काठमाडौं– भूकम्पको ८ महिनापछि प्रमुख कार्यकारी अधिकृत पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पूर्ण रुपमा काम थाल्न अझै केही दिन लाग्ने भएको छ ।
जनशक्ति, संरचनात्मक संरचनाको निर्माण, नियमावली र कार्यविधि पारित गर्नका लागि समय लाग्ने भन्दै भूकम्पको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम सुरु गर्न अझै समय लाग्ने जनाएको हो ।
शुक्रबारको मन्त्रिपरिषदले नियुक्त गरेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले सोमबार मात्रै पदभार ग्रहण गरेका छन् । सिइओ ज्ञवाली र सर्भे विभागका कार्यकारी निर्देशक मधुसुदर अधिकारी सचिव मात्रै छन् ।
सिंहदरबारस्थित कार्यालयमा मंगलबार राष्ट्रिय योजना आयोगबाट पुनर्निर्माण प्राधिकारणलाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै सिइओ ज्ञवालीले प्राधिरकणले काम सुरु गर्न अझै केही दिन लाग्ने बताएका छन् ।
'हिजो(सोमबार) मात्रै पदभार ग्रहण गरेको छु । कर्मचारीका रुपमा सचिव र कार्यकारी मात्रै छौं । भूकम्प पीडितहरु सिइओ बनेपछि तत्काल पुनर्निर्माणको काम तत्काल सुरु हुने र अहिलेको चिसोको अवस्थामा घर बनाइहल्ला भनेर दाजुभाइ दिदीबहिनीहरु बस्नुभएको छ,' ज्ञवालीले भने, 'त्यस्तो स्थितिमा तलसम्मको संरचना बनाउन सकिएको छैन र माथिको संरचनालाई पूर्णता दिन सकेको छैन । 'समितिमा निर्देशक समिति, परामर्श समिति पूर्णता दिन बाँकी नै छ ।
आवश्यकता अनुसार संगठन सरचनामा पूर्णता दिन नसक्दा निर्णय प्रक्रियामा जाँदा भाविष्यमा समस्या ल्याउने सम्भावना हुन्छ ।
प्राधिरकण सञ्चालनका लागि सात वटा कार्यविधि र एउटा नियमावली आवश्यक छ । नियमावली र कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत गरेपछि मात्रै कार्यान्वयनमा आउन सक्छन् ।
'निर्णय प्रक्रियामा जाँदा एक प्रकारको ग्याप हुन्छ । यसलाई पूर्णता दिन एक्सरसाइज जारी राखेका छौं । चाँडै नै यसलाई पूर्णता दिने काम हुनेछ । तर पूर्णता भएको भन्दै भनेर पर्खिएर बस्ने अवस्था अहिले छैन,' उनले भने, 'युद्धस्तरमा कामलाई अघि बढाउनु आवश्यक छ ।'
प्राधिरकण संरचना, जनशक्ति व्यवस्थापन, मोडालिटी केन्द्रका साथसाथै जिल्ला तह र स्थानीय तहमा गाउँगाउँमा चाहिने संरचनाबारे भने सरकारले निर्णय गरिसकेको छ ।
सरकार व्यवस्थापनका कमजोरीको कारण सरकारले भूकम्प पीडितका लागि जाडोमा न्यानो कपडा किन्ने भन्दै वितरण गर्ने भएको १० हजार रुपैयाँसमेत पाउन सकेका छैनन् ।
ज्ञवालीले यस विषयमा गृह, स्थानीय विकास, सहरी विकासका सचिवहरुसँग मंगलबार बिहान मात्रै राहत वितरणबारे छलफल भएको बताए । 'आगामी साताभित्रका केही व्यवस्था पीडितकोमा पुग्नेछ । एक साताभित्र ९० प्रतिशत पीडितको न्यानो कपडाका लागि पैसा पु¥याउन सकिने कुरा आएको छ,' ज्ञवालीले भने, 'गाविस सचिव नभएको अवस्थाले समेत समस्या परेको छ । इन्धनका कारण ढुवानीमा समस्या छ ।'
उनले पीडित जनताको दुःखप्रति संवेदनशील रहेको बताउँदै युद्धस्तरमा काम अघि बढाउने बताए । 'पुनर्निर्माण कार्यका लागि माघ २ गते भूकम्प दिवसका दिन साताव्यापी कार्यक्रमबाट सुरु हुनेछ,' ज्ञवालीले भने, 'त्यस विषयमा निर्णय हुन बाँकी छ तर पनि हामी त्यसको तयारीमा छौं । सरकारसँग बसेर छलफल गरेर चाँडै कार्यक्रम तय गर्नेछौं ।'