काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख तीन दलबीच नाटकीय परिवर्तन आएका कारण आफ्नो माग पूरा नभएको आरोप लगाएका छन्। मंगलबार तमलोपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी मोर्चाकातर्फबाट वार्ता टोली सदस्यहरुले कार्यदलको बैठकको औचित्य समाप्त भएको भन्दै अब शीर्ष तहमामात्र हुने बताए।तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले मोर्चाका माग पूरा गर्नुपर्छ भनेर विपरित धारमा रहेका प्रमुख तीन दल एकै ठाउँमा उभिएको आरोपसमेत लगाए। 'विपरित धारमा रहेका प्रमुख तीन दल मोर्चाका माग पूरा गर्न नचाहेर एकै ठाउँमा उभिन पुगे,' पत्रकार सम्मेलनमा त्रिपाठीले भने,'अब कार्यदलस्तरको वार्ताको औचित्य सकियो। शीर्षतहमा मात्र वार्ता हुन्छ।'
उनले मोर्चाको मुख्य माग तराईमा दुई प्रदेश हुनुपर्ने रहेको भन्दै तीन दलले सो माग पूरा गर्न नचाहेको आरोप लगाए। कार्यदल बैठकको औचित्य सकिएको दाबी गरेको मोर्चाले थप नयाँ कार्यक्रमको घोषणा गरेको छैन्। शीर्ष तहमा वार्ता हुने बताएपनि त्यो कहिले हुने बारे त्रिपाठीले केही बताएनन्। मोर्चाका नेता महन्थ ठाकुर उपचारको क्रममा अहिले दिल्लीमा छन्।
यसअघि प्रमुख तीन दलले राजनीतिक संयन्त्रमार्फत मधेसी मोर्चाको माग सम्बोधन गर्ने निर्णय गरेका थिए। राजनीतिक संयन्त्रमार्फत समस्या समाधान गर्न मोर्चा सकारात्मक भएपनि संयन्त्रको कार्यक्षेत्र र वैधानिकतामा मोर्चाले प्रश्न उठाएपछि तीन दलले संसदमार्फत संयन्त्रलाई बैधानिकता दिने निर्णय गरेका थिए। तीन दलले मंगलबार बस्ने संसद बैठकमा संविधान संशोधन विधेयक पारित गराउनु अघि मोर्चासँग सहमति गर्ने निर्णय गरेका थिए। तर सोमबार तीन दल मोर्चा सम्मिलित कार्यदलको बैठकमा मोर्चाले तराईमा दुई प्रदेश हुनुपर्ने अडान राखेपछि सहमति हुन सकेन।