काठमाडौं–विदेशी मित्रराष्ट्रले नेपाली विद्यार्थीलाई दिने छात्रवृत्तिकोको जानकारी १५ दिनभित्र दिन संसदको अन्तर्राष्ट्रिय समबन्ध तथा श्रम समितिले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।समितिको मंगलबार बसेको बैठकले विदेशी मुलुकले नेपाली विद्यार्थीलाई दिने छात्रवृत्ति अव्यवस्थित भएको भन्दै कुन निकायले कुन प्रक्रियामार्फत छात्रवृत्ति दिने गरेको छ सोको जानकारी १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको हो।
हालसम्म छिमेकी मुलुकले दिने छात्रवृत्तिको कुनै मापदण्ड नभएको र शक्ति र पहुँचको भरमा छात्रवृत्ति पाउने गरेको भन्दै समितिले सोको विस्तृत विवरण पेश गर्न निर्देशन दिएको समितिका सभापति प्रभु साहले जानकारी दिए।
'छात्रवृत्ति दिने काम अव्यवस्थित भएकाले त्यसलाई शिक्षामन्त्रालयमार्फत व्यवस्थित गर्न समितिले निर्देशन दिएको हो,' सभापति साहले भने। विदेशी मुलुकले दिने छात्रवृत्तिमा पहुँच भएका र शक्तिशालीले मात्र पाएको गुनासो आएपछि समितिले यस्तो निर्देशन दिएको हो। समितिले शिक्षा मन्त्रालयमार्फत एकद्वार प्रणालीमार्फत छात्रवृत्ति प्रदान गर्नसमेत निर्देशन दिएको छ।