' व्यवस्थापन गरेको भनेर प्रशंसासमेत गरे ।
कुन कम्पनीको ग्यास कुन ठाउँमा कति परिमाणमा बितरण हुने छ भन्ने जानकारी तुरुन्तै स्थानीय एफएमलगायतका मिडियाबाट सार्वजनिक गरेको सिंहको भनाइ छ। 'कति बुलेट आयो । कति कहाँ कहाँ वितरण भयो सवै विवरण छ । तल माथि गर्ने प्रश्न नै आउँदैन,'उनले भने । एक सिलिन्डरमाअचेल सात केजीग्यास हुन्छ । एक बुलेट ग्यासबाट यस्ता २५ सय सिलिन्डर भरिन्छ ।
पत्रकार सम्मेलनमा ग्यास उद्योगीका साथै सत्तारुढ दल एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष यमबहादुर परियारसमेत उपस्थितथिए । त्यस्तै राप्रपा नेपाल र नेकपा (माले) का जिल्ला अध्यक्ष पनि सो कार्यक्रममा सहभागि थिए ।