काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समय अवधिभन्दा बढी बसी तलबभत्ता बुझ्ने ८ जना पूर्वराजदूतसँग ५६ लाख रुपैयाँभन्दा बढी असुल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। अख्तियारको मंगलबार बसेको बैठकले परराष्ट्रको पूर्व स्वीकृति नलिई तोकोको समयभन्दा बढी समय बस्ने पूवराजदूतसँग त्यो बराबरको तलबभत्ता असुल गर्ने निर्णय गरेको हो।
अख्तियारले पूर्वराजदूतहरु शंकर शर्मा, सुरेशचन्द्र चालिसे, भोजराज घिमिरे, प्रद्मुम्नविक्रम शाह, मधुवन पौडेल, अरुण धिताल, मोहनकृष्ण श्रेष्ठ र सुशीलचन्द्र अमात्यसँग तोकिएको समयभन्दा बढी रहँदा राज्यकोषबाट बुझेको रकम असुल गर्न प्रधानमन्त्री कार्यालय र परराष्ट्रलाई भनेको हो। पूर्वराजदूतहरुले बिना स्वीकृति तोकिएको समयभन्दा बढी बसेर सरकारलाई हानीनोक्सानी पुर्यारएको ठहर गरेको छ।
'नेपाली दूतावास तथा नियोगमा कार्यरत राजदूत एवं पदाधिकारी अधिकारप्राप्त अधिकारी र निकायको स्वीकृति नलिई आफूखुसी तोकिएको कार्यकालभन्दा बढी बसी तलबभत्ता र सुविधा अनियमित तरिकाले लिई नेपाल सरकारलाई हानीनोक्सानी पुर्या्एको सम्बन्धमा,' अख्तियारले बुधबार गरेको निर्णयमा भनिएको छ, 'प्रचलित कानुनबमोजिम पदाधिकारीबाट नियमानुसार असुलउपर जो जसो गर्नुपर्ने हो, सोबारे उपयुक्त निर्णय गर्ने।'
अख्तियारले कारबाहीका लागि सिफारिस गरेका शर्मा अमेरिका, चालिसे बेलायत, घिमिरे क्यानडा, शाह ब्राजिल, पौडेल कुवेत, धिताल दक्षिण अफ्रिका, श्रेष्ठ फ्रान्स र अमात्य श्रीलंकाका लागि राजदूत हुँदा सरकारले तोकेको समय अवधिभन्दा बढी रहेर राज्यकोषबाट तलबभत्ता बुझेका थिए। राजदूत एवं पदाधिकारी आफूखुसी रुपमा तोकिएको समय अवधिभन्दा बढी दूतावासमा रहेर तलबभत्ता बुझेका थिए, जससम्बन्धमा अख्तियारमा थुप्रै उजुरी परेका थिए। छानबिन गर्दा उनीहरुले राज्यकोष दुरुपयोग गरेको देखिएपछि उनीहरुसँग रकम असुल गर्न अख्तियारले सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
अख्तियारले रकम असुल गर्न भनेका ८ राजदूतमा ४ राजनीतिक नियुक्तिमा गएका छन् भने बाँकी ४ करिअर डिप्लोम्याट्स छन्। शर्मा, चालिसे, घिमिरे र अमात्य राजनीतिक (पार्टीको भागबन्डामा) नियुक्तिका आधारमा राजदूत भएका हुन् भने पौडेल, धिताल, शाह र श्रेष्ठ परराष्ट्र मन्त्रालयको सहसचिव भएपछि राजदूत भएका हुन्।
शर्मा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पनि हुन्। उनी सन् २००२ देखि २००६ सम्म योजना आयोगका उपाध्यक्ष थिए। नेपाली कांग्रेसको सरकारले उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो भने उनी कांग्रेस कोटामा नै अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए। उनी २००९ को नोभेम्बरदेखि २०१४ जनवरीसम्म राजदूतका रुपमा थिए। उनी ४ वर्ष ३ महिना राजदूतका रुपमा अमेरिकामा थिए।
चालिसे बेलायतका लागि राजदूत नियुक्त हुनअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका विदेशमामिला सल्लाहकार थिए। दोस्रो जनआन्दोलनपछि उनी कोइरालाको सल्लाहकारमा नियुक्त भएका थिए। त्यसपछि उनी पनि कांग्रेस कोटामा बेलायतका लागि राजदूत नियुक्त भएका थिए। यस्तै, घिमिरे क्यानडाको राजदूत नियुक्त हुनुअघि सरकारको मुख्य सचिव थिए।
कारबाहीका लागि अख्तियारको सिफारिसमा परेका अमात्य भने नेकपा एमालेको कोटामा श्रीलंकाका लागि राजदूत नियुक्त भएका थिए। पहिलो संविधानसभाको २६ मनोनीत सदस्यमा उनी परेका थिए। एमाले नेता माधवकुमार नेपाललाई पहिलो संविधानसभा लैजानका लागि अमात्यलाई राजीनामा दिन लगाई उनको ठाउँमा नेपाललाई मनोनीत गरिएको थियो। त्यसपछि पुरस्कारस्वरुप अमात्यलाई राजदूत बनाई श्रीलंका पठाइएको थियो।
पौडेल, शाह, धिताल र श्रेष्ठ भने परराष्ट्र सेवामार्फत राजदूत भएका हुन्। उनीहरुले लामो समय परराष्ट्र सेवामा बिताएका थिए। परराष्ट्र सहसचिवलाई राजदूत नियुक्त गर्ने प्रावधान अनुसार उनीहरुलाई राजदूत नियुक्त गरिएको थियो। 'तोकेको समयभन्दा बढी बस्न पाइँदैन। राजनीतिक नियुक्तिमा जानेले त बलमिच्याइँ गरे, तर बुझेका भनेका परराष्ट्रकै सहसचिवहरु पनि आफ्नो समयअवधि सकिँदा पनि नफर्कनु भनेको लाजमर्दो कुरा हो,' परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने।
देशअनुसार सरकारले राजदूतहरुको तलबभत्ता निर्धारण गरेको हुन्छ। २०५१ जेठ २३ को मन्त्रिपरिषद बैठकले राजदूतको परिवारका आश्रित सदस्यलाई समेत पारिवारिक भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। ५ वर्षभन्दा माथि र १८ वर्षमुनिका छोराछोरीलाई सरकारले शैक्षिक भत्ता उपलब्ध गराउँछ। एक जना राजदूतले पारिवारिक भत्तासमेत गरी मासिक औसत ५ हजार अमेरिकी डलर (५ लाख रुपैयाँभन्दा बढी) बुझ्ने गर्छन्। बस्नका लागि सरकारले नै क्वार्टरको व्यवस्था गरेको हुन्छ।
नेपालको कूटनीतिक अभ्यासअनुसार एक जना राजदूतको कार्यअवधि चार वर्षको हुने गर्छ। उनीहरु राजदूत नियुक्त भएर सम्बन्धित देश प्रस्थान गर्दा साथैमा फर्कने मिति पनि लगेका हुन्छन्। सोहीअनुसार कार्यअवधि सकिनु ६ महिनाअघि परराष्ट्रले पत्र पठाई उनीहरुलाई फर्कने मिति सम्झाउने गर्छ। त्यसपछि फकर्न लाग्ने आवश्यक खर्च पठाउने गरिन्छ। केही समय बढी बस्ने हो भने समयावधि सकिनुअगावै परराष्ट्रको स्वीकृति लिनुपर्ने हुन्छ। स्वीकृति नआए बढी समय बसेको तलबभत्ता बुझ्न पाइँदैन। अख्तियारले बुधबार रकम असुली गर्न भनेका राजदूत कसैले पनि बढी समय बस्न पूर्वस्वीकृति लिएका थिएनन् तर तलबभत्ता भने बुझेका थिए।
अख्तियारको बुधबार बसेको बैठकले आगामी दिनमा कुनै राजदूतको समयावधि थप्दा उसको कार्यसम्पादन मूल्यांकन गरेर मात्र निर्णय लिन परराष्ट्रलाई निर्देशन दिएको छ। समयावधि थप गर्ने स्पष्ट मापदण्ड बनाउनसमेत अख्तियारले भनेको छ।
'तोकिएको अवधिभन्दा बढी वा केही समय कुनै विशेष परिस्थितिका कारण थप्नु आवश्यक भए म्याद थप गर्नुपर्ने कारण, आधार र सूचकांक, म्याद थप गर्दा राज्यलाई हुने उपलब्धि, म्याद थप नगर्दा राज्यलाई हुनसक्ने नकारात्मक असर इत्यादिको वस्तुनिष्ठ आधारसहितको स्पष्ट मापदण्ड बनाई म्याद थप गर्नुपर्ने,' अख्तियारले भनेको छ।
विगतको कार्यसम्पादन स्तरको विस्तृत अध्ययन विश्लेषण गरी उसको कार्यसम्पादन उत्कृष्ट देखिने प्रमाणित कारण र आधार भए परराष्ट्र मन्त्रालयको सिफारिसमा उसको नियुक्ति गर्ने निकाय र अधिकारीको स्वीकृति लिई मात्र आवश्यक म्याद थप गर्ने व्यवस्था मिलाउनसमेत अख्तियारले भनेको छ।
महालेखा परीक्षकको कार्यालयले समेत यसअघि पूर्वराजदूतसँग रकम असुली गर्न भनेको थियो। महालेखाले स्पष्ट रुपमा ८ दूतावासमा कार्यरत राजदूतले कार्यकाल (पदावधि) समाप्त भएपछि गैरकानुनी रुपमा ५५ लाख ९० हजार रुपैयाँ तलब भत्ता र अन्य सुविधा लिएको ठहर गरेको थियो। तर सरोकारवाला मन्त्रालयले भने यसलाई वास्तै नगरी बसेको थियो।