काठमाडौं–काठमाडौंमा अवस्थित तराई–मधेस केन्द्रित दलका केन्द्रीय कार्यालयमा असुरक्षा महशुश भए पछि अचानक सुरक्षाकर्मी देखा परेका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा कार्यालयमा सुरक्षाकर्मी देखा परेका हुन्।बिजुलीबजारस्थित तमलोपा कार्यालयमा ज्ञापन पत्र बुझाउने नाऊँमा युवाहरुको एउटा समुह प्रवेश गर्ने प्रयास गरेको जानकारी पाए पछि प्रहरी त्यहाँ पुगेका तमलोपा केन्द्रीय सदस्य मनिष मिश्रले बताए । 'दबाब दिने उद्देश्य भन्दै युवाहरुको एउटा समुह केन्द्रीय कार्यालयमा आउन खोजेको रहेछ, त्यही बेला प्रहरी आयो,' तमलोपा केन्द्रीय कार्यालयका मिश्रले भने । उनका अनुसार युवाहरुले उक्त समुह ज्ञापन पत्र बुझाउने औपचारिक खबर भने तमलोपा केन्द्रीय कार्याललाई भने जानकारी आएको थिएन ।
प्रहरी आए पछि युवाहरुको उक्त समुह ज्ञापन पत्र नै नबुझाई धोबी खोलाको किनार नै किनार अघि बढेको थियो । र, अहिले पनि उक्त कार्यालयको आसपासमा प्रहरी परिचालन भइरहेको उनले जानकारी दिएका छन् । ज्ञापन पत्र बुझाउने भन्दै युवाहरुको उक्त समुह बिजुलीबजारमा आइपुग्दा तमलोपा कार्यालयमा भने अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी बसिरहेका थिए । यता, साँझ तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय आसपासमा पनि प्रहरीको एउटा समुहले सुरक्षा दिएको छ ।
कार्यालयमा भौतिक आक्रामण हुन सक्ने खतरा देखिए पछि प्रहरी परिचालन गरिएको हुन सक्ने अध्यक्ष उपेन्द्र यादवको प्रेस सहयोगी महेश चौरसियाले बताए । 'दिउँसो बिजुली बजारमा युवाहरु आए पछि सम्भावित घटनालाई रोक्नका लागि यता (तीनकुने)मा पनि सुरक्षाकर्मी परिचालन गरिएको हुनुपर्छ ।' उनका अनुसार उक्त कार्यालय आसपासमा ४ बजे देखि सुरक्षाकर्मीको एउटा समुह बसिरहेको छ । तमलोपाका मिश्र र संघीय फोरमका चौरसियाले भने सत्तारुढ एमाले निकट युवा संघका प्रतिनिधिहरु ज्ञापन पत्र बुझाउने निऊँमा कार्यालय प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको जनाएका छन् ।
युवा संघका महासचिव किरण पौडेलले तराई मधेसका क्षेत्रमा भएको आन्दोलन स्थगित गर्न र नाकाबन्दी खोल्न दबाब दिने उद्देश्यसहित स्थानीय कमिटी मधेस केन्द्रित दलको कार्यालयमा गएको बताए। 'तराईमा जारी आन्दोलन, बन्द र नाका अबरोधका कारण त्यहाँका जनता नै सबैभन्दा पीडित छन, अब त्यसलाई स्थगित गर्नुहोस भनेर दबाब दिने उदेश्यसहित गएका हुन,' पौडेलले भने । उनका अनुसार दबाब दिने उदेश्यसहित युवा संघका स्थानीय प्रतिनिधि गए पछि प्रहरी परिचालन गरिएको हो।