प्रमुख तीन दलको बैठक बालुवाटारमा
०४ माघ २०७२
•
२ मिनेट पाठ
प्रमुख तीन दलको बैठक बालुवाटारमा
काठमाडौं–मधेसी मोर्चाको मागमा साझा धारणा बनाउने प्रमुख तीन दलको बैठकसुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता सहभागी छन्। बैठकमा यसअघि तीन दल–मोर्चा सम्मिलित कार्यदलबीच भएको सहमतिलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन्। तीन दलबीच मंगलबार बस्ने संसद बैठक अगाडि नै मोर्चाको माग सम्बोधन गरी संविधान संशोधन विधेयक पारित गराउने विषयमा छलफल हुने नेताहरुले बताएका छन्।
तीन दलबीच राजनीतिक संयन्त्रमार्फत सीामकंनलगायतका विषयमा देखिएको विवाद टुंग्याउने यसअघि नै सहमति भइसकेको छ। कार्यदलको बैठकमा मोर्चाले राजनीतिक संयन्त्र गठनप्रति सकारात्मक प्रतिक्रिया दिएपनि त्यसको कार्यक्षेत्र र वैधानिकताका विषयमा प्रश्न उठाएको थियो। मोर्चालाई आश्वस्त पार्न तीन दलले राजनीतिक संयन्त्रलाई संसदबाट अनुमोदन गराउने निर्णय गरेका थिए।

मधेसी मोर्चाले राजनीतिक संयन्त्रलाई यसअघि गठन गरिएको राज्यपुर्नसंरचना तथा राज्यशक्तिको बाँडबाँफ समिति, राज्य पुर्नसंरचना उच्चस्तरीय आयोग तथा अन्य समितिमा प्रस्तुत गरिएका विभिन्न प्रतिवेदनलाई आधार मान्दै तराई मधेसमा दुई प्रदेश रहने गरी प्रदेशको संख्या र सीमाकंन गर्नुपर्ने अडान राखेको छ। मोर्चाको सोही अडानका विषयमा तीन दलबीच साझा अवधारणा बनाउन बैठकमा छलफल जारी छ।

बैठकमा भाग दिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सोमबार नै धनगढीबाट राजधानी आएका थिए। बैठकमा कांग्रेस सभापति सुशील काेइराला,महामन्त्री प्रकाशमान सिंह, महेश अाचार्य, प्रधानमन्त्री केपी अाेली, भीम रावल, एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठलगायतका नेता सहभागी छन्।
तीन दलको बैठकले साझा धारणा बनाएपछि सोमबार साँझ ६ बजे कार्यदलको बैठक बस्नेछ।
अर्को समाचार
समस्या समाधानका लागि भन्दै प्रमुख तीन दलको बैठक बालुवाटारमा
१२ पौष २०७२
•
२ मिनेट पाठ
समस्या समाधानका लागि भन्दै प्रमुख तीन दलको बैठक बालुवाटारमा
काठमाडौं–संधिवान संशोधन विधेयक तथा मधेसी मोर्चाका मागका सम्बन्धनमा छलफल गर्न प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।सरकारको नेतृत्वको गरेको दल एमाले, एमाओवादी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताबीच मधेस आन्दोलन र संविधान संशोधन विधेयकका विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।

सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक मधेसी मोर्चाको सहमतिमा अगाडि बढाउने गरी छलफललाई तीव्रता दिएको छ। यसअघि प्रमुख प्रतिपक्ष दलकोसमेत सहमतिमा सरकारले मधेसका माग सम्बोधन गर्न भन्दै मन्त्रिपरिषद बैठकद्वारा तीन बुँदे विशेष प्रस्ताव पारित गरेको थियो। यो प्रस्तावलाई नेपालको संविधानप्रति असन्तुष्ट जनाइ नाकाबन्दी लगाइ रहेको भारतलेसमेत स्वागत गरेको छ। तर आन्दोलनरत मधेसी मोर्चाले भने सरकारी प्रस्ताव अपूरो भन्दै आफूहरुलाई मान्य नहुने बताउँदै आएको छ।

प्रमुख तीन दलको बैठकमा संविधान संशोधन विधेयकको भाषामा केही परिवर्तन गर्न सकिने गरी छलफल गरिएको स्रोतले जनाएको छ। आइतबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विराटनगर पुगेर संविधान संशोधन विधेयकको भाषा परिमार्जित भए तीन महिनाभित्र राजनीतिक समितिमार्फत सीमाकंन टुंगो लगाउने विषयमा मोर्चा सकारात्मक हुने बताएका थिए। दाहाल विगत केही दिनदेखि समस्या समाधानको लागि भन्दै सक्रिय हुँदै आएका छन्। बैठकमा सकेसम्म लचकता अपनाएर छिट्टै मधेसी मोर्चासँग वार्ता गर्ने गरी छलफल भएको बताइएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस