नेकपा माओवादी केन्द्रले आफै सहभागी सरकारविरुद्ध संसद र सरकारमा अवरोध सुरु गरेको छ। नेपाली कांग्रेस नेतृत्वको सरकारविरुद्ध माओवादी केन्द्रले संसद र सरकारमा अवरोध सृजना गरेपछि गठबन्धनको भविष्यमाथिसमेत प्रश्न उठ्न थालेको छ। माओवादी केन्द्रले मंगलबारको संसद बैठक बहिस्कार गरेको थियो भने बुधबार संसदीय दलको बैठकले संसद र सरकारका कुनैपनि गतिविधिमा सहभागी नहुने निर्णय गरेको थियो।
तत्कालीन नेकपालाई सर्वोच्च अदालतले पूर्ववत अवस्थामा पुर्याएपछि संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेले तत्कालीन माओवादी केन्द्र नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराएको थियो। माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा कांग्रेस र तत्कालीन एमाले एमालेको माधवकुमार नेपाल समूहका चार जना सांसदले महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाइदिएका थिए।
२०७८ वैशाख २ गते राति माओवादी केन्द्र, कांग्रेस र एमालेको माधवकुमार नेपाल समूहबीच भएको ११ बुँदे सहमति अनुसार कात्तिक १६ गते कांग्रेसले कर्णाली सरकारको नेतृत्व सम्हालेको थियो। माओवादीले आफ्नो दललाई मुख्यमन्त्री जीवनबहादुर शाहीले पूर्ण व्यवस्ता गरेको आरोप लगाएको छ।
‘मुख्यमन्त्रीले माओवादी केन्द्रलाई पूर्ण निस्तेज पार्न खोजेकाले संसद र सरकारबाट खवरदारी गर्ने निर्णय भएको छ,’ संसदीय दलका प्रमुख सचेतक कृष्णा शाहले भनिन्, ‘सरकारले आफ्नो गल्ती स्वीकार नगर्दासम्म संसद पनि चल्न दिँदैनौं, सरकारका कुनै गतिविधिमा पनि सहभागी हुँदैनौं।’ आठ सदस्यीय कर्णाली सरकारमा माओवादीका तीन जना मन्त्री छन्।
पूर्व आन्तरिक मामिला तथा योजना मन्त्री एवम् माओवादी केन्द्रका नेता नरेश भण्डारीको नेतृत्वमा एक साताअघिनै माओवादी केन्द्रले मुख्यमन्त्रीको राजीनामा माग गर्दै संसद बाहिर नारावाजी गरेको थियो।
माओवादी केन्द्रले सहिद स्मृति भत्ता र घाइते अपाङ्गता भएकाहरुका लागि अघिल्लो सरकारले सुरु गरेको जीवन निर्वाह भत्ता वितरण कार्यान्वयन नगरेको, सिंजा सभ्यता विधेयक, पर्वतीय विश्वविद्यालय, आम सञ्चार विधेयकलागयतका विधेयकहरु संसदमा अघि नबढाएकोलगायतका आरोप लगाएको छ। माओवादीले सहिद स्मृति भत्ता, जीवन निर्वाह भत्ता कार्यान्वयन नगरेको आरोप लगाएपनि सरकारले चालू आर्थिक वर्षमा यो कार्यक्रमलाई निरन्तरता दिएको छ।
संसद खुलाउने विषयमा बुधबार सभामुख राजबहादुर शाहीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक राखेका थिए। उक्त बैठकमा सरकारले माओवादीले उठाएका विषयहरुमा आफ्नो धारणा राखेपनि निर्णय हुन सकेन्। ‘सहिद स्मृति भत्ता र जीवन निर्वाह भत्ता चालू आर्थिक वर्षमा कार्यान्वयन गर्ने, संसदमा दर्ता रहेका विधेयकहरुको अध्ययन गरेर आवश्यकताका आधारमा अघि बढाउने मुख्यमन्त्रीज्यूले प्रतिवद्धता जनाउनु भएको थियो, सोही अनुसार सहमतिको ड्राफ्ट पनि तयार भइसकेको थियो,’ बैठकमा सहभागी एक सांसदले भने, ‘यति हुँदा पनि माओवादीले संझौतामा हस्ताक्षर गर्न मानेन्।’ सत्ता साझेदार दलबीच सहमति नहुँदा बिहीबार बस्ने भनिएको संसद बैठक पनि अनिश्चित बनेको छ।
फेरि सत्ताको नेतृत्व गर्ने दाउ
कर्णाली प्रदेशसभा ३४ सदस्यीय छ। सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग छ सांसद छन्। प्रमुख सत्ता साझेदार माओवादी केन्द्रसँग १२ सांसद छन् भने नेकपा समाजवादीका तीन सांसद छन्। कांग्रेस नेतृत्वको सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटमा माओवादी केन्द्रको मुख्य असन्तुष्टी हो। ‘मुख्यमन्त्री रोजगार कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रमलगायतका जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रममा हाम्रा योजनाहरु समावेश भएनन्,’ एक माओवादी सांसदले भने, ‘सरकार भत्काउने र बनाउने मुख्य भूमिकामा रहेको दललाई बेवास्ता गरिएका कारण सरकारविरुद्ध संसद र सरकारबाट विद्रोह गर्नु परहेको हो।’
माओवादी नेतृत्वको सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रम, मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम, पूर्वाधार विशेष कार्यक्रमको अबण्डा बजेट राखेर आर्थिक वर्षको अन्त्यतिर भागबण्डा गर्दथ्यो। चालू आर्थिक वर्षको बजेटमा यि कार्यक्रम रातो कितावमै समेटेर ल्याइँदा माओवादी केन्द्र सरकारविरुद्ध लागेको हो। ‘माओवादी केन्द्रका सांसदले सम्हालेको मन्त्रालयहरुमा पनि मुख्यमन्त्रीले हस्तक्षेप गर्नुभयो,’ ति माओवादी सांसदले भने, ‘यसका विरुद्ध पनि हामीले विद्रोह गर्न बाध्य भएका हौं।’
माओवादी केन्द्रले सिंजा सभ्यता विधेयक, पर्वतीय विश्वविद्यालय, आम सञ्चार विधेयक, सहिद स्मृति भत्ता, घाइते अपाङ्गता भएकाहरुका लागि जीवन निर्वाह भत्तालगायतका विषयलाई चुनावी अजेण्डा बनाएको छ। सुरुमा यिनै विषयहरु उठाएर माओवादी केन्द्रका सांसद नरेश भण्डारीले मुख्यमन्त्रीविरुद्ध संसद भजनअघि नारावाजी गर्न लगाएका थिए। ‘माओवादी केन्द्रले उठाएका मध्ये सहिद स्मृति भत्ता र जीवन निर्वाह भत्तालाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ, विधेयकहरुका विषयमा सरकार छलफलका लागि तयार छ,’ आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले भने, ‘यति सामान्य विषय सत्ता साझेदार दलबीच छलफल गरेर टुंगोमा पुर्याउनुपर्नेमा संसद अवरुद्ध गर्नुले राम्रो सन्देश दिन्नँ।’
आफै सहभागी सरकारविरुद्ध संसद अवरुद्ध गर्नु र सरकारका गतिनिधिमा संलग्न नहुनुको भित्री कारण भने माओवादीको चुनावी सरकारको नेतृत्व लिने दाउ हो। कांग्रेस नेतृत्वको सरकारले चुनाव केन्द्रीत बजेट नल्याएको असन्तुष्टी माओवादी केन्द्रमा छ। ‘आगामी मंसिरभित्र संघ र प्रदेशको चुनाव हुँदैछ, चुनावी सरकारको नेतृत्व लिने चाहना माओवादीले देखाएको छ,’ मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक दुर्गाप्रसाद सापकोटाले भने, ‘यहाँको चाहनाले केही हुन्नँ, संघको शीर्ष नेतृत्वले नचाहँदासम्म कर्णालीमा सरकार परिवर्तनको संभावना छैन्।’