काठमाडौं–निर्धारित समयभन्दा एक घण्टा ढिला गरी सुरु भएको तीनदल–मोर्चा कार्यदलको बैठक गृहकार्य नपुगेको भन्दै निष्कर्षमा पुग्न सकेन। मंगलबार सिंहदरबारमा बसेको बैठकमा सरकारी कार्यदलले थप गृहकार्य गर्नुपर्ने बताएपछि बैठक बिहीबार एक बजेसम्मका लागि स्थगित भएको हो।त संविधान संशोधनलगायतका विषयमा सहमति खोज्ने प्रस्ताव राखेको थियो।मोर्चाले बैठकको सुरुमा नै सीमाकंनको विवाद समाधान गर्न तीन दलीय कार्य दलले प्रस्ताव गरेको राजनीतिक संयन्त्रको कार्यक्षेत्र र वैधानिकताका विषयमा प्रश्न राखेका थिए। उनीहरुले मोर्चाको मुख्य माग सीमाकंन भएको र सीमाकंनमा देखिएको विवाद समाधानको भरपर्दो समाधान गर्ने विधिबारे स्पष्ट हुनुपर्ने अडान राखेको बैठकमा सहभागी मोर्चा कार्यदलका सदस्य रामनरेश यादवले जनाए।
'हामीले यसअघि पनि सीमाकंनको समस्या समाधानका लागि भरपर्दो प्रस्ताव ल्याउन आग्रह गरेका थियौं,' उनले भने,'आज (मंगलबार) को बैठकमा पनि सोही कुरा उठायौं।' मोर्चाले सीमाकंनका विषयमा परपर्दो आधार खोजेपछि तीन दलीय कार्यदलले प्रयाप्त गृहकार्य गरेर बिहीबार बैठक बस्ने प्रस्ताव गरेको थियो। करिब दुई घण्टा चलेको बैठकमा मोर्चाका अन्य मागका विषयमा छलफल भएपनि कुनै विषयमा पनि सहमति नभएको नेताहरुले जनाएका छन्।
पुस ५ मा सरकारले मधेसका माग सम्बोधन गर्ने भन्दै तीन बुँदे विषेश प्रस्ताव ल्याएपछि सो विषयमा सरकार र मोर्चाबीच पटक–पटक बैठक हुँदै आएपनि निष्कर्षमा पुग्न सकेका छैनन्। विवादित विषयमा छलफल केन्द्रित गर्न संविधान निर्माणमा मुख्य भूमिका निर्वाह गरेको तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच कार्यदल बनाएर विवाद समाधान गर्ने गरी वार्ता हुँदै आएको छ।