काठमाडौं- संविधान निर्माण नेतृत्वकर्ता प्रमुख तीन दलले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अघि सारेको तराई–मधेसको भूभागलाई दुई प्रदेश बनाउनुपर्ने माग पुनः अस्वीकार गरेका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार साँझ बसेको तीन दल र आन्दोलनरत मधेसी मोर्चासहितको संयुक्त कार्यदल बैठकमा दुई प्रदेश बनाउने कुरा सहमतिमै किटान गर्नुपर्ने अडान मोर्चाले राखेपछि तीन दलले त्यसलाई अस्वीकार गरेका हुन्।
एमाले प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार मोर्चाले माग गरेको दुई प्रदेश बनाउने विषयलाई स्वीकार गर्न नसक्ने जवाफ तीन दलका शीर्ष नेताले दिएका छन्। 'विगतको भन्दा केही सकारात्मक कुरा आए पनि मूल रूपमा अहिले तराईमा दुई प्रदेश बनाउने कुरा सम्भव छैन भन्ने तीन दलका शीर्ष नेताको धारणा छ,' उनले भने। उनका अनुसार उक्त विषयबाहेक मधेसी मोर्चाले उठाएका अन्य माग भने राजनीतिक संयन्त्र निर्माण गरी सम्बोधन गर्न तीन दल तयारी अवस्थामै रहेको जवाफ दिइएको छ।
मधेसी मोर्चाका तर्फबाट सहमतिका लागि आइतबारको कार्यदल बैठकमा दुई प्रदेशलाई किटान गरेर सहमति गर्नुपर्ने प्रस्ताव अघि सारिएको थियो।
'राजनीतिक संयन्त्रले राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँट समिति, राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोग तथा अन्य समितिमा प्रस्तुत गरिएका विभिन्न प्रतिवेदनलाई आधार मान्दै तराईमधेसमा दुई प्रदेश हुने गरी प्रदेश संख्या र सीमांकन परिमार्जन गर्ने' वाक्यांश लेख्न मोर्चाले लिखित प्रस्ताव गरेको थियो।
मधेसी मोर्चाका तर्फबाट उक्त प्रस्ताव लिखित रुपमा आएपछि तीन दलका कार्यदल सदस्यले उक्त विषयमा शीर्ष नेतासँग छलफल गरेर जवाफ दिने जनाएका थिए।
तर, कार्यदल बैठक बस्नुअघि तीन दलका शीर्ष नेताको बैठकले दुई प्रदेशलाई स्वीकार गर्न नसक्ने निर्णय गरिसकेका थिए।
'अब यति प्रदेश र उति प्रदेश भनेर तोक्ने कुरा सम्भव छैन भन्ने जवाफ दिएका छौं,' कांग्रेस उपसभापति रामचन्द्र पौडेेलले बैठकपछि भने।
उनका अनुसार सरकारले पेस गरेको निर्वाचन क्षेत्र निर्धारण र समावेशी समानुपातिक सम्बन्धी संशोधन प्रस्ताव पारित गर्न मोर्चाका नेतासँग सहयोगको आग्रह भने गरिएको छ। मधेसी मोर्चा सम्मिलित कार्यदल बैठक बस्नुअघि तीन दलले प्रधानमन्त्री निवास, बालुवाटारमा मोर्चाको उक्त लिखित सर्तबारे धारणा बनाएका थिए।
प्रदेश सीमांकन र संख्यामा धारणा बनाएर बसेका तीन दलले मधेसी मोर्चाका कार्यदलसामु उक्त जवाफ दिएका हुन्। लगत्तै प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदल संयुक्त बैठक अन्य विषयमा सहमति गर्न बालुवाटारमै बसेको थियो। राजनीतिक संयन्त्रलाई तीन महिनाको समयसीमा दिने, संयन्त्रले कार्य सम्पन्न गरेको सात दिनभित्र संशोधन प्रस्ताव लैजाने विषयमा दुवै पक्षबीच सैद्धान्तिक सहमति भने जुटिसकेको छ।