काठमाडाैं-प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको बार्तामा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी सहभागी नहुने भएको छ। मोर्चामा सहभागी अन्य दल र शीर्ष नेता सहभागी हुने वार्तामा नबसेर सद्भावना मात्रै अलगिनु अर्थपूर्ण मानिएको छ।
मोर्चा घटक सदभावनाका अध्यक्ष राजेन्द्र महत्तोमाथी भएको कुटपीटको घटनामा माफी नमागेसम्म वार्तामा सहभागी नहुने पूर्ववतः निर्णयअनुसार सो पार्टी बार्तामा सहभागी नुहुने भएको हो।
'सरकारका प्रतिनिधिले बार्तामा सहभागी हुन खबर गर्नु भएको थियो तर हामीले अध्यक्षमाथी भएको आक्रामणको विषयमा माफी नमागेसम्म वार्तामा सहभागी नहुने निर्णय गरेका हाैं' महासचिव मनिष सुमनले नागरिकन्युजसँग भने, 'तर, अहिलेसम्म माफी मागिएको छैन, त्यसैले हामी वार्तामा जान्नौ।' उनकाअनुसार सदभावनाले शनिवार घोषणा गरेको कार्यक्रम अनुसार अाफ्नै लाइनमा अघि बढ्ने बताइएको छ।
मोर्चा सम्बद्ध दल र शीर्ष नेतृत्वबीचमै पछिल्लो समय विवाद र नीतिगत असन्तुलन बढेको बताइएको बेला सद्भावनाले अान्दोलनको मुख्य संयन्त्र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभन्दा अलग रहेर गतिबिधि बढाउने संकेत देखिएको छ। यसले मोर्चामा अाैपचारिक फुट पैदा गर्ने संभावना रहेको कतिपयको बुझाइ छ।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर सद्भावनाले मोर्चाका कार्यक्रम भन्दा अलग्गै अान्दोलनका कार्यक्रम घोषणा गरेको थियो।