काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमै सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका २४ हजार ३ सय ७६ जनालाई ५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ।
सम्पत्ती विवरण नबुझाउने पूर्वमन्त्रीदेखि बाहलबाला सांसद र शिक्षकहरुसमेत रहेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रवक्ता कृष्णहरि पुष्करले बताए। सम्पत्ति विवरण नबुझाउने तीन जाना पूर्वमन्त्रीहरुमा हालै उत्कृष्ट अर्थमन्त्रीका रुपमा सम्मानित भएका रामशरण महत, अघिल्लो सरकारमा ऊर्जामन्त्री रहेकी राधाकुमारी ज्ञवालाी र अघिल्लो सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री रहेकी निलम केसी छन्।
त्यस्तै, प्रमुख दलका शीर्ष नेतासमेत रहेका बाहालबाला ५२ जना सांसदले पनि कानूनबमोजिम सम्पत्ति विवरण नबुझाएको देखिएको प्रवक्ता पुष्करले बताए। 'शीष दलका शीर्ष नेतासमेत रहेका सांसदले पनि सम्पत्ति विवरण बुझाएका छैनन्,' प्रवक्ता पुस्करले भने। त्यस्तै, ११ हजार २ सय ६८ जना शिक्षक, २ हजार ३ सय ८८ सैनिकसमेत रहेका उनले बताए।
सम्पत्ति विवरण नबुझाएकाहरुलाई ऐनअनुसार ५ हजारका दरले जरिवाना गर्न लागेको प्रवक्ता पुष्करले बताए । 'जरिवानाबापत कुल १२ करोड १८ लाख ८० हजार रुपैयाँ संकलन हुने देखिन्छ,' उनले भने।