काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारत हुने भएको छ। धेरैको चासो थियो पहिलो भ्रमण भारत या चीनमध्ये कहाँ होला ?बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्रीको पहिलो भ्रमण भारतबाटै हुने बताएका छन्।
रिपोर्टस् क्लवमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री पहिले भारत भ्रमणमा जाने स्पष्ट पारेका हुन्। उनले भने, 'दुबै छिमेकीको सम्बन्धलाई महत्व र विशिष्टतासँग राखिएको छ। प्रधानमन्त्रीको भ्रमणको प्रारम्भिक तयारी शुरु भैसकेको छ। पहिलो भम्रण भारतबाटै हुनेछ।' थापाले भ्रमणको मिति भने तय भैनसकेको बताए।
प्रधानमन्त्री हुँदा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ र निम्तो दिएकाले भारत भ्रमणको तयारी भएको बताए। साथै चीनिया पक्षबाट पनि उत्सुकता व्यक्त गरिएको उनले बताए।
भारतसँग क्रमागत विषयलाई निरन्तरता दिनुपर्ने भएकाले पनि भारत भ्रमण मुख्य रहेको उनको तर्क छ। उनले भने, 'भारतका प्रधानमन्त्री नेपाल आउँदा १ हजार करोडको आर्थिक सहयोग घोषणा गर्नुभएको थियो। भूकम्प आउँदा पनि सहयोग घोषणा भएको छ।' थापाले त्यसलाई कार्यान्वयनमा लैजान पनि भारत जान आवश्यक भएको स्पष्ट पारे।
उनले चीनसँग पारवहन सन्धीको लागि प्रारम्भिक मस्यौदा पेश भैसकेको बताउँदै आफूले चीन पुगेर नयाँ सम्बन्ध बनाएको दाबी गरे।