काठमाडौं– नेपालका लागि भारतीय राजदूत रणजीत रायले हाल देखिएको मधेश आन्दोलनको समस्या समाधानका लागि 'ब्रोड फेमवर्क' बनिसकेको भन्दै सहमतिका लागि गाह्रो नहुने बताएका छन्।रिपोटर्स क्लब नेपालले नेपाल–भारतबीच सम्बन्ध सुधारको माग गर्दै भारतीय दुतावासलाई बुझाएको ज्ञापन पत्र ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजदूत रायले सरकार, विपक्षी र आन्दोलनरत पक्षबीच भैरहेको सहमतिका प्रयासलाई दिल्लीले सहयोग गरिरहेको बताएका हुन्। 'समाधानको विषयम ब्रोड फ्रेमवर्क बनिसकेको छ। त्यसलै अब धेरै गाह्रो हुन्न,' राजदूत रायले भने, 'सरकार, विपक्षी दल र आन्दोलनकारी भैरहेको सहमतिको प्रयासलाई हाम्रो पनि सहयोग रहेको छ।'
अहिले देखिएको समस्या राजनीतिक भएको भन्दै राजदूत रायले समस्याको समाधान वार्ताबाटै गर्नुपर्ने बताए । नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मधेशबादी दलहरुले गर्दै आएको आन्दोलनलाई भारतले समर्थन गर्दै आएको छ र नेपालविरुद्ध अघोषित नाकाबन्दी लगाएको छ। भारतीय हस्ताक्षेपको कारण नेपालमा भारत विरोधी भावना निकै बढेको छ।
'नेपालमा भारतविरोधी भावना निकै बढेको छ। त्यस भारत र नेपाल दुवैको हितमा छैन। यसलाई हामीलाई पनि चिन्तित बनाएको छ,' राजदूत रायले भने, 'नेपालको विकासमा भारतका कुनै न कुनै प्रकारको योगदान चाहिन्छ।' उनले जलविद्युत विकासमा सहकार्यको संभावना बारेमा चर्चा गरे।
नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन समाधान हुने भन्दै राजदूत रायले तर दुवै देशबीच आगामी दिनमा सम्बन्ध कस्तो हुने भनेर गम्भीर छलफल गर्ने समय आएको बताए।
'नेपाल–भातरबीचको सम्बन्धको बारेमा शान्त र ठण्डा दिमागमा विचार गर्नुपर्ने पर्ने बेला आइसकेको छ,' उनले भने, 'अब कस्तो सम्बन्ध राख्ने भन्ने विषयमा श्रृङ्खलावद्ध रुपमा छलफल आवश्यक छ।'