काठमाडाैं-प्रमुख दल र अान्दोलनरत मधेसी मोर्चाबीचको वार्ता विना निष्कर्श सकिएको छ। बालुवाटारमा चलेको वार्ताले कुनै ठोस निष्कर्श दिन सकेन।
वार्ता सकिएपछि पछि सञ्चारकर्मीहरूसँग वार्तामा सहभागी नेताहरूले फरक फरक धारणा व्यक्त गरेका छन्। मोर्चा तर्फका नेता हृदेश त्रिपाठीले वार्ता पछि प्रतिकृया दिए- 'वार्ता कर्मकाण्डी भयो, सीमांकन र संविधान संसोधनबारे सत्ता पक्ष र प्रमुख प्रतिपक्षबाट स्पष्ट कुरा अाएन।' उनले थपे-'मोर्चाका अान्दोलनका कार्यक्रम रोक्ने हैन, झनै सशक्त पार्नु पर्ने देखियो।'
वार्तामा सरकार पक्ष, प्रमुख प्रतिपक्ष र अान्दोलनरत मोर्चाका प्रतिनिधिको कार्यदल बनाएर विवादित विषयमा सहमति जुटाउन पहल गर्ने सहमति भएको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पाैडेलले बताए। कार्यदलमा नेपाली कांग्रेसबाट महेश अाचार्य, नेकपा एमालेबाट भीम रावल र एमाअोवादीबाट कृष्णबहादुर महरा सदस्य तोकिएका छन्। मोर्चाबाट कसैको नाम दिइएको छैन। कार्यदलमा सहभागी नहुने संकेत नेता त्रिपाठीले दिए। 'संभवत यो कार्यदलमा हाम्रो सदस्य रहँदैनन्, यसको कुनै अाैचित्य छैन', त्रिपाठीले पत्रकारसँग भने।
नेपाली कांग्रेस उपसभापति पाैडेलले कार्यदल बनाउने सहमति भएको र भोलिदेखिनै कार्यदल सक्रिय हुने उल्लेख गरे। उपप्रधान तथा रक्षामन्त्री भीम रावलले साझा सहमति बनाउने, साझा दृष्टीकासाथ अघि बढ्ने तर्फ वार्ता केन्द्रित रहेको बताए।