काठमाडौं- तराई–मधेस केन्द्रित दलको विरोध र असहमति बाबजुद रोकिएर बसेको संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा सैद्धान्तिक छलफल सुरु भएको छ। नयाँ संविधानप्रति असहमति जनाउँदै आन्दोलनरत तराई–मधेस केन्द्रित दलको माग सम्बोधन गर्न ल्याइएको उक्त विधेयकमा पहिलो दिन दुई जना सांसदले आफ्नो धारणा राखे।
सोमबार व्यवस्थापिका संसदमा बोल्दै सांसदद्वय केशव बडाल र हरिनारायण चौधरीले उक्त विधेयक पास गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। बडालले नयाँ संविधानले विधेयकमा उल्लेख गरेका विषयले केही फरक नपार्ने भए पनि मधेसकेन्द्रित दलको मागअनुसार सो विधेयक ल्याउनुपरेको बताए भने चौधरीले परिमार्जनसहित विधेयक पेस गर्न जोड गरे।
उक्त विधेयकमा धारणा राख्ने क्रम जारी रहने जनाउँदै सभामुख ओनसरी घर्तीमगरले तत्कालका लागि बैठक स्थगन गरेकी थिइन्। उक्त विधेयकमा सैद्धान्तिक छलफल चलिरहँदा असन्तुष्ट मधेस केन्द्रित दलका सांसदले भने नाराबाजी गरिरहेका थिए।
'सरकारले पेस गरेको संविधान संशोधन विधेयकले मधेसको मागलाई सम्बोधन गर्न सक्दैन तर पनि जबर्जस्ती त्यसलाई लाने काम गरिएको छ,' तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने। उनका अनुसार आन्दोलनकारी दलको असहमतिबीच लगिएको उक्त विधेयकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमति हुन सक्दैन।
पार्टी स्थापनाको आठौं वार्षिकोत्सवका अवसरमा बोल्दै ठाकुरले प्याकेजमै सहमति गरी जानुपर्ने दोहोर्याीए। 'जे–जेमा सहमति हुन्छ, त्यो लेख्दै जाऊँ, नमिलेको विषयमा छलफल गरौं भनेर प्रस्ताव गरिरहेका छौं,' ठाकुरले भने, 'तर उहाँहरु त्यसो गर्न पनि चाहिरहनुभएको छैन।'
मधेसमा आन्दोलन जारी रहेकाले हर्षोल्लाससाथ नमनाइएको जनाएको तमलोपा केन्द्रीय कार्यालयमा झन्डोत्तोलन र रक्तदान कार्यक्रम मात्र आयोजना गरिएको थियो।
उद्देश्य एउटा, आन्दोलन दुइटा
नयाँ संविधानले तराई–मधेसका माग सम्बोधन नगरेको भन्दै आन्दोलनरत दलहरुबीच सडकमा अलगअलग आन्दोलन गरेकाले व्यवस्थापिका संसदमा पनि दुईथरी आन्दोलन जारी राखेका छन्।
यसरी अलगअलग आन्दोलन गर्ने समूहमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धन आबद्ध दलका सांसद छन्। मोर्चाका सांसद नाराबाजी गर्छन् भने गठबन्धनका सांसद धर्नामा बस्छन्।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल, महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र महेन्द्र राय यादवको नेतृत्व तराई मधेस सद्भावना पार्टीका सांसद संसदभित्र नाराबाजी गरिरहेका छन्।
मोर्चाको नाराबाजीमा तराई–मधेस सद्भावना पार्टी र नेपाली जनता दलका सांसद हरिचरण साह पनि मिसिन पुगेका छन्। तर मधेसी गठबन्धन आबद्धमध्ये नेपाल सद्भावना पार्टीकी सांसद डिम्पल झा र राष्ट्रिय मधेस समाजवादी पार्टीका सांसद धर्मेन्द्रकुमार साहचाहिँ अलग्गै धर्ना दिएर बसेका थिए।
'मोर्चाले नाराबाजी गरे पनि हामी पनि विरोधस्वरुप धर्नामा बस्यौैं,' झाले नागरिकसँग भनिन्। आइतबारको बैठकमा आफ्नो धारणा राखेर उनी बैठक बहिष्कार गरेको जानकारी गराउँदै हिँडेकी थिइन्। उक्त गठबन्धनमा पाँच सांसद भए पनि बैठकमा दुई जना मात्रै उपस्थित थिए।
सन्धि अनुमोदन र विधेयक पारित
सोमबारको बैठकले एसियाली विकास बैंकको विधान सम्झौतालाई अनुमोदन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले प्रस्ताव गरेको सम्झौतालाई सर्वसम्मतिले अनुमोदन गरेको हो।
सोही बैठकले मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक र बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकलाई पनि सर्वसम्मत पास गरेको छ। ६ वर्ष लामो प्रयासपछि शिक्षा (आठौं संशोधन) विधेयक प्रस्ताव गरिएको छ, त्यसमा सोमबारबाटै सैद्धान्तिक छलफल सुरु भएको छ।