काठमाडाैं–मन्त्रिपरिषदको अाकस्मिक बैठक सिंहदरबारमा बस्दैछ। बैठकले पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुख (सिइअो) नियुक्त गर्ने संभावना छ। राष्ट्रिय योजना आयोगका सदस्य समेत बैठकले नियुक्त गर्ने बताइएको छ।उद्योग मन्त्री सोम प्रसाद पाण्डेयले कार्यकारी प्रमुख नियुक्तिको बिषयमा छलफल हुने र निर्णय हुनसक्ने बताए। उनले भने ‘कार्यकारी नियुक्ति र राष्ट्रिय योजना अायोगका सदस्य नियुक्तिको एजेण्डा रहेको छ।’
बिहीबारको नियमित मन्त्रिपरिषद बैठक पछि अाज अाकस्मिक बैठक डाकिएको हो।
बिहीबारको नियमित मन्त्रिपरिषद बैठक पछि अाज अाकस्मिक बैठक डाकिएको हो।