काठमाडौं–हिमाली क्षेत्रका भूकम्प पीडितलाई पुन न्यायो कपडा वितरण गरिने भएको छ। आइतबार बसेको विकास समितिको बैठकमा प्रधानमन्त्री केपी ओलीले हिमाली क्षेत्रका ६ हजार भूकम्प पीडितलाई न्यायाे कपडा वितरण गरिने जानकारी दिए।सरकारले यसअघि भूकम्प पीडितलाई न्यायो कपडा किन्न भन्दै प्रतिपरिवार १० हजार वितरण गरेको थियो। सो अवसरमा प्रधानमन्त्री ओलीले भूकम्प पीडितलाई न्यायो कपडा खरिद गर्न ५ अर्ब ९९ करोड निकास भएको जानकारी दिए। सो रकममध्ये बिहीबार साँझसम्म ४ अर्ब ९० करोड वितरण भइसकेको प्रधानमन्त्रीले जनाए। सो रकम ४ लाख ८२ हजार ७ सय ५७ घर परिवारले पाइसकेका प्रधानमन्त्रीले जानकारी दिए। सरकारले ५ लाख ९९ हजार ६ सय २० घर परिवारलाई न्यानो कपडा किन्न रकम उपलब्ध गराउने लक्ष्य लिएको उनको भनाइ थियो।
प्रधानमन्त्रीले हिमाली क्षेत्रका भूकम्प पीडित विरामी पर्न थालेको भन्दै मेडिकल टिम पठाउने वा सेना, सशस्त्र र नेपाल प्रहरी पठाउने भन्ने विषयमा छलफल भइरकेको जनाए। यसैगरी प्रधानमन्त्रीले पुर्ननिर्माण कोषमा विदेशी दातृ निकायले ४ खर्ब उपलब्ध गराउने प्रतिबद्धता जनाएको हालसम्म ९१ करोड रुपैयाँ आउने विषयमा सम्झौता भइसकेको जनाए। सरकारले १७८ गाविस, ७४ नागरपालिका बनाउन दश लाखका दरले रकम निकासा गरेको बैठकमा जानकारी गराइयो। बैठकमा प्रधानमन्त्री, गृहमन्त्री र भौतिक योजना मन्त्रीको उपस्थिति थियो।