काठमाडौं- संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल चलिरहँदा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदबीच आरोप–प्रत्यारोप भएको छ। नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले तत्कालीन अवस्थामा समावेशी र समानुपातिकसहित जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्न एमाले नमान्दा समस्या आएको बताएपछि आरोप–प्रत्यारोप सुरु भएको हो।
'संविधान जारी गर्नुपूर्व प्रधानमन्त्री सुशील कोइराला, केपी ओली र प्रचण्डबीच संविधान संशोधन गर्ने कुरा भएको थियो तर त्यो बेला गरिएन, त्यसैले अहिले समस्या आयो,' ढुंगानाले भने। ढुंगानाले विगतको सहमतिअनुसार अघि बढ्न एमाले अध्यक्ष ओलीले अस्वीकार गरेकाले समस्या देखा परेको आरोप लगाउनेबित्तिकै एमाले सांसद प्रतिवादमा उत्रेका थिए।
एमाले सांसद यज्ञराज सुनुवारले प्रमुख दलको प्रतिबद्धताअनुसार संशोधन प्रस्ताव आएको तर एक–अर्कालाई खुइल्याउने काम भएको भन्दै आपत्ति जनाए। 'आज कांग्रेसका केही साथीले एमालेको अवरोध भनेर जस लिन खोज्नु आपत्तिजनक छ, यो सबैको साझा समस्या हो, मिलेर समाधान गर्नुपर्छ।' उनले एमालेका कारण मात्रै समस्या आएको देखाउने कांग्रेस नेताको अभिव्यक्तिको आलोचना गरे।
'यहाँ संविधान संशोधन मैले मात्रै ल्याएको हो भनियो, यो आपत्तिजनक हो, यो १६ बुँदे सहमति गर्ने सबै दलको साझा एजेन्डा हो,' सांसद अम्बिका राजवंशीले भनिन्, 'यो हामी सबैले ल्याएको हो भन्नुपर्छ।' संविधान जथाभावी संशोधन गर्न नहुने भन्दै उनले महिला राष्ट्रपति हुँदासमेत तराईमा खुसी मनाउन नदिएको प्रति आपत्ति जनाइन्।
सांसद लालबाबु यादवले विश्वमै ९० प्रतिशतले अनुमोदन गरेको संविधानलाई अस्विकार गर्ने मधेसकेन्द्रित दलको कार्य लोकतान्त्रिक नभएको बताए। '१ सय १६ सिटमध्ये १ सय ४ सिट जित्ने पार्टीका प्रतिनिधिलाई मधेसमा छिर्न दिइएको छैन तर १२ सिट जित्नेलाई यहाँ मज्जाले नाराबाजी गर्न दिइएको छ,' यादवले भने, 'लोकतन्त्रमा बहुमतको कदर हुन्छ तर यहाँ त्यस्तो गरिएन, आफ्नो कुरा जनतालाई भन्न छेकवार गरियो।' उनले बिहार र बंगालमा भोकमरी हुँदा नेपालले सहयोग गरेको स्मरण गराउँदै भारतीय नाकाबन्दीको विरोध गरे।
मधेसी मोर्चाले तराईमा जारी राखेको आन्दोलनको कुनै तुक नभएको भन्दै सांसद अमरबहादुर थापाले मोर्चालाई वार्तामा आउन आग्रह गरे। 'राजीव गान्धीको तराईलाई भारतमा मिसाउने योजनाअन्तर्गत यो आन्दोलन त भइरहेको छैन भन्ने आंशका उब्जिएको छ,' थापाले भने, 'संविधानको कुन धाराले मधेसीलाई अन्याय गर्योम, त्योचाहिँ नभन्ने, एकोहोरो भ्रम छरेर आन्दोलन मात्रै गर्ने? यो कुन तरिका हो?' मधेसमा भन्दा पहाडमा दुःख धेरै भएको स्मरण गर्न थापाले मोर्चाका नेतालाई आग्रह गरे।
सांसद रामहरि सुवेदीले मधेसमा जारी आन्दोलनको कुनै तुक र औचित्य नभएको भन्दै बाह्य शक्तिको इच्छाअनुसार आन्दोलन चलाइएको आरोप लगाए। 'बाह्य शक्तिको इच्छाअनुसार मधेसमा भ्रम छरेर आन्दोलन चलाइएको छ, त्यसको कुनै औचित्य छैन, यो आन्दोलन मुद्दाविहीन र एजेन्डाविहीन छ,' उनले भने, 'त्यसैले यो संविधान संशोधन गर्न कुनै जरुरी थिएन तर उहाँहरुको नाक जोगाइदिन मात्रै मानिदिएका हौं।' संविधानले तराई, पहाड, हिमालका धेरैजसो क्षेत्रको माग सम्बोधन भइसकेको उनको तर्क छ।
समावेशी र समानुपातिकका मुद्दा तत्कालीन अवस्थामा स्वीकार नगरे पनि विद्येयकले त्यसलाई सम्बोधन गरेको भन्दै पास गर्न सांसद अमनलाल मोदीले आग्रह गरे। 'हिजोको दिनमा प्रावधिक कारण छुटेको समावेशी र समानुपातिकको विषयलाई संविधान संशोधनको प्रस्तावले सम्बोधन गरेको छ,' मोदीले भने, 'अब सीमांकनको विवाद राजनीतिक सहमतिका आधारमा हल गर्नेतर्फ लाग्यौं।'
जनसंख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा दुईमत राख्न नहुने भन्दै सांसद रामनारायण बिडारीले जनसंख्यालाई मात्रै आधार बनाउनुपर्ने मागमा आपत्ति जनाएका छन्। 'विश्वभरिकै अभ्यास के हो भने भूगोल र जनसंख्यालाई आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गरिन्छ,' बिडारीले भने, 'हालको ७५ जिल्लामा नघट्ने गरी बाँकीको हकमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्ने कार्य जायज छ।' संविधानको कुनचाहिँ धाराले मधेसका महिला, दलित, अल्पसंख्यकलाई मूलधारमा आउन रोक्यो? त्यसको जवाफ मोर्चाको नेताले दिनुपर्ने उनको भनाइ थियो।
संविधान जारी भएपछि मधेसमा भएको आन्दोलनले मुलुक बर्बादीतिर पुगेको भन्दै शिवचन्द्र चौधरीले तत्काल निकास दिनुपर्नेमा जोड दिए। 'कति दिन आन्दोलन गर्ने, देश अद्योगतितिर गइसक्यो, सबैले जिम्मेवार हुन जरुरी छ,' उनले भने।
संविधान कार्यान्वयन नगरी संशोधनमा जानु पर्दा पीडाबोध भएको सांसद बुद्धिराज भण्डारीले बताए। 'संविधान कार्यान्वयन नै भएको छैन, त्यसको संशोधनका लागि बहस गर्नुपरेको छ, यो पीडादायी क्षण हो,' उनले भने।
नागेन्द्र कुमालले अन्य समुदायलाई पनि आरक्षण दिएको भन्दै आपत्ति जनाएका छन्। 'आरक्षण जसलाई दिनुपर्ने हो, त्यसलाई दिइएको छैन, दबाब र आन्दोलनको भरमा आरक्षण दिने काम गलत छ,' उनले भने।
भारतीय दबाबको भरमा संविधान संशोधन गरिएको जिकिर गर्दै सांसद अनुराधा थापाले संशोधन प्रस्ताव फिर्ता लिन माग गरिन्। 'भारतको दबाबमा जसरी संशोधन प्रस्ताव गरिएको छ, यो ठीक छैन,' थापाले भनिन्, 'त्यसैले नेमकिपा यो संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दछ।'
मधेसकेन्द्रित दलको नाराबाजीबीच संसदमा संविधान संशोधन विधेयकमाथि छलफल भइरहेको छ। सो विधेयकको सैद्धान्तिक छलफलमा भाग लिन नाम टिपाउने सांसदको संख्या बढी भएकाले निरन्तरता दिने सभामुख ओनसरी घर्तीमगरले जनाएकी छन्। सांसदहरू बोल्ने क्रम जारी रहेको जनाउँदै बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ।