काठमाडौं–संधिवान संशोधन विधेयक तथा मधेसी मोर्चाका मागका सम्बन्धनमा छलफल गर्न प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।सरकारको नेतृत्वको गरेको दल एमाले, एमाओवादी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताबीच मधेस आन्दोलन र संविधान संशोधन विधेयकका विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।
सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक मधेसी मोर्चाको सहमतिमा अगाडि बढाउने गरी छलफललाई तीव्रता दिएको छ। यसअघि प्रमुख प्रतिपक्ष दलकोसमेत सहमतिमा सरकारले मधेसका माग सम्बोधन गर्न भन्दै मन्त्रिपरिषद बैठकद्वारा तीन बुँदे विशेष प्रस्ताव पारित गरेको थियो। यो प्रस्तावलाई नेपालको संविधानप्रति असन्तुष्ट जनाइ नाकाबन्दी लगाइ रहेको भारतलेसमेत स्वागत गरेको छ। तर आन्दोलनरत मधेसी मोर्चाले भने सरकारी प्रस्ताव अपूरो भन्दै आफूहरुलाई मान्य नहुने बताउँदै आएको छ।
प्रमुख तीन दलको बैठकमा संविधान संशोधन विधेयकको भाषामा केही परिवर्तन गर्न सकिने गरी छलफल गरिएको स्रोतले जनाएको छ। आइतबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विराटनगर पुगेर संविधान संशोधन विधेयकको भाषा परिमार्जित भए तीन महिनाभित्र राजनीतिक समितिमार्फत सीमाकंन टुंगो लगाउने विषयमा मोर्चा सकारात्मक हुने बताएका थिए। दाहाल विगत केही दिनदेखि समस्या समाधानको लागि भन्दै सक्रिय हुँदै आएका छन्। बैठकमा सकेसम्म लचकता अपनाएर छिट्टै मधेसी मोर्चासँग वार्ता गर्ने गरी छलफल भएको बताइएको छ।