'जनसंख्याले मात्र सीमांकन हुँदैन'
१४ पौष २०७२
•
८ मिनेट पाठ
'जनसंख्याले मात्र सीमांकन हुँदैन'
काठमाडौं-छिमेकी मुलुक भारतको दबाबकै भरमा जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण गर्न नहुने सांसदहरुले माग गरेका छन् । संविधान संशोधन विधेयक– २०७२ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै मंगलबार संसद बैठकमा उनीहरुले यस्तो धारणा अघि सारेका हुन् ।

संविधान जारी भएको सय दिन मात्र पुगेको छ, संविधान संशोधन तयारी अघि बढिसकेको छ ।

तराई–मधेस केन्द्रित दलको नाराबाजी र अवरोधबीच सोमबारबाट संविधान संशोधन विधेयकमा सैद्धान्तिक छलफल जारी छ । 'जनसंख्याका आधारमा मात्रै निर्वाचन क्षेत्र निर्धारण गर्नु हुँदैन, संविधान संशोधनमा भारतको दबाब अस्वीकार गर्न सक्नुपर्छ,' सांसद मीना पुनले भनिन् । उनले भूगोललाई पनि उत्तिकै महŒव दिएर निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने तर्क गरिन् ।

सांसद डिल्ली काफ्लेले जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण गर्दा १८ जिल्ला निर्वाचन क्षेत्रविहीन हुने अवस्था आउने धारणा राखे ।

'जनसंख्याका आधारमा मात्रै निर्वाचन क्षेत्र निर्धारण गर्दा पहाड र हिमालका कयौं भाग छुट्छन्,' काफ्लेले भने ।

तराईमधेस केन्द्रित दलले जनसंख्यालाई मात्रै आधार मान्नुपर्ने जोड गरेकामा अर्का सांसद रामहरि खतिवडाले पनि आपत्ति जनाए । 'सबै कुरा सबैलाई चित्त बुझ्दैन तर ८९ प्रतिशत सांसदको हस्ताक्षर रहेको संविधान असमावेशी र अपूर्ण छ भन्न पाइँदैन,' खतिवडाले भने, 'बराबरी अधिकार भएको संविधान जारी गरेका छौं ? ३ सय ७ धारामध्ये कुन धाराले मधेसीलाई अन्याय ग¥यो, जवाफ दिन सक्नुपर्छ ।'

छलफल र बहसबाट टुंगिने विषयलाई पनि संसद र नाकामा धर्ना दिएर जनतालाई कष्ट दिने काम मधेसकेन्द्रित दलले गरेको उनले आरोप लगाए ।

भारतमा समेत जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण नभएको आधार प्रस्तुत गर्दै मंगलबार बोल्ने सांसदले भूगोल र जनसंख्या दुवैलाई मान्यता दिइनुपर्नेमा जोड गरे । भारतको लक्ष्यद्विप प्रदेश ४९ हजार र २९ लाख मतदाता भएको भारतकै आन्द्र प्रदेशको मल्कानगिरीमा पनि १ सिट कायमै गरिएको उदाहरण उनीहरुले पेस गरे ।

'भारतमा पनि ५० हजारदेखि ३०–३४ लाख जनसंख्या भएको निर्वाचन क्षेत्र पनि छन्,' सांसद कृष्णभक्त पोखरेलले भने, 'यहाँ मात्रै जनसंख्यालाई आधार बनाउनुपर्छ भन्ने केही छ र ?' उनका अनुसार भूगोललाई पनि उत्तिकै महŒव दिएर निर्वाचन क्षेत्र निर्धारण जरुरी छ ।

सांसद रेवतीरमण भण्डारीले सुनसरी र मोरङका स्थानीय थारू र मधेसी जनता स्वयं २ नम्बर प्रदेशमा आउन नचाहेको दाबी गरे । 'म त्यस क्षेत्रको जनप्रतिनिधि, त्यहाँका थारू र मधेसी जनता पनि २ नम्बर प्रदेशमा आउन चाहेका छैनन्, जबर्जस्ती ल्याउनुपर्छ भन्ने ? त्यहाँको जनताको भावना बुझ्नुपर्दैन ?' भण्डारीको प्रश्न छ ।

मधेस केन्द्रित दलले संविधानमा हस्ताक्षर गर्ने सांसदलाई गृहजिल्लामा अवरोध गरेर गैरराजनीतिक संस्कार देखाएको आरोप सांसद रन्जुकुमारी झाले लगाइन् ।

'आन्दोलनका नाउँमा आफ्नै जिल्ला जान रोक लगाएको छ, आज आफ्नै जिल्ला जान वञ्चित भएका छौं,' झाले भनिन्, 'संविधानको जुनसुकै धारामा परिवर्तन र छलफल गर्न खुकुलो बनाइएको हुदाँहुदै पनि आन्दोलन गरेर कष्ट दिने काम गरिएको छ ।' झाले विश्वकै उत्कृष्ट संविधानमध्ये नेपालको संविधान रहेको दाबी गर्दै असहमतिका विषयमा छलफल चलाउँदै जानुपर्नेमा जोड गरेकी छन् ।

अर्का सांसद प्रकाशशरण महतले सत्तारुढ दलले राजनीतिक समितिमार्फत सीमांकन टुंग्याउन तयार भइसकेको अवस्थामा मधेसकेन्द्रित दलले आन्दोलनको स्वरुप बदल्न जोड गरेका छन् । 'अब संविधान संशोधन विधेयक अनुमोदन गराउन सहयोग गर्नुहोस्, सीमांकनलाई राजनीतिक सहमतिका आधारमा टुंग्याऔं,' महतले भने ।

संसद र नाकामा धर्ना दिएरभन्दा पनि संवाद र छलफल गरेर अघि बढनुपर्ने महतले जोड गरे । बैठक बिहीबार बस्ने गरी स्थगित भएको छ ।

नाकाबन्दीमा पुनर्विचार गर्न सक्छौं ः ठाकुर

काठमाडौं, पुस १४ (नागरिक)– आन्दोलनरत मधेसी मोर्चाको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नाकाबन्दीलगायत आन्दोलनका कार्यक्रमबारे पुनर्विचार गर्न सकिने जनाएका छन् ।

रिपोर्टर्स क्लबले सहमतिका लागि अघि सारेका सुझाव बुझ्दै अध्यक्ष ठाकुरले पुस १९ बाट आन्दोलनका कार्यक्रममा पुनर्विचार गर्ने जानकारी दिए ।

'पुस १९ गतेसम्म हामीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छौं, त्यहाँसम्म घोषित कार्यक्रम जारी रहन्छ,' ठाकुरले बिजुलीबजारस्थित तमलोपा कार्यालयमा सुझाव ग्रहण गर्दै भने, 'त्यसपछि नाकाबन्दीलगायत आन्दोलनका कार्यक्रममा पुनर्विचार गर्नेछौं ।'

संविधान संशोधन विधेयकलाई संसदमा प्रस्तुत गरेको भन्दै मोर्चाले त्यसविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रमुख दलले अघि सारेको तीन महिनाभित्र सीमांकन विवाद टुंग्याउने प्रस्ताव विश्वासिलो नभएको ठाकुरको भनाइ छ ।

'तीन महिनाभित्र सीमांकन विवाद टुंग्याउने प्रस्ताव आपत्तिजनक त होइन तर त्यसको विश्वासिलो आधार भने छैन,' ठाकुरले भने, 'विश्वासिलो आधार भए त्यसमा आपत्ति छैन ।'

उनका अनुसार प्रमुख दलले सीमांकन विवाद मिलाउने विश्वासिलो आधार नभएकाले मात्रै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आपत्ति जनाएको हो ।

नयाँ संविधानप्रति विमति जनाउँदै आएको मधेसी मोर्चा सीमांकन विवाद मिलाउनुपर्ने जोड गर्दै चार महिनादेखि आन्दोलनमा छ । सोही माग सम्बोधन गर्न सरकारले पेस गरेको संशोधन विधेयकमा भने उनीहरुले आपत्ति जनाउँदै आएका छन् ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस