विकासमा हातेमालो गर्दै साम्पाङ
०८ साउन २०७९
•
८ मिनेट पाठ
विकासमा हातेमालो गर्दै साम्पाङ
शुक्रबार साँझ ५ बजे धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर चोकमा दौरासुरुवाल र ढाकाटोपी लगाएर पुगेका मेयर हर्क साम्पाङ राई मानिसहरूबाट घेरिए। उनीसँगै लागुऔषधविरुद्धको प्लेकार्ड बोकेर उभिनेमा विराटनगर–१ मोरङका ८० वर्षीय गोविन्द ढुंगाना पनि थिए। उनी मेयर साम्पाङलाई भेट्न र उनका बारेमा रचिएको कविता सुनाउन धरान आएका थिए। ‘शुभेच्छा’ शीर्षकको कविता ढुंगानाले सुनाउँदा विजयपुर चोक तालीको गडगडाहटले गुन्जियो। उनको कविताको एउटा अंश थियो, ‘बाधा पार्छन् कठिन पथमा व्यर्थ केही पराई, फाँडी झाडी अघि बढ सधैं हर्क साम्पाङ राई।’




गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार बनेर जितेसँगै सुरु भएको साम्पाङको चर्चा अझै सेलाएको छैन। बरु चर्चा यति चुलिएको छ कि धरानबाहिर विभिन्न ठाउँबाट उनलाई भेट्न युवा, वृद्धवृद्धा आइरहेका छन्। उनले सुरु गरेको विकासको अभियान र सामाजिक जनचेतना जगाउने अभियानमा धरानबाहिरबाट पनि उत्तिकै साथ, समर्थन भइरहेको छ।  

अहिले धरानको चर्चा चल्नु स्वतन्त्र उम्मेदवार साम्पाङको जितले मात्र होइन, उनले अघि सारेको अभियान र विकासको मोडलका कारण पनि हो। सरकारी लगानीबिना जनताको श्रमदानमा सानो आकारको विकासे काम अघि बढाउन उनी आफैं फिल्डमा उत्रिएका छन्। शनिबार र अन्य सार्वजनिक बिदाको दिन साम्पाङ बिहानैदेखि विकासको काममा जनतासँगै हुन्छन्। उनी आफैं ढुंगा बोक्छन्, सिमेन्टको बोरा उचाल्छन्। गैंती र बेल्चाले खन्छन् पनि। यसरी नै उनले पकुवा खोलाको पानी धरान–११ र १७ का बासिन्दालाई खुवाउन थालिसकेका छन्। अहिले निसाने, सर्दु र खर्दु खोलाको पानी संकलन गर्न श्रमदानको अभियान सुरु भइसकेको छ। त्यहाँ पनि उनी बिदाको दिन श्रम गर्न पुग्छन्।

मेयर कुर्सीमा बसेर निर्देशन मात्र दिएको देख्ने धराने जनता साम्पाङको कार्यशैलीबाट प्रसन्न छन्। नीतिनिर्माण गर्नुपर्ने, प्रशासनिक काममा ध्यान दिनुपर्ने र निर्देशन दिएर मातहतको कर्मचारी खटाउनुपर्ने मेयर साम्पाङ आफंै ढुंगा बोक्न कुदिहिँडेको भन्दै राजनीतिक दलका नेता, कार्यकर्ताहरूबाट आलोचना भए पनि उनको गति रोकिएको छैन। धराने जनताको साथ झन् बढ्दै गइरहेको छ। मेयर साम्पाङ भन्छन्, ‘विकासमा जनतालाई सहभागी गराउँदै अघि बढ्छौं। धरानको दिगो विकास यसरी नै सम्भव छ। जनतालाई बाइपास गरेर विकास सम्भव छैन।’

शनिबार निसाने खोलामा श्रमदान गर्न र आर्थिक सहायत दिन एक हजारभन्दा बढी धराने जनता उर्लिए। त्यहाँ इन्टेक निर्माण भइरहेको छ। त्यहाँ अढाइ लाख लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण गर्ने योजना पनि छ। सोही योजनाका लागि मेयर साम्पाङले धरानका भूपू सैनिकहरूलाई शनिबार निसाने खोलाको बगरमा आउन आह्वान गरेका थिए। शनिबार दिउँसो भूपू सैनिक, भूपू परिवारसँगै हजारभन्दा बढी जनता निसानेमा पुगेका थिए। त्यसअघि बिहानै ७ बजे पकुवा खोलाको मुहान क्षेत्रमा पनि वृक्षरोपणका लागि सयौं मानिस उनीसँगै पुगे। पकुवाको मुहानको पाइप सुधारका काममा पनि उनी जुटेका थिए।

निसाने खोलामा भइरहेको काम हेर्न पुगेका भूपू बेलायती सैनिक ८४ वर्षीय लालबहादुर लुङ्फुङ्वा  

लिम्बूले भने, ‘मेयर हर्क साम्पाङको विकास हेर्न आएको। उहाँले भूपूहरूलाई बोलाउनुभएको थियो। यस्तो काम पहिला नै हुनुपथ्य्रो। अहिले सुरु भएको छ, एकदम राम्रो छ। सबैले सहयोग गर्नुपर्छ।’

धरान–१८ स्थित डिपोट स्कुलका प्रिन्सिपल राजकुमार राईले पनि जनश्रमदानमा धराने जनताको जोस र जाँगर देखेर आफूलाई धेरै खुसी लागेको बताए। ‘उत्साहवद्र्धक जनसहभागिता छ, यसलाई स्थानीय सरकारले राम्रोसँग सदुपयोग गर्न सक्यो भने विकासका आधारहरू खडा हुन्छ भन्ने लागेको छ,’ उनले भने।  

केके गर्दैछन् साम्पाङ?

खानेपानीको प्रमुख अजेन्डा लिएर मेयर जितेका साम्पाङ कार्यभार सम्हालेदेखि नै खानेपानीमा बढी केन्द्रित छन्। उनले धरान–२० मा पर्ने पकुवा खोलामा जनश्रमदान र देशविदेशबाट प्राप्त आर्थिक सहयोगबाट पानी ल्याइसकेका छन्। अहिले निसाने खोलामा अढाइ लाख लिटर क्षमताको ट्यांकी बनाउन उनी जुटेका छन्। त्यहाँ पनि श्रमदान गर्न, आर्थिक सहयोग दिन देशविदेशबाट उनले साथ पाइराखेका छन्।

निसाने दोभानभन्दा केही माथि सर्दु खोलाबाट नमुना लघु जलविद्युत् उत्पादनको काम पनि सुरु भएको छ। धरान–८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका सिभिल इन्जिनियर विभागीय प्रमुख प्रभात देव र चौथो वर्षका विद्यार्थीहरू यो काममा जुटेका छन्। धरानमा पनि बिजुली उत्पादन गर्न सकिन्छ भन्ने देखाउन र इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूलाई आफ्नो ज्ञान उपयोग गर्ने मेयर साम्पाङले उक्त योजना अगाडि बढाएका हुन्।  

क्याम्पसका विभागीय प्रमुख देवका अनुसार सर्दुबाट ५०/६० वटा सिएफएल चिम बाल्न सकिने गरी बिजुली उत्पादन गर्न सकिने अध्ययनबाट देखिएको छ। ‘मेयर साबले सानो आकारमा बिजुली निकाल्न सकिन्छ भनेर देखाउन खोज्नुभएको छ, हाम्रा विद्यार्थीले पनि व्यावहारिक ज्ञान हासिल गरिरहेका छन्। यो ज्यादै राम्रो पक्ष हो,’ उनले भने, ‘भविष्यमा कोसीको पानी ल्याउँदा यहाँ अलि ठुलो मात्रामा बिजुली उत्पादन गर्ने योजना मेयर साबको छ।’

मेयर साम्पाङ यतिमा मात्र रोकिएका छैनन्, उनले खर्दु खोलामा थप तीनवटा इन्टेक थपेर पानीको आपूर्ति बढाउन लागेका छन्। त्यसका लागि अध्ययन पनि भइसकेको छ। उनी हरेक शनिबार बिहान ७ बजे वृक्षरोपण गर्न जान्छन्। त्यसबेला पनि सयौं धराने जनता, संघसंस्थाले साथ दिइरहेका छन्। शनिबार दिउँसो पनि उनी फुर्सदमा बस्दैनन्, श्रमदान गर्न पुग्छन्। हरेक शुक्रबार उनी राष्ट्रिय पोसाक दौरासुरुवाल र ढाकाटोपीमा कार्यालय जान्छन्। विद्यालय र कार्यालयमा आफ्नो जातीय मौलिक संस्कृति झल्कने पोसाक लगाउन प्रेरित गर्ने उनको प्रस्ताव कार्यपालिका बैठकबाट पारित भइसकेको छ। त्यसैलाई कार्यान्वयन गर्न उनी हरेक शुक्रबार दौरासुरुवाल लगाउँछन्।  

हरेक शुक्रबार ५ बजे उनी फरकफरक ठाउँमा प्लेकार्डसहित लागुऔषधविरुद्धको अभियानमा उभिन्छन्। सहभागीहरूबाट त्यहाँ गीत, कविता पनि गुन्जिन्छन्। धरानलाई सफा, स्वच्छ बनाउने उनको अभियानमा देशविदेशबाट डस्टबिन सहयोग आइरहेका छन्।

श्रमदानमा वडाध्यक्षहरू अनुपस्थित  

मेयर साम्पाङको जनश्रमदानबाट विकास गर्ने कार्यशैलीबाट जनता मात्र होइन, केही राजनीतिक नेतृत्व र जनप्रतिनिधि पनि प्रभावित छन्। शनिबार उपमेयर अइन्द्रविक्रम बेघा पनि निसाने खोलामा श्रमदान गर्न पुगे। उनले श्रमदानको महाभियान धरानबाट सुरु भएको अनुभूति भइरहेको प्रतिक्रिया दिए।

‘श्रमदानको महाभियान सुरु भएको अनुभूति भइरहेको छ। यति धेरै आमाबुबा, दाजुभाइ उपस्थित हुनुहुन्छ कि यसले देशैभरि सन्देश दिइरहेको छ,’ उपमेयर बेघाले भने, ‘यसले सबैको भावना जोडेको छ, मनमुटु जोडेको छ। बुढा पनि हुनुहुन्छ, भर्खरका पनि हुनुहुन्छ। धनीदेखि गरिबसम्म सबै वर्ग र समुदायको सहभागिता छ। यसले श्रमप्रति सम्मान जगाएको छ। यसबाट नागरिकमा श्रम र विकासप्रति ठुलो उत्साह, भावना जागेको छ। अब ठुलो फड्को मार्छ धरानले।’

श्रमदानको अभियानले मान्छेमा भएको निराशा, कुण्ठा, आक्रोशलाई जितेर विकासप्रति उत्साह, उल्लास र प्रेमभाव जागेको उपमेयर बेघाले बताए। ‘धरानको सरकारप्रति पनि आस्था जागेको देख्छु, हिजो धरान सरकारप्रति जुन नकरात्मक धारणा थियो, अभियानले त्यसलाई पनि चिरफार गरेको छ। यहाँ पार्टी, वर्ग, जात, धर्मको आँखाबाट हेरिएको छैन, सबै धराने श्रम अभियानमा जोडिएका छन्,’ उनले भने।

श्रमदानमा उपमेयर बेघा मात्र होइनन्, वडा ११ र १७ का वडा सदस्य पनि सहभागी भएका छन्। तर जनता श्रमदान गर्न उर्लिंदा वडाध्यक्षहरूले भने अहिलेसम्म कतै पनि पाइला टेकेका छैनन्। वडाध्यक्षहरू श्रमदानमा नआएको भन्दै सहभागीहरूले आक्रोश पनि पोखिरहेका हुन्छन्। श्रमदान नगरे पनि उपस्थिति मात्र भए पनि हुने भन्दै श्रमदानमा सहभागीहरूले वडाध्यक्षहरूलाई खोजी गर्ने गरेका छन्।

‘योजनाबद्ध एकीकृत विकास आवश्यक’

मेयर साम्पाङको योजना र कामलाई नजिकबाट नियालिरहेका महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. राजेन्द्र शर्मा स्थानीय चुनाव हर्क साम्पाङले लहडमा जितेका होइनन् भन्ने अहिले प्रमाणित भइरहेको बताउँछन्। हजारौं जनता उनको आह्वानमा श्रमदानमा निस्कनु र आर्थिक सहयोग पनि गर्नुले हिजो पनि उनको जनाधार रहेको अहिले प्रस्ट देखिएको डा. शर्माको भनाइ छ। ‘साम्पाङले लहडले चुनाव जित्नुभएको होइन रहेछ, उहाँको जनाधार रहेछ, हजारौं मानिस उहाँको साथमा रहेछन् भन्ने अहिले देखियो,’ डा. शर्माले भने।

जनलहर देखिँदादेखिँदै पनि साम्पाङ धरानको विकासको ठोस खाका नबनाई चुनाव लडेको पनि देखिएको डा. शर्माको टिप्पणी छ। अहिले मेयर साम्पाङ तत्कालका लागि खानेपानीको पछाडि मात्र दौडिरहेको जस्तो देखिएको उनले बताए। ‘उहाँसँग चरणबद्ध धरानको विकासको खाका देखिएन। धरानको प्रमुख समस्या खानेपानी हो, त्यसैमा अहिले अल्झिएको देखिन्छ। बर्खामा खोला खोल्सीमा पानी देखिन्छ र तुरुन्त रिजल्ट पनि आउँछ। अहिले भइरहेको काम पानीको पूर्वाधारका लागि महत्वपूर्ण पनि छ,’ डा. शर्मा भन्छन्, ‘तर पाँच वर्ष मेयर भएर चलाउँदा धरान कहाँ पुर्‍याउने भनेर एकीकृत विकासको योजनाबद्ध खाका बनाउनुपर्छ। हनिमुन समय सकिएपछि त्यता ध्यान पुगोस् भन्छु।’

डा. शर्माको नजरमा मेयर साम्पाङको अभियानले नेता अथवा मेयर भइसकेका व्यक्ति कुर्सीमा बसेर नीति मात्र बनाइरहने, निर्देशन मात्र दिइरहने व्यक्तिको मान्यतालाई पनि तोडेको छ। विगतका मेयरहरूले जनताका माझमा पुगिरहने, श्रमदानको कार्य नगरेका कारण साम्पाङको कार्यशैली सबैलाई अनौठो लागिरहेको उनी बताउँछन्। ‘विगतका मेयरहरू हेर्‍यौं, कुर्सीमा बस्ने मात्र, नीति बनाउने र निर्देशन गर्ने मात्र भन्ने भयो। त्यसैले साम्पाङको शैली, श्रमदान गरेको देख्दा अनौठो लागिरहेको छ,’ उनले थपे, ‘मेयर साम्पाङ जनतासँगै बसेर, जनताको घरदैलोमा बसेर काम गर्न चाहनुहुन्छ।’ साम्पाङप्रति आम जनतामा उनले भ्रष्टाचार गर्दैनन् भन्ने विश्वास जागेको र यसले समग्र नगरपालिकाप्रति नै विश्वासको वातावरण सिर्जना गरेको उनले बताए। 
अर्को समाचार
धरानका मेयर हर्क साम्पाङले भेटे प्रधानमन्त्री दाहाललाई
२० चैत्र २०८०
•
१ मिनेट पाठ
धरानका मेयर हर्क साम्पाङले भेटे प्रधानमन्त्री दाहाललाई
धरानका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।




मंगलबार साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

उनले लेखेका छन्, 'खानेपानी, एयरपोर्ट, राजमार्ग, ल्याण्डफिल्ड साइट र उद्योग लगायतका थुप्रै जनताका मागहरू राखियो प्रधान मन्त्रीज्यूलाई।'

काठमाडौं रहेका मेयरले यसअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटेका थिए। 
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस