काठमाडौं- शान्तिसुरक्षा अवस्था र मन्त्रालयको भावी कार्ययोजना सार्वजनिक गर्न गृहमन्त्री शक्ति बस्नेतले आयोजना गरेको कार्यक्रम प्रभावहीन रह्यो। कार्यक्रम प्रारम्भ गर्दै उनले 'मुलुक असामान्य र असहज अवस्थामा रहेको' बताए तर सार्वजनिक भएको २९ बुँदे कार्ययोजना भने सहज र सामान्य प्रकृतिको थियो।
शान्तिसुरक्षा अवस्थाको समीक्षाका लागि क्षेत्रीय सुरक्षा गोष्ठी चलाएर तत्कालीन, अल्पकालीन र दीर्घकालीन गरी तीन चरणमा विभाजन गरी उनले बुधबार कार्ययोजना ल्याएका हुन्।
पदभार सम्हालेलगत्तै 'कमजोर कार्यशैली' रहेको भन्दै आफ्नैपार्टी एकीकृत माओवादी र बाहिरबाट समेत आलोचित बनेका मन्त्री बस्नेतले साढे दुई महिनापछिसार्वजनिक कार्यक्रममार्फत ल्याएको कार्ययोजनाले आलोचकको मतलाई नै बलियो बनायो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित मन्त्रालयको जिम्मेवारी सम्हालेको डेढ महिनापछि सार्वजनिकगरेको २९ बुँदे कार्ययोजना शान्तिसुरक्षाको चुनौती सामना उन्मुखभन्दा पनि प्रचारात्मक थियो।
मधेस आन्दोलनका कारण नेपाल–भारत सीमा नाकामा जारी मधेसी मोर्चाको धर्ना कायम हुँदा आवागमन सहज हुन सकेको छैन। विरोध प्रदर्शन र झडपका घटना सुस्त भए पनि राजमार्ग अवरोध, तस्करी र कालोबजारी बढेसँगै तराईमा मुलुकको अखण्डतालाई चुनौती दिने गतिविधिसँगै सशस्त्र समूहको समेत उपस्थिति देखिन थालेको अवस्थामा आएको कार्ययोजना गुन्डागर्दी नियन्त्रण, सिसिटिभी जडान, विद्युतीय हाजिरी प्रणाली जस्ता प्रशासनिक पाटोमा केन्द्रित थियो।
उनले सार्वजनिक गरेको कार्ययोजनामा मधेस आन्दोलन र सीमा नाकाको अवरोधले निम्त्याएको गम्भीर र संगठित आर्थिक अपराध नियन्त्रण पाटो मन्त्रालयको कार्ययोजना सुस्त छ।
कार्ययोजनाको आठौं बुँदामा 'कालोबजारी नियन्त्रण गरी वस्तुको सर्वसुलभ आपूर्ति व्यवस्था मिलाउन विशेष अभियान सञ्चालन गर्ने' उल्लेख भए अभियान कहिले सुरु हुने र त्यसको प्रकृति कस्तो हो भन्ने खुलाएनन्।
काठमाडौं उपत्यका लगायत प्रमुख सहरको इन्धन बजार कालोबजारीको नियन्त्रणमा पुगिसकेकोबारे सरकार जानकार रहेको बताउँदै उनले 'यसप्रति सरकारको ध्यानाकर्षण भइरहेको' बताउँदै कालोबजारी र तस्करी नियन्त्रण र समाधानउन्मुख रहेको दाबी गरे।
मधेस–तराईमा जारी आन्दोलनसँगै बढेको सुरक्षा चुनौती सामना गर्न मन्त्रालयले डेढ महिनाअगाडिनै नाका र राजमार्ग अवरोधविहीन बनाउन विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याए पनि नाकाको अवस्था उस्तै छ। राजमार्गको सुरक्षा प्रवन्धमा केही सुधार देखिए पनि नाकालाई अवरोधविहीन बनाउन गृह प्रशासन सफल भएको छैन।
न्यून संख्यामा रहेको आन्दोलनकारीले नेपाल–भारतको मुख्य नाका रक्सौल अवरोध गर्दा इन्धन लगायत अत्यावश्यक सामग्री आपूर्ति सहज हुन सकेको छैन। मन्त्री बस्नेतले मधेसमा जारी आन्दोलन र शान्तिसुरक्षा बहाल गर्न मन्त्रालयले अपनाउने नीतिबारे एक मत नहुँदा संंयम अपनाइएको बताए। उनले छलफल र संवादमार्फत मधेसमा जारी समस्या समाधान होस् भन्ने मन्त्रालयको लक्ष्य रहे पनि यसलाई कमजोरीका रुपमा भने हेर्न नहुने प्रस्टीकरण दिए।
'शान्तिसुरक्षा बहालीका लागि अपनाउने कार्यविधि कसैलाई जायज लाग्छ कसैलाई दमन,' उनले कार्यक्रममा भने, 'नागरिकको जिउधन संरक्षणका लागि गृहले काम गर्दा वार्ता भाँडेको भन्ने आरोपसमेत लाग्ने गरेकाले हामी बढी सचेत छौं, तर यो हाम्रो कमजोरी होइन।'
सप्तरीको नर्घो गाविसमा गोली हानी नेपाल प्रहरीको असई रमेश सुब्बाको हत्याको जिम्मेवारी जयकृष्ण गोइत नेतृत्वको भूमिगत सशस्त्र समूहले लियो। सो घटनाले मधेसमा भूमिगत समूह पुनः सक्रिय भएको देखिए पनि गृहमन्त्री बस्नेत गम्भीर देखिएनन्।
संविधान जारी भएसँगै मुलुक नयाँ दिशामा अगाडि बढेको राजनीतिक वक्तव्यदिँदै उनले'परिवर्तनको संघारमा अन्य मुलुकमा यस्ता घटना हुने गरेको' भन्दै भूमिगत समूहको सक्रियताको विषयलाई पन्छाए।
गृहमन्त्री बस्नेतले राष्ट्रिय सुरक्षा नीतिका आधारमा आन्तरिक सुरक्षा नीति बनाएर मन्त्रालय अगाडि बढ्ने दाबी गरे। तर हालसम्म सरकारले राष्ट्रिय सुरक्षा नीति नै बनाएको छैन। यसविषयमा जिज्ञासा राख्दा उनले'राष्ट्रिय सुरक्षा परिषदले राष्ट्रिय सुरक्षा नीति बनाइरहेको र मन्त्रालयले पनि सँगसँगै आन्तरिक सुरक्षा नीति बनाउन सुरु गरेको' बताए।
कार्यक्रम अवधिभर तीनवटै सुरक्षा निकायका प्रमुख मौन रहे। राजमार्ग, सहायक राजमार्ग अवरोध हुन नदिने, यातायातमा देखिएको सिन्डिकेट समाप्त पार्ने, जिल्लाको सुरक्षा र सीमा अवस्थाबारे तथ्यगत जानकारी लिन जिल्लागत अपराध र सीमासम्बन्धी प्रोफाइल लिने, अपराध अवस्थाका आधारमा, सुरक्षा चौकी विस्तार र स्तरोन्नति गर्ने, सिंहदरबार लगायत मुख्य सहरमा सिसिटिभी जडान गर्ने, सबै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने, सबै जिल्ला प्रहरी कार्यालयमा १०० नम्बर पुर्या,उने र महानगरीय प्रहरी आयुक्त कार्यालयले बनाएको हाम्रो प्रहरी एप्स देशभर विस्तार गर्ने, लागुऔषध नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम गर्ने लगायत कार्ययोजना सार्वजनिक गरेर गृहमन्त्री बस्नेतले कार्यक्रम समापन गरे।