प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय नेपालमा नियोजित रुपमै लाञ्छना लगाउने क्रम बढेकोले निष्पक्ष पत्रकारिता आवश्यक रहेको बताएका छन्।
शुक्रबारबाट हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउनसक्ने बताएका हुन्। ‘पत्रकारले राजनीतिक स्थायित्वको बिषयमा लेख्नु आवश्यक छ’, देउवाले भने, ‘परिवर्तनका लागि भएको नेपालको महत्वपूर्ण आन्दोलनमा प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।’ मुलुकलाई अप्ठेरो परेको समयमा मिडियाले दरिलो भूमिका निर्वाह गरेको उनको भनाई छ।
भूकम्प तथा कोरोनाको समयमा पनि सन्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गरे। सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास एवम् लोकतन्त्रलाई बलियो बनाउने दोहोर्याउँदै उनले स्वच्छ पत्रकारिता गर्न अनुरोध गरे। नेपाल प्रेस युनियन आम पत्रकारको मार्गदर्शक बन्न सकोस् भन्ने उनको शुभकामना थियो। निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन हुन लागेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले भने, ‘चुनावको तयारीमा छौं। निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन पत्रकारहरुमा अनुरोध गर्दछु।’
चुनाव खर्चिलो भयो, भ्रष्टाचार बढ्यो: पौडेल
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको चुनावी प्रक्रिया निकै खर्चिलो भएको बताए। खर्चिलो चुनावकै कारण मुलुकमा भ्रष्टाचार बढेको उनको दावी थियो। ‘चुनाव लड्ने बेलामै खर्च गरेको हुन्छ। खर्च उठाउन पनि भ्रष्टाचार भैरहेको छ’, पौडेलले भने, ‘देशका लागि योगदान दिनेहरु छायाँमा परे।’ खर्चिलो चुनाव प्रक्रियाको बिरुवा जनमत निर्माण गर्ने गरी कलम चलाउन उनले सञ्चारकर्मीहरुलाई आग्रह समेत गरे। सरकारले किसान र मजदुरप्रति जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले सहजै मल र बीउ पाउने अवस्था निर्माण गर्नुपर्ने धारणा राखे। कांग्रेस राष्ट्रियताको मामलामा सधैं दृढ रहेको दावी गर्दै नेता पौडेलले चुनावको बेलामा फेरि राष्ट्रियताको मुद्दा उठ्नसक्ने बताए।
मुलुक श्रीलङ्काको बाटोमा जाँदैन: मन्त्री कार्की
सूचना तथा सन्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर केही तत्वले अफवाह फैलाएको बताएका छन्। यस बिषयलाई मिडियाले चिर्नुपर्ने र यथार्थ बिषय जनतालाई दिनुपर्ने उनको सुझाव दिए। ‘अर्थतन्त्रमा केही समस्या छन् तर अफवाह फैलाइए जस्तो नेपाल श्रीलंकाको पथमा जाँदैन’, कार्कीले भने, ‘नेपाल चाँडै सबल अर्थतन्त्र भएको मुलुकमा दर्ज हुनेछ।’ एमसीसी पारित् गरेपछि सहयोग र अनुदानको ढोका खुलेको उनको दावी थियो। युनियनको महाधिवेशनको शुभकामना दिँदै उनले सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए। बोल्न र लेख्न पाउने अधिकार कांग्रेस नेतृत्वको सरकारले कहिल्यै नखोस्ने उनको भनाई थियो।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा भएको महाधिवेशनको उद्घाटनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मुद्दा मिल्ने पार्टीसंग अबको निर्वाचनमा तालमेल र गठबन्धन हुने बताए। यस्तै अर्का उपसभापति धनराज गुरुङले मुलुक टाट पल्टिने अवस्थामा पुगेको हो भने पूर्व भीआइपीहरुको सुरक्षा कटौती र स्वदेशी सामग्रीको प्रयोग गर्नुपर्ने धारणा राखे। कार्यक्रममा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित कांग्रेसका केन्द्रीय नेताहरुले शुभकामना व्यक्त गरेका थिए। शनिबारसम्म चल्ने महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ। नेतृत्वका लागि अनिता विन्दु र शिव लम्साल प्यालनसहित चुनावी मैदानमा होमिएका छन्। विन्दु शेरबहादुर देउवा पक्षधर हुन् भने लम्साल इतर पक्षका हुन्।