काठमाडौं- नयाँ संविधान जारी भएपछि पहिलोपटक पेस भएको संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल आइतबार सकिएको छ। मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्न सरकारले ल्याएको उक्त विधेयकमाथिको अन्तिम छलफलक्रममा आइतबार तीन सांसदले विधेयक फिर्ता गर्न माग गरेका छन् भने अधिकांशले सुझावसमेतलाई सम्बोधन गर्दै विधेयक पारित गर्न आग्रह गरेका छन्।
नेमकिपाका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी रुक्मिणी चौधरीले विधेयक फिर्ता गर्न माग गरेका हुन्।
'नयाँ संविधान जारी गरेपछि त्यसको मसी सुक्न नपाउँदै भारतीय दबाबमा संशोधन विधेयक ल्याइएको छ, यसलाई फिर्ता लैजानुपर्छ,' सुवालले बैठकमा भने, 'नाकाबन्दी खोल्ने सर्तमा ल्याइएको सुनिन आएको छ, त्यो गलत छ।' जनसंख्याका आधारमा निर्वाचन क्षेत्र घातक हुने भन्दै त्यसो गरिए आपत्तिजनक हुने उनको भनाइ थियो।
सांसद दुर्गा पौडेलले जथाभावी संविधान संशोधन गर्न नहुनेमा जोड दिइन्। 'यो संविधान संशोधन आवश्यक नै छैन, दबाबका कारण यसलाई अगाडि बढाइएको छ तर संविधान संशोधनका पछाडि हुने दुरगामी असरलाई हेर्न जरुरी छ,' पौडेलले भनिन्। भारतले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न दबाब दिएको जिकिर गर्दै भारतमा समेत उक्त व्यवस्था नभएको उनले उल्लेख गरिन्।
भूगोल र जनसंख्यालाई आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गर्ने कार्यमा आपत्ति नभए पनि सघन बस्तीलाई ध्यान दिनुपर्नेमा चौधरीले जोड गरिन्। 'तर पनि प्रस्तावित विधेयकले तराई–मधेसको आन्दोलनलाई सम्बोधन गर्न सक्दैन, त्यसैले यो तुरुन्त फिर्ता होस् भन्न चाहन्छु,' चौधरीले भनिन्। थारुलाई समावेशी समानुपातिकका 'क्लस्टर' बाट हटाए त्यसको जवाफ आन्दोलनबाट दिने चेतावनी उनले दिइन्।
आइतबारको बैठकमा बोल्ने सांसदमध्ये जीवन परियारले अन्तरिम संविधानभन्दा बढी अधिकार नयाँ संविधानमा प्राप्त भएको जनाए। 'अन्तरिम संविधानमा समावेशी/समानुपातिकका जम्मा ७ वटा क्लस्टर थियो, यो संविधानले १० वटा थपिदिएको छ तर पनि अझै भन्छन्– समावेशी र समानुपातिक भएन,' परियारले भने, 'त्यसैले यो संविधान संशोधन पास गरेर निकास निकाल्न ढिलाइ गर्नु हुन्न।'
सांसद भरतबहादुर खड्काले संविधान संशोधन गर्दा ख्याल गर्नुपर्नेमा जोड गरेका छन्। 'दबाब र आवेगका भरमा होइन, संविधान संशोधन धेरै सोचेर गर्नुपर्छ,' खड्काले भने। एमाओवादीका सन्तकुमार थारुले तराई–मधेसका आन्दोलनलाई सम्बोधन गर्ने गरी संविधान संशोधन प्रस्ताव आउनुपर्नेमा जोड गरेका छन्।
राप्रपा नेपालका सांसद सुशीलकुमार श्रेष्ठले आफ्नो एजेन्डा संविधानमा अनुमोदन गर्नका लागि जनमत प्राप्त गर्नुपर्नेमा जोड गरेका छन्। 'हाम्रो पनि यो संविधानमा धेरै असहमति छन्, हामीले आलोचनात्मक समर्थन गरेका छांै तर आफ्नो एजेन्डा स्थापित गर्न जनादेश चाहिन्छ,' श्रेष्ठले भने, 'टेबुललाई विश्वास गरौं, यसरी नाराबाजी गरेर अवरोध गर्नु हुन्न।' संसदमा तराई–मधेसकेन्द्रित दलले जारी राखेको नाराबाजीतर्फ इंगित गर्दै श्रेष्ठले उक्त भनाइ राखेका हुन्।
संविधान संशोधन प्रस्तावले मधेस आन्दोलनलाई मान्यता दिएको अर्का सांसद सीताराम भण्डारीले जनाएका छन्। 'संशोधन प्रस्तावले मधेस आन्दोलनको औचित्य पुष्टि गरेको छ, छुटेका विषयलाई सम्बोधन गर्दै जाऔं किनकि यो संविधान गतिशील छ,' भण्डारीले भने। सांसद जयप्रकाश थारुले कमी–कमजोरी भएकाले नै संशोधन प्रस्ताव आएको र त्यसलाई पास गरेर थप विषयमा छलफल चलाउनमा जोड गरेका छन्।
सांसद मिठु मल्लले संविधानको उल्टो व्याख्या गरेर मधेसकेन्द्रित दलले भ्रम छरेको आरोप लगाइन्। 'सीमांकन गर्दा उत्तर र दक्षिण गर्नुपर्छ, त्यसैले मात्रै देशलाई बलियो बनाउँछ,' मल्लले भनिन्। आदित्यनारायण कसौधनले हिन्दु आयोगको गठन गर्नेगरी संविधान संशोधन गर्न जोड गरेका छन्।
संसदमा तराई–मधेस केन्द्रित दलको सांसदले लगाएको नाराबाजीले ९० प्रतिशत सांसदको हस्ताक्षर भएको संविधानको खिस्युटिरी गरेको भन्दै सांसद राजन केसीले आपत्ति जनाए। 'तराईमा १ वा दुई प्रदेश कुनै राजनीतिक मुद्दा होइन, यो सम्भव पनि छैन, यो गलत कुरा गरेर किन हिँड्नुहुन्छ?' केसीको प्रश्न छ।
विश्वकै सबैभन्दा उत्कृष्ट संविधानलाई अपव्याख्या गर्ने काम गरिएको भन्दै सांसद रामेश्वर फुयाँलले आपत्ति जनाए। 'यो संविधान गतिशील र परिवर्तनशील छ, यसैको अपव्याख्या गर्ने काम भयो,' फुयाँलले भने।
हालका ७५ जिल्लालाई एकएक निर्वाचन क्षेत्र नघटाई जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न आएको संशोधन विधेयकलाई स्वागत गर्नुपर्ने अमृतलाल राजवंशीले जनाए। 'जनसंख्या र भूगोललाई आधार बनाउने कुरा ठिक छ, जनसंख्या मात्रै हुनुपर्ने अडान विश्वमा कहीँ नभएको माग हो,' उनले भने।
अर्की सांसद कल्पना चौधरीले ७ प्रदेशबाट बढेर ८ प्रदेशमा जान पनि सक्नुपर्नेमा जोड गरिन्। '८ प्रदेशको विकल्पबाट समस्या समाधान हुन्छ भने त्यसमा जाँदा आपत्ति हुन्न,' उनले भनिन्।
अन्तिम वक्ता कमलप्रसाद पंगेनीले प्रधानमन्त्री निर्वाचनमा भाग हुने तर संविधान संशोधन विधेयकको छलफलमा केन्द्रित गर्न नहुने कारण आफूले नबुझेको बताए। 'प्रधानमन्त्री निर्वाचनमा भाग लिने तर संविधान संशोधनको छलफलमा भाग नलिने कुरा जायज हुन्न, नाराबाजी छाड्नुहोस् र आफ्नो कुरा सदनमा राख्नुहोस्,' पंगेनीले भने।
प्रमुख दलबीच वार्ता हुने भएका कारण आइतबारको बैठकमा संविधान संशोधन विधेयकमा उठेका प्रश्नको जवाफ दिने कार्यतालिका राखिएको थिएन। उक्त विधेयकमा उठेका प्रश्नको जवाफ सरकारका तर्फबाट कानुनमन्त्री अग्निप्रसाद खरेलले सोमबार जवाफ दिने कार्यक्रम छ। सरकारका मन्त्रीले जवाफ दिने कार्य सम्पन्न भएपछि उक्त प्रस्तावमा संशोधन हाल्नका लागि समय छुट्याइने भएको छ।