काठमाडौं – नेपाल स्थित कुटनीतिक नियोगका प्रमुखहरुले सरकारसँग वर्तमान समस्या समाधानको आधार माग गरेका छन्। उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले वर्तमान संकटको निकास छिट्टै निस्कने बताएपछि कुटनीतिज्ञहरुले त्यसको आधार के हो भनि प्रश्न गरेका थिए।
परराष्ट्र मन्त्रालयमा मंगलबार अपरान्ह काठमाडौंस्थित कुटनीतिक नियोगका प्रमुखहरुलाई नेपालको 'पछिल्लो राजनीतिक परिस्थिति'को बारेमा जानकारी गराउन आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्री थापाले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता सकारात्मक रहेको र नाका सुचारु गर्न भारत सरकारसँग सम्पर्क भैरहेको बताएका थिए। आफ्नो लिखित मनतब्यमा उप प्रधानमन्त्री थापाले राजनीतिक अवस्था, संविधान संशोधन, पुनर्निर्माण र अन्य विकासका निर्माणको कामका प्राथमिकताको बारेमा जानकारी गराएका थिए।
कुटनीतिक ब्रिफिङमा उप प्रधानमन्त्री थापाले अत्यावश्यक सामग्री र इन्धान आयातमा अवरोध भएको कारण मानवीय संकट उत्पन्न हुने संभावना रहेको बताएका छन् । सबैभन्दा धेरै सामाग्री आयात हुने वीरगञ्ज–रक्सौल नाकामा जारी रहेको अवरोधको कारणले मानवीय संटक उत्पन्न हुनसक्ने चेतावनी दिएका छन् ।