चितवन–नयाँ संविधानमा नागरिकताका सम्बन्धमा भएका व्यवस्था प्रति आन्दोलनरत मधेस केन्द्रित दलहरुको आपत्ति शब्दमा मात्रै भएको नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले बताएका छन्।नेपाल प्रेस युनियन चितवन शाखाले आइतबार बिहान नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नागरिकताका सम्बन्धमा संविधानले निकै प्रगतिशिल व्यवस्था गरेको दाबी गरे ।
'नागरिकता सम्बन्धि प्रवधानहरुमा संविधानमा संघीय कानून अनुसार हुने भन्ने शब्द छ। मधेसीदलहरुले किन संघीय कानुन भन्ने प्रचलित कानुन भन्ने शब्द राखौं भन्नु भएको छ। नागरिकतामा उहाँहरु आपत्तियत्ति मात्रै हो,' सिटौलाले भने ।
समावेशी समानुपातिक प्रतिनिधित्व र निर्वाचन क्षेत्रका बारेमा आएको संसोधन विधेयक पारित गराउने मधेसी दलले सहयोग गर्नु पर्ने सिटौलाले बताए । 'यो विषयमा संसोधन विधेयक आएको छ । प्रकृयामा जाऔं । छलफल गरौं । छलफलपछि परिमार्जन पनि हुन सक्छ । मधेस केन्द्रितदलहरुको सहमतिले नै त्यसमा परिमार्जन गर्न सकिने अवस्था छ,' सिटौलाको भनाइ थियो।
सीमांकनका बारेमा समिति बनाएर टुंगो लगाउनु नै उपयुक्त हुनेमा उनले जोड दिए। 'सीमांकन कुनै एउटा बिचार धारालाई आत्मसात गरेर टुङ्ग्याउने विषय होइन । अहिलेको सात प्रदेशको सीमांकनपनि त्यसरी गरिएको होइन । त्यसैले नयाँ सिंमांकनपनितत्कालै हुनु पर्छ भन्दाहतारो हुन्छ । यसमा समय लिनु पर्छ,' सिटौलाले भने।
नेपाली काँग्रेस पार्टीको १३ औं महाधिवेशन नजिक आएको हुँदा नेतृत्वका लागि तयार रहेको उनले संकेत गरे। 'पार्टीका गाउँतहका समितिका निर्वाचन नसकिदासम्म कसैले पनिम यसमा उठ्छु उसमा उठ्छु भनेर घोषणा गर्दै हिड्नु हतार हुन्छ। म पनि घोषणा गर्ने हतारमा छैन' सभापतिमा तपाइँको दाबी रहन्छ किनाइभन्ने प्रश्नमा उनले भने, 'म उठ्दिन है भनेर पनि अहिल्यै भन्दिन।'