विराटनगर– नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले संविधानलाई कार्यान्वयन गर्न र वाह्य हस्तक्षेपलाई निस्तेज गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्।

उनले देशभरको राजनीति शक्तिलाई एकताबद्ध गर्न पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए।
'चलखेल गर्ने, संविधानलाई कार्यान्वयन हुन नदिने र दलहरुबीच फुट ल्याउने प्रयास भइरहेको छ,' एमालेको कोसी अञ्चल कार्यकर्ता भेलालाई शनिबार विराटनगरमा सम्बोधन गर्दै नेता खनालले भने, 'त्यसैले राष्ट्रिय सहमति अनिवार्य हो, देशभरका शक्तिलाई एकतावद्ध गर्न र बाहिरबाट चालिने गलत कदमबिरुद्ध लड्न पनि राष्ट्रिय सहमतिको सरकार चाहिएको छ।' उनले सबैको अधिकार र भावना समेटिएकाले संविधानको पुनर्लेखन हुनै नसक्ने बताए। उनले संविधानप्रति असन्तुष्टि व्यक्त गर्नु बेतुकको बखेडा भएको समेत उनले बताए । 'लामो समय र छलफलपछि संविधान जारी भएको छ,' नेता खनालले भने, 'संविधान नबुझेर त्यसको बिरोध गर्नु जायज होइन।' नेता खनालले नेपाल छुट्टै देश र मधेस छुट्टै देश भनेर थालिएको बहसमा कुनै दम नरहेको बताए।
उनले २००७ साल यताको राजनीतिक घटनाक्रमको चर्चा गर्दै मुलुक सामु अब दुईवटा मात्र बाटो रहेको बताए। 'एउटा बाटो समाजवादको हो, अर्को पूँजीबादको,' उनले भने, 'हामी कुन बाटोमा हिँड्ने त्यो तय गर्नुपर्छ।'