काठमाडौं- नारायणहिटी दरबार संग्रहालय परिसरभित्र छ राहदानी विभाग। दरबारको पश्चिमी ढोकाबाट प्रवेश गरे पुगिन्छ विभागमा, जहाँ २०६५ साल जेठसम्म पूर्व राजा ज्ञानेन्द्र शाहको निजी सचिवालय थियो। दरबारको मुख्य भवन र विभागबीच केही खाली ठाउँ छ। त्यहीँ केही फोहर राख्ने भाँडासँगै भेटिन्छ, कालो रंगको कार।
दिनको हजारभन्दा बढी मानिस पासपोर्ट लिन विभाग पुग्छन्। तर न कसैको ध्यान त्यो कारमा परेको छ न त्यो कारले नै कसैलाई आकर्षण गर्न। कारका दुवै लुकिङ ग्लास फुटेका छन्। कार धुलाम्य छ। धुलोले कारको वास्तविक रंगलाई छोपिसकेको छ। कारको वास्तविक रंग कालो हो कि खैरो, छुट्याउन गाह्रोपर्छ। बा१च ९२९४ कारको नम्बर प्लेटमा उल्लेख छ। कारको अगाडिपट्टि नम्बर प्लेटको थोरै माथि अंग्रेजीमा लेखिएको छ– मर्सिडिज बेन्ज।
वर्षौं भयो यो मर्सिडिज बेन्ज त्यहाँ थन्केको। कसैले 'मेरो हो' भन्दै दाबी गर्न आएको छैन। राहदानी विभागको कम्पाउन्डभित्र रहेको यो कार कसको हो भन्नेबारे विभाग बेखबर छ। राष्ट्रपतिलाई शीतल निवास छोड्नुपरेपछि परराष्ट्र मन्त्रालय केही समय अहिले विभाग रहेको भवनमा रह्यो। पछि मन्त्रालय सिंहदरबारस्थित अर्थ मन्त्रालयको भवनमा सर्योर। राहदानीको काम भने त्यहीँ पूर्व राजाको सचिवालय रहेको भवनबाटै सञ्चालन गर्योर।
परराष्ट्र मन्त्रालयले उक्त मर्सिडिज बेन्ज आफ्नो सम्पति नरहेको बतायो। यातायात व्यवस्था विभागमा यसको रेकर्ड भेटिने सुझाव परराष्ट्रले सुझायो। विभागले कारको विवरण यातायात कार्यालय बाग्मतीमा भेटिने बतायो। निकैबेर खोजी गरेपछि कारको फाइल भेटियो। तर बा१च ९२९४ को कार मर्सिडिज बेन्च नभई निसान कार थियो। निसान कार सर्वोच्चका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको नाममा दर्ता छ।
निसान कार २०५३ मंसिर २५ गते वीरगन्ज नाकाबाट भन्सार छुटमा भिœयाएको देखिन्छ। जापानस्थित नेपाली दूतावासबाट नेपाल ल्याइएको थियो निसान कार। राहदानी विभागको कम्पाउन्डमा रहेको कारमा स्पष्ट 'मर्सिडिज बेन्ज' लेखिएको छ। कारको नम्बर मिल्यो तर ब्रान्ड मिलेन। एउटै नम्बर दुईवटा कारमा, यस्तो त नहुनु पर्ने!
'मेरो निसान कारको नम्बर बा१च ९२९४ हो। एउटै नम्बर दुई वटा कारमा हुनै सक्दैन। विभागमा रहेको मर्सिडिज बेन्जमा कसरी मेरो कारको नम्बर पर्योर?' भण्डारीले उल्टो जिज्ञासा राखे।
यातायात कार्यालय बाग्मतीले कार नारायणहिटी दरबार संग्रहालयभित्र रहेकाले त्यसबारे नेपाल ट्रस्टलाई केही जानकारी हुनसक्ने सुझायो। तत्कालीन राजा वीरेन्द्रको सम्पूर्ण निजी सम्पत्तिको रेखदेख गर्ने जिम्मेवारी ट्रस्टले पाएको छ। एकछिन सोधपुछ गरेपछि ट्रस्टका सचिव भीम उपाध्यायले भने, 'त्यो कार हाम्रो सम्पत्ति होइन।'
गणतन्त्र घोषणासँगै तत्कालीन सरकारले नारायणहिटीमा रहेका सम्पूर्ण सम्पत्ति नारायणहिटी दरबार संग्रहालयलार्य दिने निर्णय गरेको स्मरण गर्दै उपाध्यायले सुझाव दिए, 'संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नारायणहिटी दरबार संग्रहालय छ। संस्कृति मन्त्रालयलाई यसबारे थाहा हुन्छ।'
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहप्रवक्ता प्रमोद नेपालले संग्रहालय संस्कृति महाशाखाले हेर्ने बताउँदै महाशाख प्रमुख भरतमणि सुवेदीसँग कुरा गर्न आग्रह गरे। सुवेदीको सुझाव थियो, 'नारायणहिटी दरबार संग्रहालयका प्रमुख रोहित ढुंगानालाई थाहा होला।'
अनि भेटिए ढुंगाना।
'त्यो कार तत्कालीन राजा वीरेन्द्रको हो। बुलेट प्रुफ मर्सिडिज बेन्ज,' कार रहेको स्थान र नम्बर प्लेट सुन्नेबित्तिकै ढुंगानाले भने, 'वीरेन्द्र आफैंले पनि त्यो कार चलाउनुभएको थियो।' ढुंगानाका अनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को तेस्रो शिखर सम्मेलन काठमाडौंमा आयोजना हुँदा त्यो कार तत्कालीन राजा वीरेन्द्रले किनेर ल्याएका थिए। सार्कको तेस्रो शिखर सम्मेलन २०४४ कात्तिक १६ देखि १८ सम्म काठमाडौंमा भएको थियो।
सम्मेलनमा सहभागी हुन भुटानबाट तत्कालीन राजा, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका तत्कालीन राष्ट्रपति र भारत र पाकिस्तानका तत्कालीन प्रधानमन्त्री काठमाडौं आएका थिए। उक्त मर्सिडिज बेन्ज तेस्रो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि भनेर ल्याइएको थियो। सम्मेलन सम्पन्न भएपछि कार वीरेन्द्रले प्रयोग गर्दै आएका थिए। 'त्यो मर्सिडिज कार तत्कालीन राजा वीरेन्द्रको व्यक्तिगत प्रयोगमा थियो,' उनले भने।
मर्सिडिज बेन्जको ब्लुबुक 'श्री ५ महाराजाधिराज' को नाममा रहेको ढुंगाना बताउँछन्। २०५८ सालमा तत्कालीन राजा वीरेन्द्र हत्यापछि उनका भाइ ज्ञानेन्द्र शाह राजा भएका थिए। त्यसपछि त्यो कार ज्ञानेन्द्रले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएका थिए। २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उक्त मर्सिडिज बेन्ज परराष्ट्र मन्त्रालयलाई प्रयोग गर्न दिइएको थियो, जति बेला ज्ञानेन्द्र राजा नै थिए।
'२०६४ सालमा एक जना ठूला विदेशी पाहुना आउँदा उनका लागि भन्दै परराष्ट्रले उक्त कार मागेर लगेको हो। ब्लुबुक पनि लगेको थियो। तत्कालीन राजा ज्ञानेन्द्रले नै गाडी दिनुभएको हो,' ढुंगानाले भने, 'कारको सबै कागजात परराष्ट्रसँग छ। त्यो कार हाम्रो हो भन्ने कुनै आधार हामीसँग छैन।' राहदानी विभाग कम्पाउन्डमा मिल्काएर राखिएको तत्कालीन राजा वीरेन्द्रको मर्सिडिज बेन्ज अहिले किन्नुपरे कम्तीमा ३ करोड रुपैयाँ लाग्छ।
गत वर्ष सार्कको १८ औं शिखर सम्मेलन काठमाडौंमा हुँदा अति विशिष्ट व्यक्तिका लागि बुलेट ब्रुफ कार नहुँदा सरकारले आधा दर्जन बुलेट प्रुफ कार भारतबाट झिकाएको थियो। सम्मेलन सम्पन्न भएपछि ती बुलेट प्रुफ कार भारतलाई फिर्ता गरिएको थियो। बुलेट प्रुफबाहेक सम्मेलनका लागि अन्य ३२ वटा मर्सिडिज तथा बिएमडब्लु गाडी पनि सरकारले भाडामा भारतबाट ल्याएको थियो।
'चल्दाचल्दैको कार थन्काएर राखिएको हो। मर्मत गर्योल भने त्यो कार चल्छ। त्यो पनि नभए नाराणहिटी संग्रहालयमा थुप्रै ठाउँ खाली छ। त्यति पुरानो, तत्कालीन राजाले किनेको र प्रयोग गरेको कार संग्रहालयमा राख्ने हो भने संग्रहालयकै सान बढ्थ्यो,' ढुंगानाले भने।