ओली पहिला चीन जालान्?
१३ पौष २०७२
•
६ मिनेट पाठ
ओली पहिला चीन जालान्?
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र भारतमध्ये जहाँ अनुकूल हुन्छ त्यहीँ पहिलो भ्रमण गर्ने बताएका छन्। सामान्यतः नेपाली प्रधानमन्त्री भारतको पहिलो भ्रमण गर्ने परम्परा विपरित सोमबार उनले भने, 'भ्रमण कुन देशको पहिलो गर्ने भन्ने कुनै नियम हुँदैन।'

उनको अभिव्यक्तिले प्रधानमन्त्री ओलीले छिटै उत्तरी छिमेकी चीनको भ्रमण गर्ने विषयलाई बल दिएको छ।

बालुवाटारमा रिपोटर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै उनले वैशाख अघि नै दुई मध्ये एक छिमेकी मुलुकको भ्रमण गर्ने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले नाकाबन्दी नखुली भारत भ्रमण नगर्ने भारतीय पक्षसँग अडान राख्दै अाएका छन्। प्रधानमन्त्रीकाे विशेष दूतकाे रूपमा मंसिरकाे दाेस्राे साता नयाँ दिल्ली पुगेका प्रदीप ज्ञवालीले भनेका थिए, 'भारत भ्रमणकाे अाैपचारिक निम्ताे लिएर अाउने दूतलाई अाेलीले भन्नु भएकाे छ म भारत जानुअघि सबै नाकाबाट निर्वाध ढंगले दैनिक उपभोग्य बस्तु आपूर्ति भएको अवस्था हुनुपर्‍यो, होइन भने म दिल्ली पुगेको भोलिपल्ट नाकाबन्दी पूर्णत: खुल्न सक्ने पूर्वप्रतिबद्धता हुनुपर्‍यो।' चीनले भने प्रधानमन्त्री अाेलीकाे पहिलाे विदेश भ्रमण चीन हाेस् भन्ने अपेक्षा राख्दै अाएकाे छ।

अाेलीले बालुवाटारमा साेमबार भने, 'आगामी वैशाख अगाडि भारत र चीन जहाँ अनुकूल हुन्छ, त्यहाँ पहिलो भ्रमण हुन्छ। भ्रमण कुन देशको पहिले गर्ने भन्नेमा कुनै नियम हुँदैन जहाँ अनुकूल हुन्छ त्यहाँ जानु स्वभाविक हो।'

भारतीय नाकाबन्दीका कारण ओली सरकार चीनसँग सम्बन्ध सुमधुर पारेर आपूर्ति सन्तुलन मिलाउने प्रयासमा छ।

प्रधानमन्त्री भए लगत्तै चिनियाँ राजदूतले ओलीलाई पहिलो बधाई दिएका थिए। प्रधानमन्त्री भएर धुम्बाराही पार्टी केन्द्रीय कार्यालय पुग्दा त्यहाँ चिनियाँ राजदूत उ चुन्ताई बधाई दिन त्यहीँ थिए। त्यसकाे भाेलिपल्ट भारतीय राजदूत रणजीत राय बालकाेट पुगेर अाेलीलाइ बधाइ दिएका थिए।

तेल र ग्यास व्यापार सम्झौतालाइ परिपक्वतापूर्वक अघि बढाउन चिनियाँ पक्षले सरकारको उच्च तहमा भ्रमणकाे अपेक्षा गर्दै अाएकाे छ।

प्रधानमन्त्री ओलीकाे विगत भारतीय पक्षसँग निकट देखिन्छ। महाकाली सन्धि गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनको अडानका कारण एमाले पार्टी विभाजन समेत भएको थियो। 'स्राेतकाे उपयाेगमा मिलेर जान सकिन्छ। '२१ अाैं शताब्दीमा नेपालजस्ताे मुलुकले एक्लै हिँड्छु भनेर हुँदैन', असाेज ४ गते नयाँ संविधानकाे स्वागत गर्न नेपाल सरकारले टुँडिखेलमा अायाेजना गरेकाे सभामा पनि अाेलीले भारतलाइ लक्ष्यित गर्दै लचिलाे अभिव्यक्ति दिएका थिए। 

भारतले पनि गरिरहेको छ तयारी
प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउन भारतीय पक्षले पनि तयारी गरिरहेको छ। भारतीय राजदूत रणजीत रायले केही समय अघि प्रधानमन्त्री ओलीले छिटै भारत भ्रमण गर्ने बताएका थिए। मिति तय नभए पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक प्रस्ताव स्वीकृत भएको उनले बताएका थिए। 'पूर्ण तयारी सहित छिटै नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुनेछ', उनले भनेका थिए।

दाहालको क्रमभङ्ग, ओलीको तर्क


संविधान सभाको पहिलो चुनाबपछि प्रधानमन्त्री बनेका एमाओवादी पुष्पकमल दाहालले सरकार प्रमुखले पहिला भारत जाने परम्परा तोड्दै चीनको पहिलो भ्रमण गरेका थिए। बेइजिङ जानुअघि उनले भारत जाने परम्परा तोडेर क्रमभङ्ग गर्न लागेकोे बताएका थिए। ओलीले भने दाहाल जस्तो चुरीफुरी नगरी 'भ्रमण कुन देशको पहिलो गर्ने भन्ने कुनै नियम नहुने' भनेर तर्क अघि सारेका छन्।

एमालेकै झलनाथ खनाल प्रधानमन्त्री हुँदा भारत भ्रमण निम्ता पर्खिंदापर्खिंदै चीन भ्रमण समेत गुमाएको विश्लेषण यतिबेला बालुवाटारमा भइरहेको छ। भारतीय राजदूतले भनेजस्तो 'पूर्ण तयारी' भारतीय पक्षले छिटै नगरे प्रधानमन्त्री ओलीले चीनको औपचारिक भ्रमण गर्ने निश्चित प्रायः छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस