काठमाडौं–आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध र संविधान निमार्ण नेतृत्वकर्ता प्रमुख तीन दलकोबीचको संयुक्त कार्यदलको संयुक्त बैठक सोमबार साँझसम्म पनि बस्न सकेको छैन्।प्रमुख तीन दलले खबर गरे पछि बस्ने भनिए पनि जानकारी नआएकाले सोमबार बैठक बस्न नसकेको संघीय समाजवादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । 'हिजोको सहमति अनुसार उहाँ (तीन दल)हरुले १ बजे देखि ३ बजेको समय भित्र बैठक बस्ने भनिएको थियो तर अहिलेसम्म खबर आएको छैन,' कार्यदलका सदस्यसमेत रहेका श्रेष्ठले भने, 'अब आज बैठक बस्दैन् ।'
प्रमुख तीन दलका कार्यदलको खबर आउने प्रतिक्षामा मोर्चाका कार्यदल बसेको उनको भनाइ छ। राजनीतिक समिति गठन गरी सीमाङकन टुंग्याउने तीन दलको प्रस्तावमा पछिल्लो समय मोर्चा सकारात्मक भए पनि त्यसको ग्यारेन्टीको माग गरेको छ । तराई–मधेसमा दुई प्रदेश बनाउनु पर्ने बिषयमा प्रमुख दल सहमत भए राजनीतिक समिति स्विकार्य भएको मोर्चाले जनाउँदै आएको छ । तर, प्रमुख तीन दलले दुई प्रदेशको प्रत्याभूति दिन नसक्ने जनाउँदै आएको छ।