संविधानका सय दिन : कार्यान्वयनमै अलमल
१३ पौष २०७२
•
८ मिनेट पाठ
संविधानका सय दिन : कार्यान्वयनमै अलमल
काठमाडौं- विरोध र अस्थिरताबीच जनता आफैँले लेखेको 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान' मंगलबार एक सय दिन पुगेको छ। यसबीच संविधानका सैद्धान्तिक पक्षलाई चुनौती दिँदै आएको मधेसी मोर्चाको माग सम्बोधन गर्न प्रमुख तीन दलले संशोधन प्रस्ताव टेबल गरेका छन्।संविधान जारी हुनु अघिदेखि नै आवश्यकता अनुसार संशोधन गर्ने बताउँदै आएका प्रमुख राजनीतिक दलले अघि बढाएको संशोधन प्रस्तावमाथि आन्दोलनरत मधेसी मोर्चाले भने असन्तुष्टि जनाएको छ। आफ्नो माग त्यसले सम्बोधन नगर्ने भन्दै मोर्चाले संसद बैठक अवरोध गरिरहेको छ।

संक्रमणकालीन व्यवस्थाअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको चुनाव भए पनि कार्यान्वयन गर्दा आफूलाई अनुकूल हुनेगरी व्याख्या हुन थालेको भन्दै यस क्षेत्रका विज्ञले समेत आलोचना गर्न थालेका छन्। संविधानले निर्धारण गरेका मूल्य र मान्यतालाई मन्त्रिपरिषद गठन हुँदाको समयमा उल्लंघन गरिएको उनीहरुको भनाइ छ।

संविधानले प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक गरी बढीमा २५ जना मात्रैको मन्त्रिपरिषद हुनुपर्ने भनी निर्धारण गरेको विषय उल्लंघन भएको जनाएका छन्।

संविधान कार्यान्वयनमा मधेसमा जारी आन्दोलनले 'सैद्धान्तिक' चुनौती दिएको छ भने सरकारको पक्षबाट पनि कार्यान्वयनका लागि आवश्यकता अनुसार पहल हुन सकेको छैन।

कानुन मन्त्रालयले भने संविधान कार्यान्वयनमा आवश्यक पर्ने दुई सय कानुन संशोधनका लागि कार्यदल बनाउनेबाहेक अन्य विषय टुंग्याएको छ। संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहितको नयाँ निर्वाचन भएपछि संविधान कार्यान्वयन सुरु भइसकेको दाबी गर्ने सरकारले आफूअनुकूल व्याख्या गर्न खोजेको देखिएको छ।

संविधान जारी हुनु अघिदेखि नै मधेसमा संविधानको विरोधमा आन्दोलन चलेको साढे चार महिना हुन लागेको छ। आन्दोलनरत दलले संशोधन मात्रै नभनेर संविधान पुनर्लेखनको मागसमेत उठाएका छन् तर प्रमुख तीन राजनीतिक दलले संशोधन प्रस्ताव अघि बढाएका छन्।

'संविधान कार्यान्वयनका लागि कानुन मन्त्रालयले कानुन संशोधनको विषयमा योजना सार्वजनिक गरे पनि अन्य काम हुन सकेको छैन,' संवैधानिक कानुनको ज्ञाता डा. विपिन अधिकारीले भने, 'कानुन मन्त्रालयले बनाएको आन्तरिक खपतका लागि मात्रै हो। यो मात्रै पर्याप्त होइन। कानुन, ऐनबारे सार्वजनिक बहस हुनुपर्छ।'

कानुन मन्त्रालयले केही तत्परता देखाए पनि अन्य क्षेत्रको काम अघि नबढेको अधिकारीको बुझाइ छ। 'कानुन मन्त्रालयले पहिलो, दोस्रो र तेस्रो चरणमा कुन–कुन कानुनलाई कसरी संशोधन गर्ने हो, त्यो विषय तय गर्नुपर्छ,' अधिकारीले भने।

संविधान कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन निर्माण गर्न कानुन मन्त्रालयले जस्तै शान्ति तथा पुनर्निर्माण, भौतिक पूर्वाधार तथा यातायात, स्थानीय विकास तथा संघीय मामिलालगायत मन्त्रालयले संविधान कार्यान्वयनको विषय अघि बढाउनुपर्नेमा त्यो हुन सकेको छैन।

संविधानले २०७४ माघ ८ गतेसम्मका लागि अहिलेको संसदको कार्यकाल निर्धारण गरेको छ। त्यस अवधिभित्रै प्रदेश सीमांकन, राजधानी निर्धारण, संघीय आयोग बनाएर देखिएका समस्या समाधान, स्थानीय निकाय निर्वाचन, दुई सयभन्दा बढी कानुन संशोधन, केन्द्र र राज्यबीच स्रोतको बाँडफाँट जस्ता अत्यावश्यक विषयमा छलफल सुरु हुन सकेको छैन।

'जनताले प्रत्यक्ष रूपमा लोकतन्त्रको अनुभव गर्ने विषयलाई सरकारले अघि बढाउनुपर्ने थियो तर त्यो हुन सकेन,' डा. अधिकारीको गुनासो छ।

२०४७ सालको संविधानको मस्यौदाकारसमेत रहेका एमाले नेता तथा सांसद भरतमोहन अधिकारी संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने जति पहल हुन नसकेको बताउँछन्।

उनले पछिल्लो समय नेकपा एमाले र नेपाली कांग्रेसबीच देखिन थालेको ध्रुवीकरण र सत्ताको खेलले संविधान कार्यान्वयनमा चुनौती देखिएको छ। '६ महिनाभित्र गठन गरिने भनिएको संघीय आयोगबारे अहिलेसम्म चर्चा भएको छैन,' अधिकारीले नागरिकसँग भने, 'पछिल्लो चरणमा एमाले र कांग्रेसबीच ध्रुवीकरण सुरु हुन खोज्दैछ, त्यसले सत्ताको राजनीति सुरु हुने र निर्धारण गरेको समयमा कुनै पनि काम नहुने सम्भावना देखिन्छ।'

अधिकारीका अनुसार एमाले र कांग्रेसका नेताबीच संविधान जारी गर्दाको समयमा जस्तै कार्यान्वयनमा सहमति आवश्यक छ। प्रधानमन्त्रीको नेतृत्वमा जनतालाई भावनात्मक रुपमा जोड्नका लागि 'राष्ट्रिय एकीकरण आयोग' गठन हुनपर्ने उनी बताउँछन्। 'मधेसी, महिला, जानजाति सबैतर्फको प्रतिनिधित्वमा हुने यस्तो आयोगले प्रत्येक वर्षको कार्ययोजना बनाउने थियो,' अधिकारीले भने, 'त्यसले सबै पक्षलाई भावनात्मक रूपमा एकताबद्ध बनाउने थियो।'

मधेस आन्दोलनका कारण उनीहरुको माग ढिलो–चाँडो सम्बोधन हुने भए पनि संविधानमा पर्याप्त विरोधाभाष रहेकाले त्यसको कार्यान्वयनसमेत चुनौतीमा आउन नसक्ने देखिन्छ।

'मधेस आन्दोलनको मागअनुसार संविधानमा ढिलो–चाँडो सम्बोधन होला, त्यसलाई बाहिरबाट दिँदै आएको चुनौती सकिएला,' अधिवक्ता दीपेन्द्र झाले नागरिकसँग भने, 'संविधानको विषयवस्तुभित्रै पर्याप्त मात्रामा विरोधाभाष छ। त्यसले गर्दा आगामी दिनमा कार्यान्वनको ठूलो समस्या देखिन्छ।' झाले समाधान गरेर अहिलेसम्म आक्रामक रूपमा कार्यान्वयनमा संविधानलाई लैजान नसक्नु दुर्भाग्यपूर्ण भएको बताए।

करिब आठ वर्ष लगाएर, अर्बौं रुपैयाँ खर्चेर निर्माण गरिएको संविधान कार्यान्वयनका लागि प्रमुख राजनीतिक शक्तिले तत्काल आक्रामक कार्ययोजना ल्याउनुपर्ने देखिन्छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस