'आधार मान्ने कि सन्दर्भ सामग्री'
०३ माघ २०७२
•
९ मिनेट पाठ
'आधार मान्ने कि सन्दर्भ सामग्री'
काठमाडौं- संविधान निर्माण नेतृत्वकर्ता प्रमुख तीन दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सीमांकनबारे विगतमा भएका सहमतिलाई 'आधार मान्ने कि सन्दर्भ सामग्रीका रुपमा मात्रै हेर्ने' भन्ने विषयमा विवाद कायमै रहेको छ।

मधेसी मोर्चाले आइतबार कार्यदलको संयुक्त बैठकमा अनौपचारिक रुपमा अघि सारेको ६ बुँदे प्रस्तावमध्ये २ नम्बर बुँदाको प्रस्तावको भाषामा प्रमुख दलले सहमति जनाउन नसक्दा सोमबारको वार्ता निष्कर्षविहीन हुन पुगेको हो। बैठकमा शीर्ष नेतृत्वसँग छलफल गरेर पुनः कार्यदलको बैठकमा सहमति जुटाउनका लागि प्रयास भने जारी राख्न भने दुवै पक्ष सहमत छन्।

'राजनीतिक संयन्त्रले राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समिति, राज्य पुनर्संरचना उच्चस्तरीय आयोग तथा अन्य समितिमा प्रस्तुत गरिएका विभिन्न प्रतिवेदनलाई आधार मान्दै तराई मधेसमा दुई प्रदेश रहने गरी प्रदेश संख्या र सीमांकन प्रस्तुत गर्ने' मोर्चाले सारेको दुई नम्बर बुँदामा उल्लेख छ।

मोर्चाले अघि सारेको उक्त बुँदाको 'आधार मान्दै तराई मधेसमा दुई प्रदेश रहने गरी' भन्ने शब्दावलीमा प्रमुख तीन दलले भने असहमति प्रकट गरेका छन्। मोर्चाले 'आधार बनाउनुपर्ने'मा जोड गरे पनि कार्यदलका एक सदस्य तथा रक्षामन्त्री भीम रावलले भने त्यसलाई 'सन्दर्भ सामग्री बनाउनुपर्ने' भन्दै अडान पेस गरेका थिए।

रावलले अघि सारेको उक्त अडानप्रति मोर्चाले असहमति प्रकट गरेपछि सो विषय टुंग्याउन प्रमुख तीन दलले शीर्ष नेतृत्वसँग पुनः छलफल गरेर कार्यदलमा प्रस्ताव गरिनेछ। प्रमुख तीन दलले शनिवार अघि सारेको प्रस्तावको रक्षा गर्दै रावलले बैठकमा उक्त धारणा राखेका हुन्।

प्रमुख तीन दलको आइतबारको बैठकले 'आन्दोलनले उठाएको प्रदेश र सीमांकन सन्दर्भमा अहिलेसम्म भएका अध्ययन प्रतिवेदनलाई सन्दर्भ सामग्री' का रुपमा लिने भन्दै मोर्चासँग सीमांकनबारे तीन दलले आफ्नो धारणा औपचारिक रुपमा शनिवार अघि सारेको थियो, जसलाई रावलले बैठकमा पुनः जोड गरेका थिए।

'वार्ता सकारात्मक रुपमा नै अघि बढेको छ, परिणाम निस्कने सम्भावना छ,' बैठकमा सहभागी कानुनमन्त्री अग्नि खरेलले नागरिकसँग भने, 'उहाँहरुले तीन दलको साझा धारणा माग गर्नुभएको छ।' उनका अनुसार शीर्ष नेतृत्वसँग छलफल गरेर कार्यदलको बैठक सोमबार नै बस्नेछ।

यद्यपि, प्रमुख तीन दलले अघि सारेको राजनीतिक संयन्त्रको प्रस्तावलाई भने औपचारिक रुपमा नै पहिलो पटक मधेसी मोर्चाले ६ बुँदेमार्फत स्वीकार भने गरिसकेको छ। मंसिर २ को वार्तामा सत्तारुढ दलका तर्फवाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सारेको उक्त प्रस्तावलाई मोर्चाले अस्वीकार गर्दै आएको थियो।

'सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ११ बुँदे माग सम्बोधन गर्न धारा ५६ को उपधारा (३) को अनुसूची ४ लाई परिमार्जन गर्नका लागि प्रमुख राजनीतिक दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित एक राजनीतिक संयन्त्र निर्माण गरिनेछ,' मोर्चाको प्रस्तावको पहिलो बुँदामा छ। जसमा प्रमुख तीन दल र मोर्चा पछिल्लो समय एकै ठाउँ उभिएर सहमति जनाइसकेका छन्।

मोर्चाले पेस गरेको तेस्रो बुँदामा 'राजनीतिक संयन्त्रले ... दिनभित्र संयन्त्रले अनिवार्य रुपमा प्रतिवेदन पेस गर्नेछ' भन्ने वाक्यांश उल्लेख छ। राजनीतिक संयन्त्रको समयसीमाको सवालमा मोर्चाले बढीमा '१ महिना' भनेर सहमतिमा उल्लेख गर्न चाहेको छ तर तीन दल भने 'तीन महिना' राख्नुपर्ने जनाउँदै आएका छन्।

राजनीतिक संयन्त्रलाई संवैधानिक मान्यता दिनका लागि प्रमुख तीन दल–मोर्चाबीच भद्र सहमति जुटिसकेको छ। मोर्चाले राजनीतिक संयन्त्रको कार्यक्षेत्रबारे समेत आफ्नो धारणा अघि सारेको छ। मोर्चाले अघि सारको ६ बँुदेको ४ नम्बरमा 'राजनीतिक संयन्त्रको कार्यक्षेत्र यसप्रकार हुनेछ' भन्दै आफ्नो धारणा अनौपचारिक रुपमा पहिलोपटक अघि सारेको हो।

'क. सहमतिको निर्णय सहमतिको आधारमा हुनेछ, ख. राजनीतिक संयन्त्रको प्रतिवेदन आउनासाथ ... दिनभित्र उपयुक्त व्यवस्थाअनुसार संविधान संशोधन गरिनेछ, ग. संविधानको अनुसूचीमा राजनीतिक संयन्त्रको कार्यक्षेत्रलाई राखिनेछ' प्रस्ताव नम्बर ४ मा उल्लेख छ। मोर्चाले राजनीतिक संयन्त्रले प्रतिवेदन तयार पारेको बढीमा '७ दिनभित्र संविधान संशोधनमा लैजानुपर्ने' अडान राख्ने पक्षमा मोर्चा छ।

यद्यपि, राजनीतिक संयन्त्रको म्याद र संशोधन लैजाने समयसीमाबारे भने कार्यदलको बैठकअघि बस्ने मोर्चा बैठकले दुवै विषयको समयसीमाबारे निर्णय लिने योजना बनाएको मोर्चा स्रोतले बतायो।

यसैगरी, राष्ट्रिय सभामा प्रदेश सभाका सदस्य निर्वाचक मण्डल रहने गरी प्रत्येक प्रदेशवाट पाँच जना अनिवार्य गराउनुपर्ने मोर्चाको अर्को प्रस्ताव पेस भएको छ। 'हरेक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित गरी निर्वाचित ५६ जना,' ५ औं बुँदामा भनिएको छ। मोर्चाले अघि सारेको मागको छैटौं बँुदामा आन्दोलनका मृतकलाई सहिद, परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार र पक्राउ परेकालाई रिहा गर्ने उल्लेख छ।

मधेसी मोर्चाबाट प्रस्तुत बुदाँहरुलाई प्रमुख तीन दलका नेताले कार्यदलको बैठकमा टिपेका थिए। मोर्चाले अघि सारेको ६ बुँदे अनौपचारिक प्रस्तावमा प्रमुख तीन दलबीच साझा धारणा बनाउनुपर्ने भनिएपछि कार्यदलको बैठक आइतवार बिनानिष्कर्ष टुंगिएको हो। 'पार्टीहरुबीच पुनः छलफल गरेर भोलि ठोस प्रस्ताव ल्याउनेछौं तर हामी सहमति नजिकनजिक भने पुगिसकेका छौं,' कार्यदल सदस्य महेश आचार्यले भने।

तीन दलले राजनीतिक संयन्त्रको म्याद ३ महिना राख्नुपर्ने प्रस्तावमा मोर्चाले जवाफ दिइ नसकेको कार्यदलका सदस्य तथा तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले बताए। 'राजनीतिक संयन्त्रको म्याद ३ महिना राख्नुपर्ने ३ दलको प्रस्ताव छ,' रायले भने, 'तर त्यसको जवाफ भने हामीले दिइसकेका छैनौं, केही सैद्धान्तिक विषयमा सहमति हुन बाँकी छ।' उनका अनुसार प्रमुख तीन दलले साझा धारणा ल्याएलगत्तै मोर्चाले संयन्त्रको समयसीमा र संविधान संशोधनबारे धारणा राख्नेछ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस