काठमाडौं- भूकम्पपीडितको उद्धार गर्दै समयमै पुनर्निर्माणको काम थाल्न संसदीय समितिले निरन्तर निर्देशन दिए पनि सरकार भने अहिलेसम्म संवेदनशील बनेको छैन। भूकम्पलगत्तै संसदका विभिन्न समितिले राहात, उद्धार र पुनर्निर्माणका काममा तीव्रता दिनुपर्ने निर्देशन दिँदै आएका छन्। तर, सरकार यसलाई सामान्य घटना ठान्दै छलफलमै सीमित छ।
भूकम्पको ३ दिनभित्रै विकास समितिले सरकारलाई तत्काल उद्धार र राहतमा जुट्न निर्देशन दिएको थियो। त्यसयता विकाससहित सार्वजनिक लेखा, आर्थिकलगायत समितिले दर्जनौं पटक एउटै निर्देशन दिँदै आएका छन्। तर, यसलाई बेवास्ता गर्दै सरकार कानमा तेल हालेर बसेको छ।
विकास समितिको आइतबारको बैठकमा समेत उद्धार र पुनर्निर्माणको काम थाल्ने विषयमा सरकारको पुरानै क्रियाकलाप तथा भाषा दोहोरियो। बैठकमा प्रधानमन्त्री केपी ओलीसहित गृह, अर्थ, भौतिक पूर्वाधार मन्त्री, सरोकारवाला मन्त्रालयका सचिव र उच्च सरकारी कर्मचारी उपस्थित थिए। तर, काम थाल्नेबारे कसैले प्रस्ट आधार प्रस्तुत गरेनन्।
हिमाली तथा पहाडी क्षेत्रमा धमाधम पीडितको मृत्यु हुँदासमेत सरकारको ध्यान नजानु विडम्बना भन्दै अधिकांश सभासदले सरकारप्रति आक्रोश व्यक्त गरेका थिए। बर्खायाममै भूकम्पपीडितले दुःख पाइरहेको भन्दै तत्काल उद्धार र पुनर्निर्माणको काम अघि बढाउन समितिले निर्देशन दिएको थियो।
समितिले त्यसयता झन्डै दर्जन पटक निर्देशन दिइसकेको छ। तर, निर्देशन कार्यान्वयनमा सरकार कहिल्यै संवेदनशील नभएको सभापति रविन्द्र अधिकारीले बताए। जाडोका बेला पहाडी तथा हिमाली क्षेत्रको जनजीवन ज्यादै कष्टकर बन्दै गएको औंल्याउँदै यसका लागि तत्काल संयन्त्र परिचालन गर्न समितिले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो।
प्रधानमन्त्री ओली भने करिब २० मिनेट बसेर सुरुमै आफ्ना कुरा राखेर बाहिरिएका थिए। संविधान जारीपछि केही राजनीतिक अस्थिरताका कारण पुनर्निर्माणको काम अघि बढ्न नसकेको उनले बताए। 'आपूर्ति व्यवस्था चुस्त बनाउँदै हिमाली तथा पहाडी क्षेत्रमा राहत पुर्याोइँदैछ,' उनले भने, 'पीडितलाई दिने निर्णय भएको प्रतिपरिवार २ लाख रुपैयाँ छिट्टै वितरण हुनेछ।'
बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले जटिल भौगोलिक अवस्था भएकाले भूकम्पपछिको लामो समयसम्म राहत र उद्धारमै समय भएको बताए। 'हिमाली जिल्लालाई प्राथमिकता दिएर न्यानो कपडा बाँड्ने र स्वास्थ्यकर्मी पठाइएको छ,' उनले भने, 'उद्धार र राहातका लागि निरन्तर आर्मी र प्रहरी परिचालन गरिएको छ।'
प्रधानमन्त्री बाहिरिएपछि अधिकांश सभासदले सरकारको कडा आलोचना गरेका थिए। सांसद अमृतकुमार बोहोराले सरकारले अहिलेसम्म पीडितका लागि राहतसमेत पुर्याकउन नसकेको भन्दै आलोचना गरे। '९ महिना बितिसकेको छ, दिगो घर बनाउने र ऋण दिने काम कहिले हुन्छ?' उनले भने, 'राहत वितरणमा भौगोलिक कारण देखाइएको छ, पुनर्निर्माणको काम अहिलेसम्म युद्धस्तरमा हुनुपर्ने हो, कुनै क्षेत्रमा पनि सरकारको गम्भीरता देखिएन।' प्रतिपीडित १० हजार रुपैयाँका दरले अहिलेसम्म ५ लाख ५० हजार घरलाई राहत बाँडिएको मन्त्री बस्नेतले जानकारी दिए।
मुगु, डोल्पा लगायत हिमाली क्षेत्रका बासिन्दा जाडोमा तल्लो भेगमा अस्थायी बसाइ सर्ने हुँदा समस्या जटिल नभएको औंल्याउँदै बस्नेतले तल नझरेका बासिन्दाका लागि राहत र स्वास्थ्यकर्मी परिचालन गरिएको दोहोर्याेए। परिचयपत्र वितरण र रेकर्ड गरिएको पीडितको नम्बरमा भिन्नता देखिएकाले पनि राहत र उद्धारका काममा समस्या देखिएको बस्नेतले बताए।
विकास समितिले वैशाख १५ देखि मंसिरदेखि पुससम्म दर्जन पटक काम गर्न निर्देशन दिए पनि सरकार र सरकारी अधिकारीले उक्त निर्देशन टेबलमुनि थन्क्याएको सभापति अधिकारीले आरोप लगाए। 'समितिको निर्देशन सरकारले निरन्तर लत्याएर गलत गरिरहेको छ,' उनले भने, 'पीडितलाई आशमात्र नदेखाइयोस्, आन्तरिक गृहकार्य गरेर तत्काल काम सुरु गर्नुपर्छ।'
पीडितलाई अनुदान र राहत बाँड्न बजेटको भने अभाव नरहेको अर्थ मन्त्रालयले जनाएको छ। केही क्षेत्रको तथ्यांकमा स्पष्टता नभएकाले पनि राहतलक्षित रकम निकासा गर्न नसकिएको अर्थ सचिव लोकदर्शन रेग्मीले बताए।
'अहिलेसम्म ९ अर्ब ५० करोड रुपैयाँ निकासा भइसकेको छ, सरकारले यसअघि पुनर्निर्माण कोषमा १० अर्ब रुपैयाँ जम्मा गरिसकेको छ,' उनले भने, 'सही तथ्यांक नआएकाले रुजु गर्ने काम भइरहेको छ।' पुनर्निर्माणमा दाताबाट ४ खर्ब १ अर्ब रुपैयाँको प्रतिबद्धता आएकोमा अहिलेसम्म ९१ अर्ब रुपैयाँको सम्झौता भएको उनले जानकारी दिए।
पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरेर काम भइरहेको जानकारी दिँदै सहरी विकास सचिव दीपेन्द्रनाथ शर्माले सरोकारवाला निकायको सहयोग भए दुई सातामा पुनर्निर्माणको काम सुरु हुने बताए। 'प्राधिकरणले भूकम्पले भत्केका संरचनाको तथ्यांक संकलनमा समय लाग्ने भनेको छ,' उनले भने, 'तथ्यांक आउन ढिला हुने हो भने काम थाल्न पनि समय लाग्छ।'
अघिल्लो सरकारले भूकम्पलगत्तै विपतपछिको आवश्यकता पहिचान (पिडिएनए) गरी भूकम्पबाट करिब ७ खर्ब ६ अर्ब रुपैयाँबराबरको संरचना क्षति भएको आकलन गरेको थियो। त्यसको पुनर्निर्माणमा करिब ७ खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो। तर, पिडिएनएले एकिन तथ्यांक समेट्न नसकेकाले अहिले विश्व बैंकको आर्थिक सहयोगमा केन्द्रीय तथ्यांक विभागले अर्को सर्वेक्षण गरिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले जानकारी दिए।
अझै पनि छलफल र आलटाल गरेर पुनर्निर्माणको काममा ढिलाइ नगर्नसमेत समितिले सरकारलाई चेतावनी दिएको छ। भूकम्पपीडितलाई उपलब्ध गराउने भनिएको ऋण तथा सहुलियत रकम सरल, छोटो, स्पष्ट प्रक्रियाबाट वास्तविक भूकम्प पीडितले छिटो पाउने कार्यप्रणाली बनाएर छिटो ऋण तथा सहुलियत रकम उपलब्ध गराउन समितिले निर्देशन दिएको छ।
भूकम्पछि विकास समितिका निर्देशन
२०७२ वैशाख १५ गते
२०७२ वैशाख २५ गते
२०७२ जेठ १ गते,
२०७२ जेठ २६ गते
२०७२ असार १ गते
२०७२ साउन १८ गते
२०७२ मंसिर ७ गते
पुनर्निर्माणको आधार वैशाख १२ सम्म बन्छ : ज्ञवाली
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले आउँदो वैशाख १२ सम्म पुनर्निर्माणको आधार तय हुने बताएका छन्। भूकम्पपछिको पुनर्निर्माण गर्न क्षति पुगेका निजी घर तथा सरकारी संरचनाको एकिन तथ्यांक नभएकाले काम थाल्न समय लाग्ने बताएका हुन्।
आवास निर्माणका लागि विभिन्न दातृ निकायबाट प्राप्त हुने अनुदान परिचालनका लागि विस्तृत विवरणको सर्वेक्षण गर्नुपर्ने प्रावधान रहेकाले हाल दोलखा र रसुवामा सर्वेक्षणको काम भइरहेको उनले जानकारी दिए।
उनका अनुसार आगामी तीन हप्ताभित्र जिल्लामा प्रतिजिल्ला सय इन्जिनियर र समुदाय परिचालक गरी करिब ३ हजार जना खटाउने तयारी भइरहेको छ। 'आगामी एक महिनाभित्र सबै जिल्लामा सर्वेक्षण कार्य सम्पन्न हुन्छ,' उनले भने, 'त्यसपछि सबै गाविसमा आवास निर्माण कार्य अगाडि बढाउने तयारी छ।'
प्रत्येक जिल्लामा 'जिल्ला समन्वय समिति' गठन गरी सचिवालय स्थापना गरिनेछ भने आवास पुनर्निर्माण कार्यमा स्थानीय जनतालाई सहयोग पुर्याजउन निश्चित गाविस/नगरपालिकालाई समेटी पायक पर्ने स्थानमा स्रोत केन्द्र स्थापना गर्ने प्राधिकरणले जानकारी दिएको छ।
पुनर्निर्माणलाई गति दिन तथा राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रिय समुदायमा समेत नयाँ ऊर्जा सञ्चार गर्न आगामी माघ २ देखि वैशाख १२ सम्म राष्ट्रिय पुनर्निर्माण महाअभियान सुरु हुने ज्ञवालीको भनाइ छ। उनका अनुसार २०७३ वैशाख १२ सम्ममा भूकम्प प्रभावित गाविस/नगरपालिकामा पुनर्निर्माणको काम सुरु हुनेछ।