काठमाडौं- एमाओवादी नेता हेमन्त प्रकाश ओलीले एमाओवादी परित्याग गरेका छन्। आज राजधानीमा एक पत्रकार सम्मेलन गर्दै ओलीले एमाओवादीबाट अलग भएको घोषणा गरेका हुन्।
केही समय अघि 'सांस्कृतिक काण्ड'मा कारबाही परेका उनलाई एमाओवादीले कम्तिमा ६ महिनाका लागि निलम्बन गरेको थियो। उनले पत्रकार सम्मेलन गर्दै एमाओवादी समूहका नाममा जनसमुदायका माझ 'मुद्दा' दर्ता गराउँदै पार्टी छोडेको बताए।
'आज म तपाईहरु मार्फत इतिहासका निर्माता आदरणीय जनसमुदाय समक्ष एमाओवादी समूहको नाममा मुद्दा दायर गर्न चाहान्छु,' पत्रकार सम्मेलनमा उनले भने, 'आफ्नो रगत पसिनाको एउटा अध्यायको अन्त भएको र अर्को अध्याय सुरु भएको घोषणा पनि तपाईहरुमार्फत गर्न चाहान्छु ।'
नेतृत्वले पूर्वाग्रही ढंगले छानबिन नै नगरी आफुमाथी कारवाही गरेको ओलीले आरोप लगाएका छन् । 'प्रेम–यौन–बिबाहवारे हिन्दु मुस्लिम ढोंगी दृष्टीकोण रहेकोले यस संवन्धी मुद्दालाई मात्र 'साँस्कृतिक कमजोरी' बताई बिना छानबिन मुख्यत इमान्दार र पारदर्शीमाथी कारवाहीको डन्डा चलाउने गरिएको लगायतका मुद्दाहरु राखी अन्तत मैले २०७२ साल बैशाख ३ गते पार्टीवाट बिद्रोहात्मक राजिनामा दिएको थिए,' ओलीले भनेका छन्, 'मैले राखेका बैचारिक बिषयहरु माथी बेवास्ता गर्दै तथाकथित सांस्कृतिक कमजोरीका नाममा एमाओवादी केन्द्रीय समितिको बैठकले कारवाही गरेको थाहा हुन आएको छ ।' पार्टीमा हावी भएका नवधनाढ्यहरुले आफुमाथी कारवाही गरेको ओलीको आरोप छ ।
पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएको तर त्यसको जानकारी केन्द्रीय समितिलाई नगराइएको उनको आरोप छ । 'तर मेरो राजिनामा र स्पष्टीकरण केन्द्रीय समितिमा समेत पेश नगर्नु र पारिवारिक मुद्दामाथी कुनै छानबिन नै नगरी ठाडो निर्णयद्धारा पार्टीवाट निष्काषन गर्नु एमाओवादी नेतृत्वगणको बैचारिक दरिद्रता र बिचारलाई गुपचुप मार्ने षडयन्त्र भएको मुद्दा आम शोषित पीडितजनता समक्ष जोडदार रुपले दायर गर्दछु ।'