काठमाडौं–मधेसी मोर्चा आबद्ध दलको विरोधकाबीच व्यवस्थापिका संसदमा संविधान संशोधान विधेयकमाथिको सैद्धान्तिक छलफल जारी छ। बिहीबार बसेको व्यवस्थापिका संसद बैठकमा सभामुख ओनसरी घर्तीले नेपालको सविधान पहिलो संशोधन विधेयक २०७२ माथि विचार गरियोस भन्ने प्रस्ताव गरेकी थिइन्।सभामुखले संशोधन विधेयकमाथिको छलफल अगाडि बढाउने वित्तिकै मधेसी मोर्चा आबद्ध दलका सांसदले नाराबाजी सुरु गरेका थिए। उनीहरुले मधेसको माग सम्बोधन हुनुपर्नेलगायतमा माग राख्दै विगतदेखिनै संसदमा नाराबाजी गर्दै आएका छन्।
नाराबाजीकाबीच संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ। छलफलमा विभिन्न दलका सांसदले भाग लिएका छन्। तीन दिनदेखि संविधान संशोधन विधेयकमाथिको छलफल जारी छ। आजको बैठकमा भाग लिन सांसदहरुले धेरै सांसदहरुले नाम लेखाएका छन्।