झापा–एक सातायता नाका पूरै सहज बनेपछि काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको राजस्व असुली दर बढेको छ । असोज ६ देखिको भारतीय नाकाबन्दीपछिको लामो समय आपूर्ति असहज बन्दा भन्सारको राजस्व असुली प्रभावित बनेको थियो।'अहिले भारतीय भूमिमा कुनै पनि अवरोध छैन, हाम्रा गाडी उता रोकिएका छैनन्', मेची भन्सार प्रमुख भीमप्रसाद अधिकारीले भने, 'सात दश दिन भयो आपूर्ति व्यवस्था सहज छ ।' उनका अनुसार असोज ६ गते अघिको सहज अवस्थामा झैं अहिले दैनिक २ सय वटाको दरमा मालबाहक गाडीहरु काँकडभिट्टा नाकामा भित्रिरहेका छन् ।
त्यसमा ८० प्रतिशत हिस्सा कोइला र क्लिंकरको छ भने बाँकी २० प्रतिशत खाद्य सामग्री, इन्धन र तेस्रो मुलुकबाट आउने जुस, कपडा तथा इलेक्ट्रोनिक सामान छन् । यी सामानहरु अहिले नियमित रुपमा बिना अवरोध आइरहेका छन् । व्यवसायीहरु पनि केही समययता निर्वाध कारोबार भइरहेको बताउँछन् ।
आन्दोलनकारी मधेशी मोर्चाको कुनै अवरोध नभए पनि काँकडभिट्टा नाका पनि नाकाबन्दीको मारमा लामो समय पर्यो । शुरुको डेढ महिना जति दैनिक पाँचदेखि १० वटा मालबाहक गाडी छिर्न पनि मुश्किल थियो । जसका कारण मेची भन्सारले लक्ष्य गरेको राजस्व असुली पूरै प्रभावित भयो।
यद्यपि पछिल्लो महिना दिनयता आवागमन केही खुकुलो बन्दा चाहिँ भन्सारले राजस्व असुली बढाएको छ । यसपटकको पहिलो अर्ध वार्षिक लक्ष्य हासिल गर्न भन्सार सफल भएको छ । मेची भन्सारले साउनदेखि पुससम्मको अर्धवार्षिक लक्ष्य २ अर्ब ६१ करोड रुपैयाँ निर्धारण गरेको थियो । पुस मसान्तको एक दिनअघिसम्ममा भन्सारले २ अर्ब ९३ करोड रुपैयाँ राजस्व असुलेको छ । यो शतप्रतिशतभन्दा १२ प्रतिशतले बढी हो ।
भन्सारका अनुसार गएको साउनमा ३४ करोड ७ लाख लक्ष्यमा ४३ करोड ६५ लाख असुली भएको थियो । भदौमा लक्ष्य भेटिएको थिएन । ४८ करोड २७ लाख लक्ष्य निर्धारण हुँदा त्यो महिनामा ३४ करोड ८८ लाख मात्रै असुली भएको थियो । नाकाबन्दी शुरु भएको असोज महिनामा पनि लक्ष्य हासिल हुन सकेन ।
४२ अर्ब ५९ लाख लक्ष्य तोकिएको असोजमा ४० करोड ७ लाख मात्रै असुली भएको थियो । नाकाबन्दीको असर कात्तिकको राजस्वमा पनि देखा पर्यो । ४५ करोड ४३ लाख लक्ष्य राखेको महिनामा ४१ करोड ५९ लाख मात्रै उठ्यो । तर, पछिल्लो दुई महिना मंसिर र पुसमा भने लक्ष्यभन्दा धेरै राजस्व असुली भएको छ । दुईटै महिनाका लागि निर्धारित लक्ष्य ४५ करोड ४३ लाख हो । त्यसमध्ये मंसिरमा ७० करोड ४३ लाख र पुसमा ७४ करोड ४७ लाख असुली भएको छ ।
'पछिल्लो समयमा आपूर्ति बढेपछि यो सम्भव भयो', भन्सार प्रमुख अधिकारीले भने 'अब यस्तै अवस्था रह्यो भने वार्षिक लक्ष्य पनि पूरा हुन्छ ।' उनका अनुसार चालु आर्थिक वर्षका लागि ५ अर्ब ६४ करोड रुपैयाँ राजस्वको लक्ष्य भन्सारले निर्धारण गरेको छ ।