काठमाडौं–प्रमुख तीन दलले मधेसी मोर्चालाई सहमतिमा ल्याएर पाँच गते संविधान संशोधन विधेयक पारित गराउने निर्णय गरेका छन्। प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेताको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राजनीतिक संयन्त्र गठनपछि त्यसको वैधाकिता र कार्यक्षेत्रका विषयमा मधेसी मोर्चाले प्रश्न उठाएपपछि तीन दलले राजनीतिक संयन्त्रलाई बैधानिकता दिन संसदमा लैजाने बारे छलफल गरेका हुन्।'राजनीतिक संयन्त्रको वैधानिकता पुष्टि गर्न संसदमा लैजाने बारे छलफल भयो,' तीन दलीय कार्यदल सदस्य मधेश आचार्यले नागरिकन्युजसँग भने,'सीमाकंन टुंग्याउने विषयमा समेत सकारात्मक छलफल भयो । यसअघि कार्यदलको बैठकमा तीन दलीय कार्यदलकोतर्फबाट उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भीम रावलले राजनीतिक संयन्त्रमार्फत तीन महिना भित्र सीमाकंनलगायतक विषय टुंग्याउने प्रस्ताव गरेका थिए। त्यसलाई मोर्चाले सकारात्मक रुपमा लिँदै त्यसको कार्यक्षेत्र र वैधानिकतामा प्रश्न उठाएको थियो। मोर्चाका शंकालाई निवारण गर्न तीन दलले संयन्त्र गठन गर्ने विषय संसदमा लैजाने निर्णय गरेका हुन्।
'मधेसी मोचालाईसमेत विश्वासमा लिएर पाँच गते बस्ने संसदको बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने सहमति भयो,' बैठकमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नागरिकन्युजसँग भने। संसद बैठक आगामी ५ गते बस्दैछ । बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूचि रहेको बताइएको छ।