भोजराज भाट, काठमाडौं माघ ५- रक्षा मन्त्री विद्या भण्डारीले माओवादी सेना नेपाली सेनामा समायोजन गरियो भने त्यो आफूलाई मान्य नहुने बताएकी छन्। कुनै शक्तिकेन्द्रलाई रिझाउन स्थायी संयन्त्र ध्वस्त पार्न नहुने भनाइ उनको छ। विशेष समितिले यस्तो निर्णय गरे पनि त्यसलाई नमान्ने उनले बताइन्।
आज आयोजित विशेष पत्रकार सम्मेलनमा उनले भनिन्- कोही व्यक्तिगतरुपमा आउँछ भने त्यसलाई सेनाको नीति नियमभित्र रहेर लिन सकिन्छ तर सबैलाई उनीहरुले भनेजसरी लिने कुरा हुन सक्दैन।
उनले शान्ति सम्झौतामा भनिएको समायोजन सेनामा नभएको भन्दै यसबारे माओवादीले भ्रम फैलाएको दाबी गरिन् र भनिन्- म यसबारे क्लियर हुन सबैलाई आग्रह गर्छु।
उनले सेनामा रिक्त दरबन्दी परिपूर्ति गर्न चाँडै नै भर्ना खोलिने जानकारी पनि दिइन्।