काठमाडौं-भारतीय दूतावासको दबाबपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान निर्माण नेतृत्वकर्ता प्रमुख दलसँग वार्ता गर्न बनेको कार्यदलमा ३ सदस्यको नाम घोषणा गरेको छ ।
बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा बसेको मोर्चा घटक दलको छलफलपछि कार्यदलका लागि हृदयेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ र रामनरेश राय यादव तोकिएका छन् । मोर्चाको ४ घटकमध्ये एक घटक सद्भावना पार्टीको भने कार्यदलमा प्रतिनिधित्व छैन ।
संविधान निर्माण नेतृत्वकर्ता ३ दलले माग गरेअनुसार मोर्चाले मंगलबार नामावली चयन गरेको हो । तीन दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको बैठकमा मोर्चाका सामु कार्यदलमार्फत ११ बुँदेमा बुँदागत छलफल गर्नुपर्ने भन्दै प्रस्ताव गरेका थिए ।
'हामीले पेस गरेका ११ बुँदे मागबारे बुँदागत छलफल गर्नका लागि सजिलो होस् भनेर उहाँहरुले नामावली माग गर्नुभएको थियो, त्यहीअनुसार नाम चयन गरेका हौं,' तमलोपा उपाध्यक्षसमेत रहेका सहअध्यक्ष हृदयेश त्रिपाठीले भने । उनका अनुसार मोर्चाले अघि सारेको ११ बुँदे मागबारे कार्यदलले बुँदागत छलफल गर्नेछ ।
तर, उनै त्रिपाठीले आइतबारको बैठकपछि मोर्चाको मागबारे ११ बुँदेमा प्रमुख दलको धारणा नआएकाले प्रतिनिधित्व नहुने जनाएका थिए । तर, त्यसको दुई दिनपछि अर्थात मंगलबार नाम घोषणा गरेको छ ।
'सरकारले अघि सारेको ३ बुँदे प्रस्ताव स्वीकार गर्न मोर्चालाई भारतले दबाब दिएको थियो तर त्यो बेला मोर्चाले स्वीकार गरेन,' मोर्चाका एक वरिष्ठ नेताले नागरिकसँग भने, 'अहिले प्रमुख दलले अघि सारेको कार्यदलको प्रस्ताव स्वीकार नगरे भारतले छाडिदिने धम्की दियो, सो दबाबपछि कार्यदलमार्फत सहमति खोज्न लागिएको हो ।' उनका अनुसार भारतीय राजदूतसहित अन्यले मोर्चा नेतालाई कार्यदल बनाउन चर्को दबाब दिएपछि मोर्चाले दुई दिनपछि नामावली सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषदले पुस ५ गते अघि सारेको राजनीतिक सहमतिमार्फत तीन महिनाभित्र सीमांकन टुंगाउने, संविधान संशोधन विधेयक अघि बढाउने लगायत प्रस्तावलाई मोर्चाले अस्वीकार गरेको थियो । सरकारले अघि सारेको उक्त प्रस्तावलाई भारतले स्वागत गरेपछि त्यसमा सहमति जनाउन मोर्चालाई उसले दबाब दिएको थियो ।
'आन्दोलनले उचाइ लिइरहेका बेला सीमांकनलाई थाँती राख्ने सरकारी प्रस्ताव आएकाले भारतको दबाब अस्वीकार ग¥यौं तर कार्यदललाई भने स्वीकार गर्न नसकेका हौं,' उनले भने । उनका अनुसार तमलोपा अध्यक्ष महन्थ ठाकुरसहित मोर्चाका अन्य नेतालाई उक्त प्रस्ताव स्वीकार गरेर अघि बढ्न भारतले दबाब दिएपछि उनकै पहलमा कार्यदल बनाइएको हो ।
तर, मोर्चाले उक्त कार्यदल घोषणा हुँदा ठाकुरबाहेक अन्य तीन अध्यक्ष भने काठमाडौंमा थिएनन् । महतो उपचारका लागि दिल्लीमा छन् भने उपेन्द्र यादव काठमाडौं नै नआई वीरगन्ज गए । 'भारतको दबाबप्रति असन्तुष्ट तीन नेता अन्ततः अन्तिम समयमा सहमत हुन पुगेपछि कार्यदल बनेको हो,' तमलोपा स्रोतले नागरिकसँग भन्यो ।
तर पनि कार्यदलमा मोर्चाका प्रमुख घटक सद्भावना पार्टी भने सहभागी भएन । ठाकुरले संविधान निर्माण नेतृत्वकर्ता ३ दलबाटै जस्तै मोर्चाबाट ४ वटा प्रतिनिधि पठाउने योजना बनाएका थिए । 'कार्यदलमा हाम्रो पार्टीको प्रतिनिधित्व नभए पनि मोर्चाले गर्ने मधेसपक्षीय सहमतिमा हाम्रो मन्जुरी रहनेछ,' सद्भावना महासचिव मनिष सुमनले भने ।
कार्यदलमा सहभागी नभए पनि मोर्चाबाट सद्भावना अलग नभएको उनको भनाइ छ । उनका अनुसार अध्यक्ष राजेन्द्र महतोमाथि भएको आक्रमणमा सरकारले माफी नमागेसम्म वार्तामा नजाने र टोलीमा नबस्ने पूर्ववत निर्णयका कारण कार्यदलमा सद्भावना अटाउन नसकेको हो ।
संविधान निर्माण नेतृत्वकर्ता दलमध्ये सत्तारुढ एमालेबाट भीम रावल र एमाओवादीबाट कृष्णबहादुर महरा तथा प्रमुख प्रतिपक्ष दल कांग्रेसबाट महेश आचार्य सदस्य छन् । 'ठूला समूहमा छलफल गर्दा निष्कर्ष ननिस्कने भएकाले सानो समूह बनाएर छलफल गर्न अब सजिलो हुनेछ,' त्रिपाठीले भने । उनका अनुसार तीन दलको कार्यदलसँग सम्पर्क गरेर ११ बुँदेमा बुँदागत छलफल सुरु हुनेछ ।