काठमाण्डौ–प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गठित कार्यदलका सदस्यहरूको संयुक्त बैठक सम्पन्न भएको छ। सिंहदरबारस्थित शान्ति मन्त्रालयमा बैठक करिब पाैने तीनघण्टा चलेको थियो।
बैठक सकिएपछि नागरिकन्युजसँग कुरा गर्दै मोर्चा नेता एवं कार्यदल सदस्य रामनरेश रायले बैठकमा मोर्चाका ११ बुँदे मागले प्रवेश पाएको बाताए। उनले वार्ता, छलफल र सहमतिबाटै समस्या समाधान गर्न सरकार र मोर्चा दुबैतर्फको गम्भीरता बढेको बताए। 'आजको बैठकमा ११ बुँदेले प्रवेश पायो, वार्ता र सहमतिबाटै समाधान खोज्ने कुरामा दुबै तर्फको गम्भीरता देखिएको छ', रायले भने 'कार्यदलले यसैगरि विभिन्न चरणमा प्रयाप्त छलफल गरेर निश्कर्ष निकाल्ने विश्वाँस बढेको छ।'
बैठकमा सहभागी मोर्चाका अर्का नेता हृदेश त्रिपाठीले पनि वैठक सकारात्मक भएको प्रतिकृया दिए। 'बैठक सकारात्मक छ, भोली ९ बजे थप छफलफ गर्नेगरि बैठक टुंगिएको छ।' उनले सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यालयमा बिहीबार बिहान ९ बजे बैठक बस्ने जानकारी दिए।
मधेसी मोर्चाले राखेका ११ बुँंदे माग सम्बोधन गर्नेबारे बैठक केन्द्रित थियो।
प्रमुख तीन दल तर्फबाट कार्यदलमा सहभागी एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री भीम रावल, कांग्रेस नेता महेश अाचार्य र एमाओवादीका महासचिव कृष्णबहादुर महरा बैठकमा सहभागी थिए। मोर्चातर्फबाट हृदेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ र रामनरेश राय सहभागी थिए।