काठमाडौं–मधेसी मोर्चा आबद्ध दलको विरोधकाबीच नेपालको संविधान पहिलो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ। आइतबार बसेको व्यवस्थापिका संसद बैठकमा चारदिनदेखि जारी सो विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको हो।विधेयकमाथिको छलफलमा विभिन्न दलका ४२ सांसदले भाग लिएका थिए। विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएसँगै सो विधेयकमाथि संशोधन हाल्न ७२ घण्टाको समय तोकिएको छ।
सरकारले आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै संविधान संशोधन विधेयक संसदमा पेश गरेको थियो। तर मधेसी मोर्चाले भने सरकारले पेश गरेको संशोधन विधेयकले मधेसको समस्या समाधान नगर्ने भन्दै सो विधेयकको विरोध गर्दै आएको छ।