काठमाण्डौ–प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा गठित कार्यदलको बैठक सिंहदरबारस्थित शान्ति मन्त्रालयमा जारी छ।
मधेसी मोर्चाले राखेका ११ बुँंदे माग सम्बोधन गर्नेबारे बैठक केन्द्रित छ। मोर्चा नेता एवं कार्यदलका सदस्य रामनरेश रायका अनुसार बैठक ११ बुँदे माग र सरकार एवं मोर्चाबीचका विवादित विषय साँघुरो पार्ने प्रयासमा छ।
प्रमुख तीन दल तर्फबाट कार्यदलमा सहभागी एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री भीम रावल, कांग्रेसका महेश अाचार्य र एमाओवादीका महासचिव कृष्णबहादुर महरा बैठकमा छन्। मोर्चातर्फबाट हृदेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ र रामनरेश राय सहभागी छन्।